काठमाडौं- नाफा कमाउने कम्पनीलाई धरहराको जिम्माबाट हटाउन काठमाडौं महानगरपालिकाले कानुनी परामर्श सुरु गरेको छ। यसका लागि महानगरले कानुनी सल्लाहकार सहितको टोलीसँग बुधबार छलफल सुरु गरेको हो।
महानगरपालिका स्रोतका अनुसार महानगरपालिकाका ४ कानुनी परामर्शदाताले दुई दिनभित्र यसको कानुनी प्रक्रियाको सल्लाह दिने बुधबार तय भएको हो।
वैशाख १२ को भूकम्पले धरहरा भत्किँदा ५० जनाभन्दा बढीको मृत्यु भएकालाई पनि क्षतिपूर्ति दिलाउनका लागि कानुनी उपचार खोज्ने बैठकमा उपस्थित एक स्रोतले भन्यो।
'आज (बुधबार) कानुनविदसँग सल्लाह गरिएको छ,' स्रोतले भन्यो, 'उपयुक्त सुझावसहित २ दिनभित्र लिखित जानकारी आइपुग्छ।'
महानगरबाट २० वर्षका लागि धरहरा क्षेत्र व्यवस्थापन जिम्मा पाएको उक्त कम्पनीले ऐतिहासिक एवं पुरातात्विक धरहरा क्षेत्रलाई व्यापारीकरण गरेको भन्दै स्थानीयले कम्पनीलाई हटाएर धरहरा पुनर्निर्माण गर्न दबाब दिएपछि महानगरले यस्तो सुझाव निकाल्न लागेको स्रोतको दाबी छ।
यसबारे महानगरपालिका प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह तामाङले भने केही बोल्न चाहेनन्। तर उनले बैठक सुरु भएको जानकारी दिए।
'समस्याको उचित समाधानका लागि कानुनी परामर्श खोजेका हौं,' उनले भने, 'उपयुक्त सुझावसहित केही दिनमा हामी तयार हुन्छौं।'
'धरहरामाथिबाट सर्वसाधारणलाई सशुल्क दृश्यावलोकन गराउने अधिकारसँगै सम्झौता अवधिभर धरहराको सुरक्षा, रंगरोगन तथा कुनै कारणवश भत्किए वा चर्किए सोको पुनर्निर्माण जिम्मा दोस्रो पक्ष (साइड वाकर्स) को हुनेछ,' महानगर–साइड वाकर्सबीच २०६१ वैशाख ३१ को सम्झौताको बुँदा नम्बर ५ मा उल्लेख छ।
धरहरा व्यवस्थापन गरिरहेको कम्पनीले नै बनाउने दायित्व हुँदाहुँदै विवादित निर्णयलाई कार्यान्वयन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र पठाउँदै कार्यालयले धरहराको नक्सा, ड्रइङ, डिजाइनको काम गर्न निर्देशन दिएको थियो। यसअघि फागुन ४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदबाट जनताको पैसाले धरहराको पुनर्निर्माण गर्ने निर्णयविरुद्ध स्थानीय छन्।
सरकारले अहिलेसम्म उक्त कम्पनीको भूमिकाको आधिकारिक भनाइ राखेको छैन। तर पनि मन्त्रालयका सचिव प्रेमकुमार राईले मंगलबार नागरिकसँग कुरा गर्दै निजी कम्पनीलाई हटाएर सरकार आफंैले पुनर्निर्माणको काम अगाडि बढाउने जनाइसकेका थिए।
सोमबार स्थानीयले साइड वाकर्सलाई नहटाई सरकारी निर्णय कार्यान्वयन नगर्न माग गरेका थिए। उनीहरुले महानगरपालिका पुगेर साइड वाकर्सलाई जिम्मेवारीमुक्त गर्न आग्रह गरेका थिए। धरहरा ढलेर घाइते तथा मृत्यु भएकालाई उचित क्षतिपूर्तिसहित साइड वासर्कलाई कारबाही गर्न स्थानीयले आग्रह गरेका थिए।
धरहरा पुनर्निर्माणको कानुनी दायित्व, त्यसको सञ्चालन, संरक्षण, मर्मतसम्भारको कानुनी रुपमा जिम्मा २०६१ वैशाख ३१ बाट साइड वाकर्सको हो।
भूकम्प गएको १० महिनाभन्दा बढी समयमा मृतक र घाइतेले केही नपाएको पनि उनीहरुको गुनासो थियो। भग्नावशेष संरक्षणका लागि जस्तापाताले धरहरा मूलक्षेत्र घेरा लगाए पनि भूकम्पपछिका १० महिनापछि पनि खुला स्थानको व्यापारिक प्रयोग रोकिएन। साइड वाकर्सले भूकम्पपछि मात्र ६० लाख रुपैयाँ आम्दानी गरिसकेको छ।
महानगर–साइड वाकर्स सम्झौताको ४ नम्बर बुँदामा ५ रोपनी २ आना क्षेत्रफल रहेको सुन्धारा–धरहरा क्षेत्र सर्वसाधारणको प्रयोगका लागि नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाको सालिकसहितको पार्क तथा व्यवस्थित उद्यान, स्मारिका पसल, फलफूल पसल, सञ्चार क्षेत्र तथा सर्वसाधारणले प्रयोग गर्न सक्ने सार्वजनिक शौचालयसहितको चमेनागृह दोस्रो पक्ष (साइडवाकर्स) ले खोल्न र चलाउने पाउने उल्लेख छ।
चमेनागृह र शौचालय बनाउने बुँदामा टेकेर उत्तरतिर भवन बन्यो जसको प्रयोग केवल व्यापारिक योजनामा भयो। सम्झौताअनुसार सुन्धारा क्षेत्रको पुनर्निर्माण, सुन्धाराबाट पानी ल्याई सो क्षेत्रको विकासको जिम्मेवारीसमेत साइड वाकर्सकै हो। तर, उसले यो ११ वर्षको बीचमा केवल धरहरा क्षेत्रको मात्रै दोहन गरिरह्यो। सुन्धारा क्षेत्र उस्तै विरुपै रह्यो।
महानगर–साइड वाकर्सबीच २०६८ माघ २२ को पुनरावलोकन सम्झौताको बुँदा ९ अनुसार 'सम्झौताअनुसार दायित्व परिपालन नगरे प्रथम पक्ष (महानगर)ले एकतर्फी रुपमा सम्झौता भंग गरी सुन्धारा क्षेत्र आफैंले जिम्मेवारी लिन सक्ने' उल्लेख छ।
पूरै राजस्व तिर्न आनाकानी
कारबाहीको चुनौती दिएको दुई दिन बढी हुँदा पनि साइड वाकर्सले बुधबारसम्म पनि सम्झौताबमोजिम पूरा रकम तिरेन। महानगरपालिका राजस्व महाशाखाका अनुसार १३ लाख ५० हजार तिर्न बाँकी रहे पनि बुधबार कम्पनीले वास्ता गरेन।
४२ लाख ५० हजार रुपैयाँ बक्यौतामध्ये मंगलबारसम्म जम्मा २९ लाख रुपैयाँ मात्र राजस्व दाखिला गरेको छ।
त्यसपछि बुधबारसम्म साइड वाकर्ससँग महानगरले केही पनि नबोलेको स्रोतको दाबी छ। महानगरले आइतबार २४ घन्टाभित्र सम्झौताबमोजिम विवरण दाखिला पेस गर्न अल्टिमेटम दिए पनि आइतबार ११ लाख रुपैयाँ मात्र साइड वाकर्सले दिएको थियो। मंगलबार १८ लाख रुपैयाँ थप्यो।
महानगरले २०६८ माघ २२ को पुनरावलोकन सम्झौताको बुदा नं ९ (ख) बमोजिम कारबाही गर्ने अल्टिमेटम दिएको थियो।