काठमाडौं- काठमाडौं उपत्यकामा प्लास्टिकका झोला प्रतिबन्ध गरिए पनि यसको कार्यान्वयन भने शून्य छ। वैशाख १ गतेदेखि प्रतिबन्ध गरिए पनि १२ गतेको भूकम्पपछि सरकारी निकायहरुले यसको कार्यान्वयनमा जोड नदिँदा अन्य घोषणाझैँ प्लास्टिकका झोला प्रतिबन्ध ठट्टामा परिणत भएको हो।
किनमेल गर्दा प्लास्टिकको दैनिक उपभोग हुने गरेको छ। अत्यधिक प्रयोग हुने प्लास्टिकका झोला पसल सञ्चालकले नचाहे पनि उपभोक्ताको मागका कारण प्लास्टिक झोला राख्न बाध्य भएको पसल सञ्चालक बताउँछन्।
'पहिले त अनुगमन भइरहेको थियो, हामीलाई पनि सजिलो थियो,' वसन्तपुरस्थित डे टु डे मार्टका सञ्चालक महेन्द्र महर्जनले भने, 'अहिले नदिए उपभोक्ता नै 'अन्त दिन्छन् याँ किन नदिने भनेर थर्काउँछन्।' ग्राहकसँग गलफत्ती गर्नुभन्दा आफूले पनि प्लास्टिकको झोला किन्न र ग्राहकलाई दिन बाध्य भएको उनले गुनासो गरे।
वैशाखमा लागू भएपछि निकै सजिलो भए पनि भूकम्पले अवस्था सामान्य पार्दै गएपछि प्रयोग बढिरहेको अनुभव उनले सुनाए। नजिकैका अन्य पसलले पनि प्लास्टिक दिँदा उपभोक्ताहरुले बहाना खोजिरहेको उनले बताए।
'सरकारले प्रतिबन्ध लगाएपछि उपभोक्ता आफैं झोला ल्याउँथे,' उनले भने, 'अहिले निकै कम ग्राहकले मात्रमा यस्तो गर्छन्। अधिकांशलाई प्लास्टिककै झोला नै चाहिन्छ।'
भूकम्पपछि बजारमा प्लास्टिकको प्रयोग भइरहे पनि सरकारी निकाय भने मौन देखिन्छन्। विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालय, वातावरण विभाग र नगरपालिकाहरुको अनुगमन नहुँदा बजारमा प्लास्टिकका झोलाको प्रयोग बढ्दै गएको हो।
मन्त्रालयका प्रवक्ता महेन्द्रकुमार थापाले कमजोरी स्वीकार्दैै चाँडै नै अनुगमन सुरु गरिने जानकारी दिए। प्लास्टिकको झोला प्रयोग बढ्दै गएको गुनासो आइरहेकोसमेत उनले स्वीकारे।
'हामीले अनुगमनका लागि विभागलाई अनुरोध गरिसकेका छौं,' उनले भने, 'नगरपालिकाहरुसँग मिलेर विभागले अनुगमनको जिम्मा पाएको छ।'
अनुगमनको लागि विभिन्न कार्यक्रम आयोजना गर्न लागिरहेको पनि उनले जानकारी दिए। 'अहिलेको इन्धन अभावले पनि अनुगमनमा असर गरिरहेको छ,' उनले भने, 'तर अब जसरी पनि अनुगमन थाल्नुपर्छ, नत्र प्रतिबन्धको अर्थ नहुन सक्छ।'
सरकारले प्लास्टिक झोलाको विकल्पमा ८० जना महिलालाई सिलाइ मेसिन खरिद गर्न अनुदान दिन लागिरहेको उनले बताए। 'हामीले प्लास्टिकका झोलाको विकल्पमा कपडाका झोला उत्पादन गर्न प्रोत्साहित गरिरहेका छौं,' उनले भने, 'यसले प्लास्टिकको झोलाको अभाव महसुस हुन दिँदैन।'
काठमाडौं महानगरपालिकाले पनि स्थानीय स्तरमा प्लास्टिक झोला प्रयोग गर्न आह्वान गरे पनि अहिले अनुगमन प्रभावित भएको जनाएको छ। महानगरको वातावरण महाशाखा प्रमुख गंगाधर गौतमले अनुगमन गर्ने नियमित काम भए पनि प्रभावित भइरहेको स्वीकारे।
'भूकम्पपछि अनुगमन नै नभए जत्तिकै छ। यसले प्लास्टिक झोला प्रयोग गर्नेको भीड बढ्न थालेको छ,' उनले भने, 'इन्धनको व्यवस्थापन गरेर चाँडै नै अनुगमनको काम स्रु गर्छौ।' संस्थागत संयन्त्र बनाएरै अनुगमन सुचारु गर्ने उनको भनाइ छ।
सरकारले २० इन्च चौडाइ एवं ३५ इन्च लम्बाइका र ४० माइक्रोन मोटाइका झोला आयात, भण्डार, बिक्रीवितरण र प्रयोग गर्न प्रतिबन्ध लगाएको हो। चैत १८ गते नै राजपत्रमा सूचना प्रकाशित गरेर काठमाडौं उपत्यकामा वातावरण संरक्षण ऐन २०५३ अनुसार प्रतिबन्धको निर्णय भएको थियो।
वैशाख १ गतेदेखि प्रतिबन्धित काम गरेको पाइएमा ५० हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने अधिकार स्थानीय प्रशासनलाई छ। सडकमा प्लास्टिक बोकेर हिँड्न, व्यापार गर्न र प्रयोग गर्न नपाइने व्यवस्था छ।