काठमाडौं-नाफा कमाउने कम्पनीलाई उन्मुक्ति दिएर जनताको पैसाले धरहरा बनाउने विवादित निर्णय कार्यान्वयन गराउन सरकार पेलेरै अघि बढ्ने नियतमा देखिएको छ । मुख्य जिम्मेवार साइवाकर्स ट्रेड प्रालिलाई जोगाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन प्राधिकरणलाई धरहरा पुनर्निर्माण अघि बढाउन निर्देशन दिएको छ।
कार्यालयले सोमबार मन्त्रालयलाई पठाएको पत्रमा धरहराको नक्सा, ड्रइङ, डिजाइन थाल्न निर्देशन छ । वैशाख १२ को भूकम्पले ढलेको पुराताŒिवक सम्पदा धरहरा पुनर्निर्माणको मूल दायित्व दशकदेखि उक्त क्षेत्रको व्यापारिक दोहन गरिरहेको साइडवाकर्सकै हो । काठमाडौं महानगरपालिका र साइडवाकर्सबीच २०६१ वैशाख ३१ मा भएको सम्झौतामा सम्झौता अवधिभर कुनै कारणवश धरहरा भत्किए त्यसको पुनर्निर्माण जिम्मा साइड वाकर्सले नै गर्नुपर्ने स्पष्ट उल्लेख छ ।
उक्त सम्झौता ख्यालै नगरी प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन ४ को मन्त्रिपरिषद् बैठकमा धरहरा जनताको पैसाले बनाउन निर्णय गराएका थिए ।
प्रधानमन्त्री भारत भ्रमणमा रहेको मौकामा कार्यालयले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, पुरातŒव विभाग र महानगरपालिकासँग समन्वय गरी काम अघि बढाउन मन्त्रालयलाई निर्देशन दिएको हो ।
सरकारले साइडवाकर्सको भूमिका र उससँगको सम्झौताबारे सोध्दै नसोधी काम अघि बढाएको महानगरपालिकाले जनाएको छ । 'सरकारले निर्णय गर्नुअघि हामीलाई सोधिएको थिएन,' महानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह तामाङले नागरिकसँग भने, 'अहिले प्रधानमन्त्री कार्यालयले संस्कृति मन्त्रालयलाई पठाएको पत्रको बोधार्थ आइपुगेको छ, हामीसँग नसोधिएकाले निजी कम्पनीको भूमिकाबारे केही बोल्नै पाएनौं ।'
मन्त्रालयका सचिव प्रेमकुमार राईले धरहरा डिजाइनका लागि सूचना पनि निकालिसकिएको जानकारी दिए । 'हामीलाई मन्त्रिपरिषद्ले ड्रइङ–डिजाइन बनाउन भनेको छ,' उनले नागरिकसँग भने, 'निजी कम्पनीलाई हटाएर सरकार आफैंले पुनर्निर्माण अघि बढाउनेछ ।' जनतासँग पैसा उठाएर धरहरा बनाउन महानगरपालिकाले निजी कम्पनीसँग गरेको ठेक्का तोडेर अघि बढिने उनले प्रस्ट्याए । 'धरहरा भत्किएसँगै त्यो कम्पनीको औचित्य सकियो,' उनले भने, 'अब सरकारले नै पुनर्निर्माण थाल्नेछ ।'
धरहरा क्षेत्रका स्थानीय सोमबार साइड वाकर्सलाई क्षतिपूर्ति तिराएर मात्र सरकारी निर्णय कार्यान्वयन गर्नुपर्ने माग लिएर महानगरपालिका पुगेका थिए । नाफा कमाउने उद्देश्यले धरहरा क्षेत्रको व्यापारिक दोहन मात्र गरेको भन्दै कम्पनीलाई उक्त जिम्मेवारीबाट हटाउन उनीहरूको माग थियो ।
बक्यौता रकम पूरा तिरेन
सम्झौताबमोजिम राजस्व रकम तिर्न आनाकानी गरेको साइड वाकर्सले मंगलबारसम्म पनि पूरा रकम तिरेको छैन । महानगरपालिका राजस्व महाशाखाका अनुसार ४२ लाख ५० हजार तिर्न बाँकी रहेकामा जम्मा २९ लाख रुपैयाँ मात्र तिरेको छ ।
महानगरपालिकाले आइतबार २४ घन्टाभित्र सम्झौताबमोजिम विवरण दाखिला पेस गर्न अल्टिमेटम दिएकोमा सोही दिन ११ लाख रुपैयाँ बुझाएको साइड वाकर्सले मंगलबार पनि १८ लाख रुपैयाँ मात्र तिरेको हो ।
कार्यकारी तामाङले अरू विवरण पेस नगरी २९ लाख रुपैयाँ मात्र राजस्व आएको जानकारी दिए । महानगरले साइडवाकर्सलाई २०६८ माघ २२ को पुनरावलोकन सम्झौताको बुदा नं ९ (ख) बमोजिम कारबाही गर्ने अल्टिमेटम दिएको थियो ।
सम्झाताअनुसार काम भएन
महानगर र साइडवाकर्सबीच २०६१ मा भएको सम्झौताको बुँदा नं ४ मा ५ रोपनी २ आना क्षेत्रफलको सुन्धारा–धरहरा क्षेत्रमा दोस्रो पक्ष (साइडवाकर्सले) सर्वसाधारणको प्रयोगका लागि नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाको सालिकसहितको पार्क तथा व्यवस्थित उद्यान, स्मारिका पसल, फलफूल पसल, सञ्चार क्षेत्र तथा सार्वजनिक शौचालयसहितको चमेनागृह खोल्न र चलाउन पाउने उल्लेख छ ।
सर्वसाधारणलाई सशुल्क धरहरा चढाउने अधिकार पाएलगत्तै कम्पनीले उद्यान निर्माण र धरहरा रंगरोगन गरे पनि चमेनागृह र शौचालय बनाउने बुँदामा टेकेर उत्तरतर्फ बनाएको भवन केवल व्यापारिक प्रयोजनमा मात्र ल्यायो । सम्झौताअनुसार सुन्धारा क्षेत्रको पुनर्निर्माण, सुन्धारामा पानी ल्याउने दायित्व पनि उसैको हो । तर, यो ११ वर्षमा उसले धरहरा क्षेत्रको दोहन मात्रै गरिरह्यो, सुन्धारा क्षेत्र विरुपै रहिरह्यो ।