कालिकोट– नेपाल भारत सिमा क्षेत्रमा गरेको अघोषित नाकाबन्दी खुलेपछि कालिकोट र आसपासको जनजीवन सहज बनेको छ। दैनिक उपभोग्य सामान, पेट्रोलियम पदार्थ जिल्लामा भित्रिन थालेपछि यहाँको जनजीवन सहज भएको हो।विगत लामो समयदेखि यहाँका स्थानियले दैनिक उपभोग्य वस्तु चर्काे मुल्य हालेर किनवेच गर्नु पर्ने बाध्यता थियो। नाका खुला भए यता केहि दिन महंगो भए पनि आजभोलि भने बजार मुल्यमा एकरुपता देखिएको छ।
नाकाबन्द हुँदा मान्मा बजारमा एक प्याकेट खाने तेलको १४० रुपैयाँ मूल्य थियो भने आजभोलि एक सय रुपैयाँमा उपभोक्ताले खरिद गर्ने गरेका छन्। नाका खुलेपछि असहज परिस्थितिबाट उपभोक्ता र व्यपारी सहज अनुभव गर्न थालेको कालिकोट उद्योग बाणिज्य संघले जनाएको छ। व्यापारीहरुले नाका खुलेसंगै बजार मूल्य सूची अनुसार नै सामानहरु किनवेच गर्ने गरेको कालिकोट उद्योग बाणिज्य संघका अध्यक्ष सूर्यबहादुर शाहीले बताए। नाका नखुल्नु पुर्व व्यापारिहरुले कालोबजारी र अस्वस्थ प्रतिस्प्रर्धा गरे पनि अहिले त्यस्तो नभएको अध्यक्ष शाहीले बताए । नाका खुलेपछि बजारमा दैनिक उपभोग्य सामान खरिद गर्दा पहिलोको तुलनामा धेरै सहज भएको सिपखानाका दिलीप शाहीले बताए। चामल, तेल, चाउचाउलगायतका दैनिक उपभोग्य वस्तुको मुल्य पहिला निकै महंगो थियो तर आजभोलि भने महंगी घटेको उनले बताए।
दैनिक १ सयभन्दा बढी सबै प्रकृतिका मालवाहक सवारी साधनहरु तेलको अभाव नभएर नै कर्णाली राजमार्गमा गडिरहेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । जिल्ला रहेको एउटा मात्र पेट्रोल पम्पबाट माग भए अनुसारको डिजेल पेट्रोल सवारी धानहरुलाई वितरण भईरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । मष्टामाण्डु पेट्रोल पम्पबाट डिजेल पेट्रोल सहज रुपमा वितरण भएको प्रमुख जिल्ला अधिकारी प्रदिप श्रेष्ठले बताए । नाका खुले पछि नियमित रुपमा पेट्रोलियम पदार्थ आईरहेको र साना तथा ठुला सवै सवारी साधनलाई वितरण गरेको मस्टामाण्डु पेट्रोल पम्पका संचालक हस्तबहादुर बमले बताए ।
नाका नखुल्नु पुर्व जिल्ला प्रशासन कार्यालयले पेट्रोल पम्पलाई सिफारिस गरे मात्रै पेट्रोलियम पदार्थ उपल्बध हुन्थ्यो । तर, आजभोलि भने प्रशासनको सिफारिस विना नै सहज रुपमा पेट्रोलियम पदार्थ पाउने गरेका छन्। सवारी साधानलाई पेट्रोल पम्पले पेट्रोलियम पदार्थ वितरण गरिरहेको छ। पहिलाको जस्तो तेल भर्न लाइन बस्नु पर्ने बाध्यता हटेको छ। जिल्ला प्रशासन कार्यालयले नाकाबन्दीका कारण तेल अभाव हुँदा मौज्दातमा राखिएको पेट्रोलियम पदार्थ आवश्यकता हेरेर सिफारिस दिने गरिएको थियो।
प्रशासनले अवस्था सहज भएको भन्दै पेट्रोलियम पदार्थमा लागू गरेको कुपन प्रणाली बन्द गरेको छ । प्रशासनले करिब तीन महिना अत्यावश्यक सेवाका लागि पेट्रोलियम पदार्थमा सिफारिस प्रणाली लागू गरेको थियो। आवश्यकता हेरेर पेट्रोलियम पदार्थ उपलब्ध गराउन प्रशासनले पम्पलाई सिफारिस गर्ने गरेको थियो । बजारमा ग्यासको भने कहिलेकाही अभाव हुने गरेको छ । डिलरमा तमाम ग्यास भए पनि मान्ममाबाट वितरण हुने फट्कर विक्रेताले समयमा ढुवानी गर्न नसक्दा उपभोक्तालाई ग्यास उपलब्ध गराउन नसकेका हुन् । जिल्लामा भेरी, मनकामना, रेडिएन्ट कम्पनी लगायत ग्यास वितरण हुने गरेको छन्।