प्रेमको नाममा ४० लाखको गुलाब
२८ माघ २०७२
•
६ मिनेट पाठ
प्रेमको नाममा ४० लाखको गुलाब
काठमाडौं- विश्वका धेरै युवायुवतीलाई एकै दिन प्रणयसूत्रमा बाँधिदिने फेब्रुअरी १४ अर्थात् भ्यालेन्टाइन डे फागुन २ गते आइतबार परेको छ। यही दिनमा रातो गुलाब उपहार दिन चाहने युवायुवतीलाई लक्षित गरी यस वर्ष पनि भारतबाट करिब ४० लाख रुपैयाँ बराबरको गुलाब आयात गर्दैछन् पुष्प व्यावसायीहरुले।भ्यालेन्टाइन डेका अवसरमा युवायुवतीले प्रेम दर्शाउन उपहारस्वरुप प्रेमको प्रतीक मानिने रातो गुलाब आपसमा साटासाट गर्ने गर्दछन्। तर, प्रेमको प्रतिक मानिने यही गुलाब खास गरी काठमाडौं उपत्यका क्षेत्रमा जाडो याममा निकै कम उत्पादन हुन्छ। जाडो याममा अन्य प्रयोजनका लागि गुलाबबाहेकका फूलसमेत भारतबाटै ल्याउने गरिएको छ। भ्यालेन्टाइन पनि जाडो मौसममै पर्ने भएकोले गुलाबको फूल भारतबाटै आयात गर्नुपर्ने बाध्यता रहेको नेपाल फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष लोकनाथ गैरे बताउँछन्।

भारतबाट ल्याउँदा आकार, गुणस्तर र रङका आधारमा प्रति स्टिक ३० रुपैयाँदेखि ५० रुपैयाँ थोक मूल्यमा गुलाब ल्याउने गरिएको छ। यस हिसाबले औसतमा करिब ४० लाख रुपैयाँ बराबरको गुलाब आयात हुने अनुमान गरिएको छ। गुलाब आयात व्यक्तिगत रुपमा पुष्प व्यवसायीहरुले आ–आफ्नै तरिकाले गर्ने गरेका छन्। थोक मूल्यमा लागत मूल्य तथा मूल्य अभिवृद्धि गरी खुद्रा मूल्यमा रु. ५० देखि माथि गुणस्तरअनुसार बजारमा युवायुवतिले गुलाब किन्न पाउँछन्। आफूले माया गर्ने मान्छेलाई त्यही गुलाब किनेर उपहार दिन सक्छन्।

पश्चिमी सभ्यताको प्रभावमा परेका सहरी क्षेत्रका युवायुवतीले प्रणय दिवसका दिन विशेष गरी रातो गुलाबको फूल उपहार दिने गरेको भए पनि धेरैजसो युवायुवतीले गुलाब उपहार नदिइकनै पनि अन्य उपहार दिएर प्रेम दर्शाउने गर्दछन्। 'सबै युवायुवतीले गुलाब नै दिन्छन् भन्ने पनि छैन,' अध्यक्ष गैरेले भने, 'त्यसैले गुलाबको खपत कम नै भएको मान्नु पर्छ।'

ठमेल रातभर खोल्ने तयारी
यस वर्षको भ्यालेन्टाइन डेका दिन काठमाडौंको मुख्य पर्यटकीय क्षेत्र ठमेल रातभर खोल्ने तयारी भइरहेको छ। यसका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंसँग अनुमति माग गर्न लागिएको ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष रामशरण थपलियाले बताए।

'भ्यालेन्टाइनमा परिषद्ले कुनै औपचारिक कार्यक्रम राखेको छैन। यहाँका व्यवसायीहरुले आ–आफ्नोतर्फबाट पर्यटकले प्रेम साटासाट गरेर रमाउन सक्ने व्यवस्था मिलाउँछन्,' उनले भने, 'साबिकभन्दा २ घण्टा बढी समय व्यवसाय सञ्चालन गर्ने गरी अनुमति लिने तयारी भइरहेको छ।' हाल ठमेलका पर्यटकीय होटल, बार, डिस्कोजस्ता व्यवसाय राति २ बजेसम्म खोल्न पाउने व्यवस्था छ। यी बाहेकका अन्य व्यवसाय भने राति १२ बजेसम्म खोल्ने गरिएको छ। परिषद्ले २ घण्टा बढी खोल्न पाउने अनुमति पाए डिस्को, बार तथा होटलहरु बिहान ४ बजेसम्म खुल्छन् भने यसबाहेकका व्यवसाय राति २ बजेसम्म खुल्नेछन्। ठमेलमा खास गरी पश्चिमा देशलगायत विश्वभरका पर्यटकहरु बस्ने हुनाले विश्वका हरेक पर्व वा दिवसलाई यस पर्यटकीय क्षेत्रले महत्व दिनै पर्दछ। भ्यालेन्टाइन डे पनि त्यसै मध्येमा परेकोले ठमेलका व्यवसायी आफै विशेष तयारी गर्दछन्।

को थिए सेन्ट भ्यालेन्टाइन?
सेन्ट भ्यालेन्टाइन नाम गरेका सहिद प्रेमीको सम्झनामा फेब्रुअरी १४ को दिनलाई पश्चिमाले भ्यालेन्टाइन डेको नाममा प्रणय दिवस मनाउँदै आएका थिए। पश्चिमी किम्वदन्तीअनुसार इसाको तेस्रो शताब्दीतिर रामेन महाराज क्लाउडियस द्वितीयले लडाइँमा जाने सेनाले विवाह गर्न नपाउने नियम बनाएका थिए तर सेन्ट भ्यालेन्टाइनले सैनिक भएर पनि त्यस्तो नियमको उल्लंघन गरी विवाह गरे। त्यही कसुरबापत उनलाई मृत्युदण्डको सजाय दिइयो। कसैसँग प्रेम र विवाह गरेकै आधारमा मारिए पनि सेन्ट भ्यालेन्टाइनलाई प्रेममा सहिद भएका युवाको रुपमा सम्भि्कइन थालियो। उनलाई मृत्युदण्ड दिएकै दिनलाई भ्यालेन्टाइन डेको रुपमा मनाउन थालिएको पश्चिमी किम्वदन्ती रहँदै आएको छ। पछिल्लो समय यो दिवस विश्वका हरेकजसो देशका युवाहरुले मनाउन थालेका छन्।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस