काठमाडौं–काठमाडौंबाट लुक्ला गएको सिम्रिक एयरको विमानमा बम भएको आशंकामा लुक्ला विमानस्थल बन्द गरिएको छ। सिम्रिक एयरको विमान लुक्लामा ल्याण्डगरेपछि विमानको काग्रोभित्र 'यो काग्रोमा संवेदनशील बस्तु छ,' लेखेको चिठ्ठी फेलापरेपछि विमानभित्र बम रहेको आशंक गरिएको थियो।सो चिठ्ठी फेलापरेपछि प्रहरीको बम डिस्पोजल टोलीले काग्रोभित्र खानतलासी गरेको थियो। सो क्रममा काग्रोभित्र कुनै पनि संवेदनशील वस्तु फेला नगरेको नेपाल नागरिक उड्यान प्राधिकरणका एक उच्चअधिकारीले बताए। उनका अनुसार काग्रोभित्र केही फेला नगरेपछि विमानलाई विमानस्थलमै रोकेर चेक जाँच भइरहेको छ।
अर्को समाचार
विमानभित्र बम भएको हल्लामात्र
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।
दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।
दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।
यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।

यो पनि पढौँ
ट्रेन्डिङ