काठमाडौं- माइक्रोको ठक्करबाट मृत्यु भएका दुई चिकित्सकको घटनाको विषयमा निष्पक्ष छानबिन र दोषीलाई कारबाहीबारे अनुगमन गर्न चिकित्सकको संयोजकत्वमा एक समिति गठन भएको छ।
चिकित्सा शास्त्र अध्यान संस्थान (आइओएम) महाराजगञ्जमा एमडी अध्ययनरत २ जना चिकित्सकको आइतबार दिउसो ४:५० बजे माइक्रोको ठक्करका कारण घटनास्थलमै मृत्यु भएको थियो। दुर्घटनामा प्युठानका ३० बर्षीय डा. सन्जिब सुवेदी र भारत बिहारका डा. सोनी आनन्दको मृत्यु भएको थियो। दवैजना एमडी पहिलो बर्षमा अध्यानरत थिए।
दुर्घटनाबारे छलफल गर्न सोमबार चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जमा बसेको सरोकारवालाहरुको संयुक्त बैठकले ६ बुँदे निर्णय गर्दै डा राजेश भुर्तेलको संयोजकत्वमा समिति गठन गरेको हो।
समितिका सदस्यहरुमा सदस्यहरुमा नेपाल चिकित्सक संघका महासचिव डा मुक्ति श्रेष्ठ, प्रवेश विक्रम सिंह, डा सुरज घिमिरे, डा विकास पौडेल, नवराज सुवेदी र कृष्णध्वज खड्का छन्। सुवेदी र खड्का मृतक परिवारका नातेदार हुन्।
छलफलका क्रममा दुर्घटनाका विषयमा जनस्तरमा पनि छानबिन गर्ने निर्णय गरेको समितिका संयोजक भुर्तेलले जानकारी दिए। उनका अनुसार डाक्टरद्वयको मृत्युमा जिम्मेवार चालकबिरुद्ध कानुनी कारबाही गर्ने, ठक्कर दिने माइक्रो बसको स्वामित्वमा रहेको बिद्यालयलाई समेत कानुनी र सामाजिक दायित्व तोक्ने निर्णय पनि भएको छ।
कान्ति बाल अस्पतालबाट रिङरोड तर्फ जाने बाटोलाई 'सञ्जीव–सनी मार्ग' नामाकरण गर्ने र भबिष्यमा यस्ता दुर्घटना नहोउन् भनेर कान्ती बाल अस्पतालदेखि रिङरोडसम्म बाइपास रोड निकाल्न सम्बन्धित निकायमा पहल गर्ने निर्णय पनि भएको छ।
कान्ति बाल अस्पताल पछाडिको ओरालो सडकमा आइतबार हरियो प्लेटको बा १ प ४३ नम्बरको माइक्रो बसको ठक्करबाट डाक्टरद्वय सञ्जीव सुवेदी र भारत बिहारका सनी आनन्दको मृत्यु भएको थियो ।