पुरानै शैलीमा वीर र प्रसूति
०५ फागुन २०७२
•
६ मिनेट पाठ
पुरानै शैलीमा वीर र प्रसूति
काठमाडौं- भूकम्पले क्षतिग्रस्त राजधानीका दुई ठूला सरकारी अस्पताल वीर र प्रसूतिले काँचुली फेर्दैछन्। जापानी सहयोग नियोग (जाइका) ले जेठो र ठूलो वीर अस्पताल र थापाथलीस्थित प्रसूति गृहको अत्याधुनिक भवन बनाइदिँदैछ। ती भवनका संरचनात्मक शैली भने पुरानैखाले हुनेछन्।

वैशाखको शक्तिशाली भूकम्पका कारण चर्किएको देशकै सबैभन्दा पुरानो वीर अस्पताल र थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका क्षतिग्रस्त भवन रहेकै स्थानमा जाइकाले नयाँ भवन निर्माण गरिदिने भएको हो। बुधबार नेपाल सरकार र जाइकासँग यससम्बन्धी सम्झौता भएको छ।

राजधानीका दुई अस्पतालबाहेक जाइकाले सिन्धुपाल्चोकको खानेपानी टि्रटमेन्ट प्लान्ट र गोरखाको पुल निर्माणका लागि कुल साढे ३ अर्ब रुपैयाँ खर्च गर्नेछ।

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा नेपालका तर्फबाट मन्त्रालयका सहसचिव वैकुण्ठ अर्याल र जाइकाका प्रमुख प्रतिनिधि सुतोमु सिमोजुले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार दुवै अस्पतालको निर्माण आउँदो जेठ/असारबाट सुरु हुनेछ। दुवै अस्पतालका भवनलाई जाइकाले १४ महिनाभित्र निर्माणसम्पन्न गरी हस्तान्तरण गर्नेछ।

सम्झौताअनुसार जाइकाले भवन निर्माणसँगै अस्पतालमा आवश्यक उपकरण, शऒ्ढया र अन्य सामाग्रीसमेत उपलब्ध गराउनेछ।
Paropakar maternity hospital image design
भूकम्पका कारण वीर अस्पतालको नयाँ आइसियु भवन, मेडिकल रेकर्ड शाखा रहेको भवन र फोहोरमैला व्यवस्थापन केन्द्रको भवनमा क्षति पुगेको थियो। अस्पतालले ती भवनका सेवालाई अन्यत्रबाट सञ्चालन गर्दै आएको छ। जाइकाले क्षतिग्रस्त ती भवनका संरचनाका ठाउँमा तीनतले नयाँ आधुनिक भवन बनाइदिनेछ।

जापानी प्रविधिबाट बनाइने उक्त भवन निर्माणका लागि हाल रहेका पुराना संरचना भत्काउने र खाली गर्ने तयारी थालिएको अस्पताल निर्देशक डा. स्वयंप्रकाश पण्डितले जानकारी दिए। उनका अनुसार भूकम्पले चर्काएका भवन भत्काउन नेपाली सेनाको सहयोग लिइनेछ।

'जाइकासँगको सम्झौताअनुसार बन्ने भनिएको आधुनिक भवनका लागि हाल चर्किएका र भत्किएका संरचनालाई पूर्ण रुपमा खाली गर्नुपर्ने हुन्छ,' उनले भने, 'यसका लागि हामीले आवश्यक कार्य अगाडि बढाउन लागिरहेका छौँ।'

उनका अनुसार जाइकाले बनाइदिने उक्त भवन ९२ शऒ्ढयाको हुनेछ। उक्त भवनमा अस्पतालले मुटु, मिर्गौला र पेट रोग विभाग राख्ने योजना छ। यसका साथै अस्पतालले उक्त भवनमा अप्रेसन थियटर, भेन्टिलेटरसहितको आइसियु कक्षसमेत राख्ने तयारी छ।

भवन बन्ने स्थानमा हाल फोहरमैला व्यवस्थापन केन्द्र पनि रहेकाले केही समय फोहरमैला व्यवस्थापनमा भने समस्या आउने देखिन्छ। अस्पतालले उक्त केन्द्रलाई ट्रमा सेन्टरमा राखेर सञ्चालन गर्ने तयारीबारे चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति डा. गणेश गुरुङसँग सल्लाह गरिरहेको छ।

यस्तै, भूकम्पबाट क्षति पुगेको नेपालकै सबैभन्दा ठूलो प्रसूति अस्पतालको चारतले भवनको स्थानमा समेत नयाँ आधुनिक भवन बन्ने भएको छ। भूकम्पले प्रसूति गृहको २ सय ६० शऒ्ढया रहेको भवनमा क्षति पुर्याकउँदा सेवा प्रभावित हुन पुगेको छ। अस्पतालले उक्त भवनका सेवा अन्य भवनमा सारेर मुस्किलले सेवा प्रदान गरिरहेको छ। अस्पतालमा हाल ४ सय १५ शऒ्ढया छन्।

जाइकाले अस्पतालको पुरानै भवन रहेको स्थानमा तीन तलाको भवन बनाइदिने भएको हो। उक्त भवन निर्माणसहित उपकरणका लागि करिब डेढ अर्ब खर्च हुनेछ। नयाँ भवन पहिलाको भवनभन्दा फराकिलो हुने अस्पतालका प्रसूतिका निर्देशक डा. जागेश्वर गौतमले जाकनारी दिए। उनका अनुसार जाइकाले बनाउने भवनमा २४ शऒ्ढयाको आकस्मिक कक्ष, चिकित्सकको निगरानीमा हुने डेलिभरी रुम, नर्सको निगरानीमा हुने बर्थिङ सेन्टर, दुई ओटा शल्यक्रिया कक्ष, पोष्ट अपरेटिभ वार्ड, १२ शऒ्ढयाका आमाहरुका लागि आइसियु, ४० शऒ्ढयाको बच्चाको आइसियु रहनेछ। यसैगरी, आकस्मिक ल्याब, ब्लक बैंक पनि उक्त भवनमा रहने निर्देशक गौतमले जानकारी दिए।

जाइकाले दुवै अस्पतालमा सरकारले हालै ल्याएको नयाँ व्यवस्थाअनुसार कुल खपत हुने बिजुलीको २५ प्रतिशत क्षमता धान्ने सौर्य ऊर्जासमेत जडान गर्नेछ। नयाँ बनाइने दुवै अस्पतालका भवन पुरानै मौलिकता झल्कने गरी बनाइनेछ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस