दादुराले नौ बालबालिकाको मृत्यु
०७ माघ २०७२
•
१० मिनेट पाठ
दादुराले नौ बालबालिकाको मृत्यु
काठमाडौं- सरकारले खोप खरिदमा गरेको लापरबाही र पाँच महिनादेखि जारी मधेस आन्दोलनका कारण खोप लगाउने कार्यक्रम प्रभावित भएपछि विभिन्न जिल्लामा दादुरा प्रकोप देखिएको छ। यो वर्ष मात्र कपिलवस्तुसहित चार जिल्लामा दादुराबाट ९ बालबालिकाको ज्यान गइसकेको छ।पछिल्ला दिनमा कपिलवस्तुमा मात्र ६ जना बालबालिकाले ज्यान गुमाएका छन्। पा"च दर्जनभन्दा बढी बालबालिका बिरामी छन्।




डेढ दशकको नियमित खोप र विशेष प्रयासपछि सन् २०१६ मा निवारण गर्ने तयारीमा रहेको दादुरा फेरि देखिएको हो। बाल मृत्युदरको प्रमुख कारक मानिने यो खोप जन्मिएको ९ महिना र १५ महिनामा गरी दुई पटक लगाउनुपर्छ।

यो वर्ष कपिलवस्तुमा ६, बाँकेमा १, बर्दियामा १ र सल्यानमा १ जनाको मृत्यु भइसकेको छ। सिन्धुपाल्चोक, सुनसरी सुर्खेतमा समेत ठूलो संख्यामा बालबालिका दादुराका कारण बिरामी छन्। कपिलवस्तुमा ६ दर्जनभन्दा बढी बालबालिका बिरामी छन्। तराई मधेसका जिल्लामा अवरोध जारी रहे प्रकोप अझै फैलिन सक्ने विज्ञले औंल्याएका छन्।

खरिद प्रक्रियामा भएको कमिसन चक्करका कारण तीन वर्षसम्म खोप खरिद गर्न नसक्दा गत वर्ष भएको हाहाकार र यो वर्ष जारी मधेस आन्दोलनका कारण नियमित कार्यक्रमसमेत प्रभावित छ। अघिल्लो वर्ष दुई महिना देशभरकै खोप कार्यक्रम बन्द भयो। त्यसबीच जन्मिएका बालबालिकाले खोप लगाउन पाएनन्। बेलाबेला हुने खोप अभाव र मधेस आन्दोलनको प्रभावको असर अहिले देखिएको विज्ञ बताउ"छन्।

सरकारले चालु पञ्चवर्षीय योजनामा सन् २०१६ मा दादुरा निवारण सुरु गर्ने घोषणा गरेको छ। १ लाखमा ५ भन्दा कम बिरामी फेला पर्नुलाई निवारणको अवस्था भनिन्छ। निवारण घोषणासहित सरकारले सन् २०१७ पूर्ण खोप क्षेत्र घोषणासमेत अगाडि बढाइरहँदा निवारणको अवस्थामा रहेको दादुरा बल्भि्कएको हो।

दादुराका लागि सन् २०१२ मा विशेष अभियानसहित सरकारले दादुरा र उस्तै लक्षण हुने रुबेलाका लागि नयाँ भ्याक्सिन सुरुआत गरेको थियो। तर खोप खरिदमा अन्तर्राष्ट्रिय दातृ निकाय, कम्पनी र सरकारी अधिकारीको त्रिपक्षीय चलखेलले अभाव बनाउने र महँगोमा किन्ने खेल चल्दै आएको छ। यो क्रममा विभिन्न स्थानमा खोप अभाव हुने र कार्यक्रमसमेत प्रभावित हुने गरेको छ।

पहिलोपटक दादुरा र रुबेला रोगविरुद्धको खोप (एमआर) खरिदमा युएन एजेन्सी युनिसेफ, बाल स्वास्थ्य र आपूर्ति व्यवस्था महाशाखाका उच्च अधिकारीको मिलेमतोमा ०६९/७० का लागि खरिद प्रक्रियामा अनुमानित लागत निर्धारणदेखि नै चलखेल भएको थियो।

एमआरका लागि संसारभर भारतको सेरम इन्स्टिच्युट मात्रै उत्पादक कम्पनी हो। त्यतिबेलै अर्को खोपको विकल्प एमएमआर (हाँडेको समेत खोप) हुँदाहुँदै कम्पनी र युनिसेफ मिलेर नेपालमा एमाआर चलाएका थिए। सोसँगै निःशुल्क आएको केही खोप बाँकीसमेत रहेपछि सरकारले नियमित कार्यक्रममा राखेको थियो।

नियमित कार्यक्रममा राखेर खरिदको दायित्व सरकार मातहतमा आएपछि पहिलोपटक ०६९/७० मा आपूर्तिले टेन्डर प्रक्रिया नै पूरा नगरी युनिसेफबाट १ लाख २० हजार भाइल महँगोमा खरिद गरेको थियो। खरिद प्रक्रियालाई अड्काएर चोरबाटोबाट भ्याक्सिन किन्न कहिले पाँच डोज भाइल त कहिले दस डोज भाइल किन्ने निर्णयमा समेत टेन्डर अड्काइएको थियो।

बाल स्वास्थ्य महाशाखाका अनुसार सुरुमा अनुदानमा पाएको खोप प्रतिभाइल १० डोजको थियो। लगत्तै दस डोजका लागि टेन्डर भएकोमा बाल स्वास्थ्यले पाँच डोजको किन्ने निर्णय गरेर अगाडि बढेको टेन्डर रोक्न लगाएको थियो। गत वर्ष पनि भाइल खोलेपछि ६ घन्टाभित्र लगाइनसके खेर जाने भन्दै कम डोजका भाइल मगाउने निर्णय पछाडिको कारण दाबी गरेका थिए। टेन्डर रोकिँदा खोप सर्टेज भएपछि त्यतिबेला आपूर्ति महाशाखाले द्रुत प्रक्रियाबाट दस डोज भाइल भएका १ लाख २० हजार भाइल खोप ५ सय २४ रुपैयाँका दरमा खरिद गरेको थियो। सो मूल्यमा युनिसेफले ४ प्रतिशत ह्यान्डिलिङ कस्ट र ३.८ प्रतिशत इन्सुरेन्ससमेत लिएको थियो।

दोस्रोपटक पनि पाँच डोजको खरिद गर्न २०७०/७१ मा युनिसेफसँग किन्दाको मूल्यका आधारमा प्रत्येक वर्ष वृद्धि हुनसक्ने मार्जिनसमेत नराखी आपूर्ति खरिद समितिले ३ सय ७ रुपैयाँ अनुमानित लागत राखेको २ लाख ५५ हजार भाइलका लागि टेन्डर खोलेको थियो। विश्वव्यापी रुपमा खोपको सर्टेज भएको र एकमात्रै कम्पनी भएकाले यति कम पैसामा भ्याक्सिन आउँदैन भन्ने थाहा हुँदाहुँदै पनि अधिकारीले न्यून मूल्य राखेका थिए।

गत वर्ष अभावपछि किन्न प्रक्रिया सुरु गर्दासमेत सरकारी अधिकारीले मिलेमतोमा प्रतिभाइल ६ सय ९३ रुपैयाँ उल्लेख भएको थियो। यो मूल्यबाट पहिला किन्नुपर्ने जति भ्याक्सिन किन्दा ७ करोड ८५ लाख ४० हजार बढी परेको थियो। गत वर्ष मंसिर–पुसमा खोप हाहाकार भएका कारण देखाएर तत्कालीन स्वास्थ्यमन्त्री खगराज अधिकारीले बढी मूल्यमा खोप किनेका थिए। यो खेलमा गत वर्ष बाल मृत्युको प्रमुख कारण रहेको दादुरा, रुबेला खोप (एमआर) र क्षयरोगविरुद्धको खोप बिसिजी किन्दा गत वर्ष राज्यले दुई वर्षमा करिब १४ करोडभन्दा बढी भार परेको थियो।

बाल स्वास्थ्य महाशाखा प्रमुख डा. राजेन्द्र पन्तले प्रकोप नियन्त्रणका लागि औषधिसहितको स्वास्थ्य टोली खटिइसकेको भन्दै फैलिनुको कारण पत्ता लगाउन भने विस्तृत अनुसन्धान गर्ने बताए।

'मृत्यु भएका बालबालिका खोप लगाएका हुन् या लगाएकै थिएनन्, हेर्नुपर्छ,' उनले भने, 'त्यसका लागि छुट्टै टोली खटाउँछु।'

खोप खरिदमा हुने चलखेलका कारण विभिन्न समयमा हुने सर्टेजसहित पछिल्लोपटक तराईमा देखिएको आन्दोलन पनि प्रकोप फैलिनुको कारण भएको विज्ञले बताएका छन्। यसबाहेक खोप नियमित हुँदा पनि दुर्गमका खोप केन्द्रमा नियमित खोप नलगाइनु, लगाइएको अनुगमन नहुनु पनि कारण भएको विज्ञ बताउँछन्।

बाल स्वास्थ्य महाशाख खोप शाखा प्रमुख मुकुन्द गौतमले तराईमा खोपको नियमित सञ्चालन अवरोध भएको भए पनि 'प्राविधिक मान्छेले' राजनीतिक कारणलाई औल्याउन नमिल्ने बताए।

देशभर १६ हजार खोपकेन्द्र र त्योभन्दा बढी संख्यामा खोप लगाउने स्वास्थ्यकर्मी र ठूलो संख्यामा सुपरभाइजसमेत खटिन्छ। तर पनि वर्षौंदेखि ३ प्रतिशत बालबालिका कुनै पनि खोप नपाएको र १५ प्रतिशत सीमित खोपमात्रै पाउने गरेको तथ्यांक छ।

सरकारी तथ्यांकले देशव्यापी रुपमा सम्पूर्ण खोपको कभरेज ८५ प्रतिशत र दादुरा खोपको कभरेज ८९ प्रतिशत रहेको देखाए पनि प्रकोप फैलिएको हो।

बाल स्वास्थ्यका निर्देशक पन्तले भने, अनुसन्धान टोलीले खोपको कभरेज, भण्डारण र कार्यक्रमको अवस्था पूर्ण रुपमा अध्ययन गरेपछि प्रकोप देखिएको ठाउँमा रोग नियन्त्रणका लागि तत्काल विशेष खोप कार्यक्रम चलाउने बताए।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
४ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस