काठमाडौं— कार्यालयको गाडी निजी प्रयोगमा बढी प्रयोग गर्ने क्रम बढेपछि रोक्ने प्रयास हुन थालेको छ। काठमाडौं महानगरपालिकाका कर्मचारीहरुले आफूखुसी गाडीको दुरुपयोग गर्न थालेपछि महानगरले गाडीको प्लेट सेतो गर्ने प्रक्रिया सुरु गरेको छ।
यसपछि सेतो प्लेटमा जहाँ पायो त्यहीँ घुम्न लाज हुने दाबीसहित कार्यालय प्रमुख नै रातो प्लेट हटाउन लागिपरेका छन् ।
अभियान सुरु भए पनि कर्मचारीले अटेरी गरिरहेकाले अभियान सफल होला भन्नेमा शंका छ। सवारी दुरुपयोग नियन्त्रण अभियान सुरु गर्ने तयारी गरिरहँदा कार्यालयकै कतिपय कर्मचारीले दोब्बर सवारी सुविधा लिएको समेत खुलासा भएपछि महानगर प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह तामाङ यतिबेला चकित परेका छन् ।
करिब ३ महिनाअघि तामाङ चढ्ने गाडी सेतोप्लेटमा लगिएपछि सुरु भएको अभियानमा केहीले बाहेक अन्यले सुनेनन् । यसपछि तामाङले सेतोप्लेट नबनाउने कर्मचारीलाई तेल सुविधा एक हप्तादेखि रोकिदिएका छन् । सुविधा रोकिएका कर्मचारी हाललाई गोप्य राखिएको छ ।
'कतिपय कर्मचारीले महानगरका सवारीलाई निजी बनाए पनि पुनः सेतोप्लेटमा लैजान नमानेपछि एक हप्तादेखि तेल दिन बन्द गरिएको छ,' महानगर स्रोतले भन्यो, 'यसपछि केहीले सेतो प्लेट बनाउने प्रक्रिया थालेका छन् । कतिपय चाहिँ चुपचाप नै छन् ।'
विभाग र महाशाखा प्रमुखको सुविधाका लागि केही महिनाअघि खरिद गरिएका एक दर्जन कारमा समेत कार्यकारीले कडाइका साथ सेतो प्लेट राख्न निर्देशन दिएका छन् । 'कार्यकारीको ठाडो निर्देशनपछि २-४ वटाले पालना गरेका छन्,' स्रोत भन्छ, '१-२ वटा प्रक्रियामा छन् तर अझै कतिपयले बेवास्ता गरिरहेका छन् ।'
स्रोतका अनुसार महानगरको नाममा रहेका ५ सयभन्दा बढी गाडी रातो प्लेटमा हुँदा सरकारलाई बुझाउनुपर्ने लाखौं रुपैया राजस्व पनि बक्यौता छ । 'यातायात व्यवस्था कार्यालय बागमतीमा महानगरले ती गाडीबापत तिर्ने रकमको यकिन हुन सकेको छैन,' स्रोत भन्छ, 'रातो प्लेट हुँदा महानगरलाई वर्षेनी लाखौं रकमको नोक्सानी छ । धेरै पुराना गाडीले कार्यालयको खर्च झनै बढाइरहेका छन्,' स्रोतले बतायो ।
तामाङले नयाँ चार पांग्रेलाई सुरुमा सेतो प्लेटमा परिवर्तन निर्देशन दिए पनि अन्यमा पनि क्रमशः लागु गरिने बताए । 'यातायात कार्यालयमा वर्षैपिच्छे बक्यौता बढिरहेको छ,' तामाङले प्रष्ट पारे, 'जसरी हुन्छ त्यो घटाउन जरुरी छ । बरु बक्यौता तिरेरै भए पनि पुरानालाई पनि सेतो प्लेटमा लैजान्छु ।'