पोखरा— दलित युवतीलाई जातीय भेदभाव गरेको आरोपमा कास्की भदौरेतामागीका चन्द्रबहादुर र उनकी पत्नी ठकुरशोभा गुरुलाई प्रहरीले पक्रेको छ। स्थानीय स्वास्थ्यचौकीकी अनमी अम्बिका सुनारमाथि जातीय भेदभाव गरेको आरोप उनीहरुमाथि छ।गुरुङ दम्पतीलाई आइतबार जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धानका लागि हिरासतमा राखेको डिएसपी गजुसिद्धि बज्राचार्यले जानकारी दिए। गुरुङको घरमा आयोजित भोज खान जाँदा आफूलाई जातीय भेदभाव गरेको आरोपसहित अम्बिकाले प्रहरीमा जाहेरी दिएकी थिइन्। पुस २८ गते भएको भोजमा खाना खाएपछि भाँडा नमाझेको भन्दै दुर्बचन बोलिएको अम्बिकाले बताएकी छन्।
अम्बिकाको जाहेरीपछि प्रहरीले गुरुङ दम्पतीलाई उनीहरुकै घर पुगेर शुक्रबार पक्रेको थियो । स्वास्थ्यचौकीमा कार्यरत सिनियर अनमी हरिकुमारी गुरुङले आफ्नो छोरा ब्रिटिस आर्मीमा भर्ती भएको उपलक्ष्यमा भोज आयोजना गरेकी थिइन् । ठकुरशोभाको घरमा आयोजित भोजमा अनमी अम्बिका आफ्नी छोरीसहित गएकी थिइन् । भोजमा स्वास्थ्यचौकीमा अरु कर्मचारी पनि गएका थिए । तर, अम्बिकाले खाना खाइसकेर फर्कने बेला आफूलाई ठकुरशोभाले भाँडा नमाझेको भनेर तल्लो जाति भएको आरोपसहित गाली गरेको जाहेरीमा उल्लेख गरेकी छन् ।
संविधानले छुवाछुतलाई दण्डनीय अपराध मानेको छ । जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८ ले छुवाछुत गरेमा हुने दन्ड तोकेको छ । २०६८ को ऐन अन्तर्गत दफा ७ को उपदफा १(क) मा जातीय विभेद गर्नेलाई तीन महिनादेखि तीन वर्षसम्म कैद वा पाँच हजार रुपैयाँदेखि २५ हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख छ । खाना खाने बेलामा अरुलाई घरभित्र पस्न दिइएको र आफूलाईचाहिँ बाहिरै राखिएको अम्बिकाले बताएकी छन् । आफूलाई अनादारयुक्त शब्द प्रयोग गर्दै गाली गरिएको पनि उनले सुनाइन् ।
जातपातका आधारमा गाली गर्दा समेत भोजमा सहभागी अरुले पनि प्रतिवाद नगरेको अम्बिकाको गुनासो छ । 'अरुले पनि केही नभनेकाले त्यहाँ बस्नु जाती हुन्न भनेर घरतिर हिँडिहालें,' उनले भनिन् । केही महिनाअघिमात्रै अम्बिका सरुवा भएर भदौरे गाउँको स्वास्थ्यचौकीमा आएकी थिइन् । यसअघि गाउँमा भएका भोजभतेरमा पनि आफूलाई आँखा तर्ने गरिएिको उनले बताइन् । यसपालि भने जातकै आधारमा हेपिएको उनको गुनासो छ । भाँडा नमाझेकैले कहाँ के गर्न सक्ने हो गरे हुन्छ भनेर समेत धम्की दिइएको उनले सुनाइन् । 'यो गाउँघर हो, सहर बजार होइन, हामी कामीदमैले खाएका भाँडा माझ्दैनौं भन्दै हपारे,' अम्बिकाले नागरिकसँग भनिन् ।
जाहेरी दिएपछि गाउँको घटना गाउँमै मिलाउनुपर्छ भन्दै आफूलाई मिल्नका लागि दबाब आएको पनि अम्बिकाको भनाइ छ । तर, उनले दोषीलाई कारबाही हुनुपर्ने माग गरेकी छन् । जातीय छुवाछुतको घटनामा सरकारकै तर्फबाट आरोपित विरुद्ध मुद्दा चलाइन्छ ।
स्टाफ नर्सको अध्ययन पूरा गरिसके पनि आफ्नै गाउँको सेवा गर्न भनेर अनमी पदमा काम गर्न गएको अम्बिकाले सुनाइन् । 'मलाई दलित भएकोमा गर्व पनि छ, तर दलितै भएकाले हेपिनुपरेकाले जाहेरी नै दिएँ,' उनले भनिन् ।