कालजस्ता सडक
१४ फागुन २०७२
•
२५ मिनेट पाठ
कालजस्ता सडक
काठमाडौं- सडककिनारमा बिजुलीका खम्बा, खम्बामा जेलिएका बिजुली, केबुल, टेलिफोनका तारै तार। साँघुरा फुटपाथ, फोहर र जीर्ण ढलबाट निस्कने दुर्गन्ध। सडकभरि खाल्डाखुल्डी। साँघुरा सडकमा अड्किएका ट्राफिक र मानिसको दोहोरो लर्को। यिनै दृश्यले भद्रगोल बनाएको एउटा तस्बिरअगाडि तपाईं हुनुहुन्छ भने त्यही तस्बिरको नाम हो– काठमाडौं। देशको राजधानी महानगर।

दुनियाँका कैयन् सहर सूचना प्रविधि र विकासका अनेक आयामले आफूलाई 'स्मार्ट सिटी' मा परिणत भइसक्दा पनि अलकापुरी नगरी कान्तिपुर अर्थात् काठमाडौं अघिल्लो शताब्दीकै ढाँचा र ढर्रामा घस्रँदो छ, स्मार्ट सिटीको सपना आँतभरि पालेर।

विकसित वा विकासोन्मुख देशको यात्रा गरेका नेपाली त्यहाँका सहरी दृश्य हेरेर 'वाहवाह' को उच्छवास निकाल्छन् र आफ्नो देशको राजधानी सम्झेर दिकदारीले टाउको समाउन पुग्छन्। राजधानी काठमाडौंमा आधा घन्टा पैदल यात्रा गर्नेले यो सहरको बेथिति र पीडा सहजै महसुस गर्न सक्छ।

जेब्राक्रसमा समेत नरोक्ने गरी हुइँकिएका गाडी, ट्याँट्याँ र टुँटुँ एकोहोरो, ठूलो आवाजमा सुनिने सवारीसाधनका हर्न अनि धुलाम्मे सडक। राजधानी काठमाडौंको सडकका पैदल यात्रीको नियमित सकस हो। सडकमा हुत्तिएर अनियन्त्रित गतिमा चल्ने सवारीसाधनले काठमाडौंका सडक कतै सुरक्षित छन् भन्ने महसुस हुन दिँदैनन्।

जेब्रा क्रसिङबाटै बाटो काट्न पनि सुरक्षित छैन यहाँ। जहाँ, जतिखेर पनि दुर्घटना हुन सक्छ। तर, पैदल यात्रुका लागि भनेर बनाइएका फुटपाथ त सुरक्षित हुनुपर्छ नि! त्यो पनि असुरक्षित। कोही हिँड्दाहिँड्दै फुटेको ढलभित्र छिर्छन्, कसैको बाइक चिप्लेर खाल्डोमा झर्छ। सहरमा हरेक दिन देखिने अनुहारसँग यस्ता अनगिन्ति अनुभव छन्।

...
भक्तपुर, लोकन्थलीका सुवास बन्जाडेको एक साँझको अनुभवले हाम्रो राजधानीको फुटपाथ कसरी असुरक्षित छ भन्ने पुष्टि गर्छ। एक साँझ उनी आफ्नो कार्यालयबाट लोकन्थली जाँदै थिए। साँझ परिसकेको थियो तर उनलाई अँध्यारोको भन्दा बसमा हुने कोचाकोचको डर थियो। उनले गाडी त पाए तर भिडमा सास फेर्नै गाह्रो भएपछि लोकन्थली जानुपर्ने मान्छे कोटेश्वरमै उत्रिए।

त्यत्तिकैमा एउटा माइक्रोबस आयो। उनले सिट खाली देखेे। गाडीभित्रको बत्तीले अलि खाली र सिट नै भएजस्तो देखायो। 'तर आइसल्यान्डमा सर्पको नजर परेजस्तो भावमा तीन पाइला अगाडि के बढाएको थिएँ, शरीर गर्लम्म खाल्डोमा झर्योट,' उनले त्यस दिनको अस्वाभाविक दुर्घटना सम्भि्कए।

भाग्यवश दुवै हात बाहिर बाटोमै पर्योत र ज्यान पूरै खाल्डोमै छिर्न पाएन। 'तीन सेकेन्डको महाकालबाट सुत्त हातले आफूलाई माथि धकलेर निकालेँ र माइक्रोभित्र घुसि्रएँ,' बन्जाडेले सुनाए। काठमाडौंका धराप सडकमा हिँड्दा कति सतर्क हुनुपर्छ भन्ने उनले त्यही दिन पाठ लिए।

फुटपाथछेउका खाल्डामा खस्ने बन्जाडे एक्ला पैदल यात्रु होइनन्। गांेगबुकी स्वस्तिका भण्डारीले पनि यस्तो सकस बेहोरिन्। बानेश्वरमा काम गर्ने उनी सामान्य अवस्थामा पनि बस चढेर कार्यालय जान गाह्रै हुन्छ। अफिस टाइममा ठेलमठेल हुने बस, त्यसमाथि चुलिएको इन्धन अभाव। गाडी नपाएपछि उनले धेरै यात्रा हिँडेरै पूरा गरिन्। माघ महिनाको एक साँझ बबरमहलमा हिँड्दै गर्दा उनी फुटपाथमा रहेको सानो खाल्डोको सिकार हुन पुगिन्।

'अँध्यारो थियो, आफ्नै सुरमा हिँडिरहेको थिएँ। उताबाट माइक्रो हुत्तिएर आयो। बच्न खोज्दा खाल्डोमा ग्वार्लाम्म परेँ,' उनी सुनाउँछिन्, 'सानै भए पनि मेरो खुट्टा फोहोरमा पर्योि अनि मर्कियो।' भण्डारी त्यसअघि ललितपुरको कुपन्डोल हाइट र पुल्चोकको बीचमा पनि यस्तै ढलभित्र परेकी थिइन्। 'कसलाई गाली गरौं? कहाँ उजुरी गरौं?' उनी प्रश्न गर्छिन्।

सडकमा रहेका खाल्डोमा मानिस लड्नुको अर्को कारण बत्ती नहुनु हो। लामो लोडसेडिङका कारण राति अधिकांश सडकमा बत्ती बल्दैन। विकसित देशका राजमार्गमा समेत बत्ती बालेर उज्यालो बनाइने गरेकोमा नेपालमा भने राजधानी सहरमा समेत सडकबत्ती चाहिएकै बेला बल्दैन।

'सडकबत्ती भएर के गर्ने, लोडसेडिङले बल्दैन। मोबाइल बालेर हिँडौं, मोबाइलको बत्तीले कति थेग्ने हो भन्ने थाहा हुँदैन। उस्तै परे मोबाइलमा समेत चार्ज गर्न सकिँदैन,' भण्डारीको आक्रोश छ, 'जिम्मेवार निकायमा बस्नेहरु र ठूलाबडालाई यस्तो कुराको मतलब छैन। सधैं गाडीमा हुइँकिने उनीहरुको नाकाबन्दीको बेलामा समेत गाडीमा तेल रित्तिएन।'

विगत सात वर्षदेखि नक्खुमा बस्दै आएकी राधा कार्की एकदिन कामविशेषले बानेश्वरबाट फकर्िंदै थिइन्। एकान्तकुनाबाट ओरालो लाग्नु थियो उनलाई, बाटो अँध्यारो थियो। एकान्तकुनाचोकको बाटोछेउ खाल्डो खनेर छाडिएको रहेछ, उनले यादै गरिनन्। 'आफ्नै सुरमा हिँडेको त्यही खाल्डोमा खसेर चार दिनसम्म ठिक नहुने गरी ज्यान दुख्यो,' उनि आक्रोश पोख्छिन्, 'सम्बन्धित निकायमा काम गर्नेहरु गाडीमा हुँइकिन्छन्, सास्ती पाउने सर्वसाधारणले नै हो।'

वर्षायाममा काठमाडौंको सडक हिँडिसाध्ये हुँदैन। शंकरदेव क्याम्पसमा बिबिए पढ्दै गरेका सन्दिप लुइँटेललाई एउटा बिहे मा जानुपर्योौ। डिल्लीबजार पुग्दा बत्तिँदै आएको एउटा माइक्रोले हिलो छ्यापेर चिटिक्क परेका उनलाई हेर्नै नहुने बनाइदियो। त्यसपछि, उनीसँग फर्केर कोठामा आउनुको विकल्प भएन। 'समय मात्र खेर गयो। बर्खामासमा हिँडिसाध्य हुँदैन। त्यसमाथि आफ्नै सुरले हिँड्दा कतिखेर आएर गाडीले हान्छ भनेर डराउनुपर्छ,' उनी भन्छन्।

सर्वसाधारणको आक्रोश यत्तिमै सीमित छैन। राधा कार्की सरकारले जनताको समस्यालाई गम्भीरतापूर्वक नलिएको आरोप लगाउँछिन्। 'सरकारलाई जनताको मतलब भएको भए काठमाडौंको व्यस्त चोकमा फुटपाथभरि बजार थाप्न दिएर जनतालाई मूल सडकमा हिँड्न बाध्य पार्थ्यो होला र?' उनी प्रश्न गर्छिन्। सडकजाम भयो भनेर फुटपाथबाट मोटरसाइकल हुँइक्याउनेलाई कारबाही गर्न नसकेको देख्दा उनी अझ दिक्क मान्छिन्।

खाल्डामा फोहर फाल्ने सभ्यता?

फुटपाथमा खाल्डाखुल्डी छन्। पैदलयात्रीलाई समस्या छ तर पैदलयात्रीले पनि यस्ता ससाना खाल्डालाई सार्वजनिक फोहर फाल्ने ठाउँ बनाएका छन्। चकलेटको खोल, प्रयोग भइसकेको रिचार्ज कार्ड, चुरोटको ठुटासम्म यिनै खाल्डोमा देखिन्छ।

दुईपल्ट खाल्डोमा खसिसकेकी बस्नेत त्यसभित्र फालिएका फोहरबारे सोच्न थालेको बताउँछिन्। 'खाल्डोबाट निस्किएपछि फेरि त्यो दृश्य सम्भिँ्कदा घिन लागेर आयो,' उनी भन्छिन्। आफू नपरे पनि आफूजस्तै पैदल यात्रुलाई पर्न सक्ने मर्काबारे सबैजना सचेत हुनुपर्ने उनको सल्लाह छ।

त्यसो त महानगरपालिकाले पैदल यात्रुलाई सुविधा हुने गरी फोहर फाल्ने ठाउँको व्यवस्था गर्न सके जथाभाबी फोहर फाल्न कम हुने पैदल यात्रीको भनाइ छ। सार्वजनिक रुपमा फोहर फाल्ने भाँडो (डस्टबिन) को व्यवस्था नभएकाले पनि फोहर फाल्न सडकमा रहेका खाल्डा प्रयोग भएको उनीहरु बताउँछन्। 'डस्टबिन भेटिएला र फोहर फालौंला भनेर बोकेर हिँड्यो भने फोहर घरमै पुग्छ,' भण्डारी भन्छिन्।

ट्राफिक नियम कस्तो?

एपेक्स कलेजमा एमबिए अध्ययनरत मनीषा बोहोरालाई सडकमा हुने जामले दिक्कै पार्छ। स्कुटर चलाउने उनलाई जता पायो त्यहीँबाट बाटो काट्नेदेखि रिस उठ्छ। 'नजिकै जेब्रा क्रसिङ हुन्छ, वरबाट बाटो काट्छन्। आकाशेपुलमुनिबाट बाटो काट्नेलाई देख्दा त गाली गर्नै मन लाग्छ,' पैदलयात्रीप्रति उनको गुनासो छ तर उनको पीडा यतिमै मात्र सीमित छैन। काठमाडौंको सडक स्कुटर चलाउन निकै असुरक्षित भएको उनको अनुभव छ।

'अझ माइक्रो र बसले त स्कुटर चालकलाई (महिला) लाई यति हेप्छन्, आफ्नै स्कुटरमा हिँड्दा पनि कुन बेला अर्कोले आएर हान्दिने हो थाहा हुँदैन,' उनी थप्छिन्, 'हरेक दिन आज त बाँचियोजस्तो लाग्छ।'

राजधानीमा सबैका आआफ्नै गुनासा छन्। पैदल यात्रु गाडीवालालाई दोष दिन्छन्। दुईपांग्रे सवारी चलाउनेहरु चारपांग्रे र पैदल यात्रुलाई दोष दिन्छन्। चारपांग्रे चलाउनेको पनि दुईपांग्रे चलाउनेको जस्तै पैदल यात्रुसँग गुनासो हुन्छ। त्यसबाहेक उनीहरु दुईपांग्रे चलाउनेले लेन अनुशासन पालना नगरेको बताउँछन्। मोटरसाइकल र स्कुटर चलाउनेले जतातिरबाट पनि ओभरटेक गर्ने, जहाँ पायो त्यहाँ घुसाउने गरेको चारपांग्रे सवारीचालक बताउँछन्।

भैंसेपाटीबाट धापासीमा रहेको ग्रान्डी अस्पतालमा काम दैनिक रुपमा जाने आउने डा. आविश अधिकारीलाई पनि पैदल यात्रु र दुईपांग्रे चालकले कम दिक्क लगाएका छैनन्। साइड लाइट नबालेर स्वाट्ट लेन फेर्न मोड्दा दुर्घटना भएको उनले धेरै देखेका छन्। त्यसबाहेक अगाडिको गाडीको गति नहेरी आफ्नै तालले गाडी चलाउनेहरु पनि उनले प्रशस्त देखेका छन्।

'म पैदल यात्रुका लागि गाडी स्लो गर्दै थिएँ, पछाडिबाट अर्को गाडीले आएर मेरो गाडीलाई ठोकिदियो,' उनी भन्छन्। यसका लागि यात्रु र सवारीचालक दुवै सचेत हुनुपर्ने उनको धारणा छ। पछिल्ल्ाो एक दशकदेखि बेलायतमा बस्दै आएका शेर्पा संघ बेलायतका महासचिव योन्तेन ग्याछो शेर्पा कम्तीमा वर्षमा एकपटक नेपाल आउँछन् तर उनले यो १० वर्षमा मानिसले ट्राफिक नियम पालना गरेको पटक्कै देखेका छैनन्। 'काठमाडौंमा ट्राफिक नियम पालना गर्ने ५ प्रतिशत पनि छैनन् होला', उनी भन्छन् 'म नेपाल आउँदा कतिपल्ट जेब्रा क्रसिङमा बेलायतजस्तै खुरुखुरु बाटो काट्न थाल्छु तर कुनै पनि सवारीचालकले गाडी रोक्दैनन्, उल्टो हर्न बजाउँदै ओभरटेक गर्छन्।' सवारीचालक मात्र नभएर उनी यसमा ट्राफिक प्रहरीलाई पनि दोष दिन्छन्। नियम पालना नगर्ने पैदल यात्रु होस् वा सवारीचालक, दुवैलाई तोकेअनुसारको जरिवाना असुल्नुपर्ने र धेरैपल्ट गल्ती गरे अनुमतिपत्र रद्द गर्नुपर्ने उनी बताउँछन्।

छैन खतराको सूचना

काठमाडौंमा सडक विस्तार मात्र होइन, सडक मर्मत पनि भइरहेको छ। कतिपय ठाउँमा मूलसडक नै मर्मत भइरहेको छ भने कतिपय ठाउँमा फुटपाथ, ढललगायत मर्मत भइरहेका छन्। तर, यो निर्माण भइरहेको सूचना प्राय ठाउँमा राखेको देखिँदैन। सडक मर्मत भइरहेको, सडकमा खाल्डो छ, फुटपाथ वा ढल निर्माण भइरहेको छ भनी पैदल यात्रुलाई जानकारी गराउनु राज्यको दायित्व हुने लोकन्थलीका बन्जाडे बताउँछन्।

'सडक निर्माण भइरहेछ भन्ने सूचना हुन्छ तर यहाँ खाल्डो छ भन्ने सूचना किन हुँदैन?' उनको प्रश्न छ। तर यसको जवाफमा उनी सरकारप्रति व्यंग्य गर्दै भन्छन्, 'हुन त कति ठाउँमा त्यस्तो सूचना राख्नु? सरकारलाई पनि लाज लाग्दो हो।'

शेर्पा पनि काठमाडौंका मान्छे र यहाँको दैनिकी सम्झेर दिक्क छन््। 'पहिला त काठमाडौंमा फुटपाथ व्यवस्थित छैनन्। व्यवस्थित नभएकै कारण पैदल यात्री जथाभाबी हिँड्ने गरेको मैले देखेको छु,' उनी थप्छन्। सरकारले समय र आवश्यकताअनुसार काम गर्न सकेको अवस्था निकै कम रहेको जनमानसको जस्तै उनको पनि गुनासो छ । 'कतिपल्ट म नेपाल आउँदा एक वर्षअगाडि देखेको फुटेको ढल बिग्रेको फुटपाथ जस्ताको त्यस्तै हुन्छ,' उनी भन्छन्।

अपांगका लागि झन् कठिन

नेपालका सार्वजनिक यातायात र सडक अपांगमैत्री छैनन्। साँघुरा फुटपाथ, त्यसमाथि मान्छेको ठेलमठेल भिड। ह्विलचेयर गुडाउन मिल्ने ठाउँसमेत छैन। त्यसमाथि सडकको असमान सतह र खाल्डाखुल्डी। 'म त फुटपाथमा आवतजावत गर्नै सक्दिनँ,' ह्विलचेयर प्रयोग गर्ने सागर प्रसाईं भन्छन्, 'मेरो ह्विलचेयर अट्ने गरी फुटपाथ चौडा छैन।' कहीँकतै चौडा भए पनि चढाउने र ओराल्ने ठाउँमा ठूलाठूला डिल हुन्छन्। सडकमा निर्माण सामग्रीका थुप्रा उनले देखेका छन्। 'त्यसकारण बाध्य भएर सडकबाटै हिँड्नुपर्ने अवस्था छ तर सडकबाट हिँड्दा ज्यान जोखिममा पर्छ,' उनी भन्छन्। फुटपाथको बीचमा रहेको बिजुलीको पोल, खाल्डा, खाल्डाका फोहर र असमान सतहले दृष्टिविहीनलाई अझ धेरै समस्या हुने गरेको छ।

त्यसो त सरकारले अहिले दृष्टिविहीनमैत्री बनाउनका लागि फुटपाथमा गाइडिङ ब्लक पनि राख्दैछ। यस्ता गाइडिङ ब्लकले देख्न नसक्नेलाई बाटो त देखाउँछ तर अहिले सडकको अवस्था हेर्दा यस्तो गाइडिङ ब्लकको ठिक अगाडि बिजुलीको पोल राखिएको छ। यसले दृष्टिविहीनलाई अझ धेरै जोखिममा पार्ने देखिएको छ।। फुटपाथ सहरी विकास र व्यवस्थापनको महŒवपूर्ण पाटो भएकाले यसमा निरन्तर काम भइरहे पनि विभिन्न समस्या देखा परिरहेको काठमाडौं महानगरपालिका सहरी पूर्वाधार विकास विभागप्रमुख उत्तमकुमार रेग्मी बताउँछन्।

'पैदल यात्रुको समस्या, अझ दृष्टिविहीनको समस्या म बु‰न सक्छु। एकदिन म आफंैले गाडीबाट ओर्लिएर एक जना दृष्टिविहीन महिलालाई त्रिपुरेश्वरको फुटपाथमा भएको ढिस्कोबाट पार गराएको छु,' त्यस घटनाबाट आफूले समयमा काम नहुँदा पैदल यात्रु अत्यधिक जोखिममा रहेको महसुस गरेको उनी बताउँछन्।

सरकारी निकायबीच समन्वय छैन

पूर्वसचिव तुलसीप्रसाद सिटौला काठमाडौं उपत्यकाका सडकमा धेरै खाल्डाखुल्डी भएको स्विकार्छन्। सडक, फुटपाथ भर्खर बन्न सुरु गरेकाले यो पूरा हुन समय लाग्ने भएकाले नागरिक आफै सचेत र सभ्य हुनुपर्ने उनी बताउँछन्। 'अहिलेसम्म फुटपाथको ढाँचा बन्न सकेको छैन। जति बाँकी छ, त्यो पनि पूरा हुन सकेको छैन,' उनी भन्छन्। अधिकांश सडकमा त पेटी बनाउने स्थान पनि नभएको उनी बताउँछन्।

भौतिक पूर्वाधार मन्त्रालयसमेत सम्हालेका सिटौला विभिन्न सरकारी निकायबीच समन्वय नभएकाले पनि समस्या आउने गरेको बताउँछन्। 'कहिले खानेपानीले, कहिले ढलले, कहिले विद्युतले, कहिले टेलिफोनले बाटो खनिदिन्छन्। महानगरपालिकाले सडक विभागको जिम्मेवारी भन्ने, विभागले महानगरपालिकाको जिम्मेवारी भन्ने गरेर पनि समस्या भएको हो,' उनी भन्छन्। आफूले पनि यात्रा गर्ने क्रममा यो समस्या देखेको र भोगेको उनी बताउँछन्।

फुटपाथ सबैको चासो भए पनि एउटै निकायले मात्र यसको जिम्मेवारी लिन नसक्ने विभिन्न निकायका अधिकारी बताउँछन्। टेलिकम र खानेपानी संस्थानबीच फुटपाथको विषयमा निकै विवाद भइरहन्छ। फुटपाथ बनाउने जिम्मेवारी काठमाडौं महानगरपालिका र सडक विभागमा छ। तर एकले अर्काको जिम्मेवारी भन्दै पन्छिन खोज्ने र आरोपप्रत्यारोप लगाउने भएकाले काम अधुरै रहने रेग्मीको ठहर छ।

आफूहरुले आफ्नो काम र जिम्मेवारी महसुस गर्न नसकेकाले नै सर्वसाधारणले दुःख पाएको रेग्मी स्विकार्छन्। 'अहिले त झन् भूकम्प, त्यसपछि नाकाबन्दीको कारण इन्धन नपाएको र जनशक्ति नभएको भन्ने राम्रो बहाना मिलेको छ,' उनी भन्छन्। सबै सडकको जिम्मा एउटै निकायलाई दिउँ्क भन्ने महानगरपालिकाको प्रस्तावमा विभागले ठूलो सडकको फुटपाथ आफूहरुले बताउने भनेर जिम्मेवारी लिने गरेको तर काम नगरेको उनी बताउँछन्।

काठमाडौं उपत्यका दिगो सहरी यातायातका प्रमुख सुरज सिग्देल स्थानीय निकायको निर्वाचन नभएका कारण पनि महानगरपालिका व्यवस्थित हुन नसकेको बताउँछन्। 'निर्वाचित मेयर छैनन्, कसलाई भन्ने, कोसँग कराउने, कता उजुरी गर्ने भन्ने कुनै पत्तो छैन,' उनी भन्छन्। सडकमा रहेका खाल्डाखुल्डी र फोहर व्यवस्थापनका लागि महानगरपालिका जिम्मेवार रहेको उनी बताउँछन्।

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका मनोज श्रेष्ठ पनि आफ्नो जिम्मेवारी सडक विस्तार मात्र भएकाले फुटपाथको विषयमा आफूहरुलाई केही थाहा नहुने बताउँछन्। सबै निकायका विभिन्न काम बाँडफाँट गरिएको छ। 'जसको जुन क्षेत्रको काम हो त्यसैसँग मात्र मतलब हुन्छ', सिग्देल भन्छन् 'सडक र फुटपाथको काम विभिन्न निकायमा बाँडिएकाले ढिलो भइरहेको छ।'

काठमाडौंलाई अन्य विकसित देशका राजधानीसँग तुलना नगरेकै राम्रो हुने ग्याछो शेर्पाको धारणा छ। केही वर्षयता टक्नोलोजी प्रयोगमा देखिएको प्रयोगसँगै केही आशा भने अवश्य राख्न सकिने अधिकांश बताउँछन्। सरकारले आजको आवश्यकता अनुसारको प्रविधि विकास र सहर व्यवस्थित गर्न सके एकदिन नेपालका सहर पनि अन्य विकसित देशका सहरजस्तै सुन्दर र स्मार्ट बन्ने उनीहरुको विश्वास छ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
४ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस