काठमाडौं- स्थानीय प्रशासनले उपत्यकामा सञ्चालित फुटसल कोर्टमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ। जिल्ला प्रशासन कार्यालयमा फुटसल व्यावसायीसँग १८ बुँदे सहमति भएपछि प्रतिबन्ध फुकुवा गरिएको हो।विकृति मौलाएको भन्दै प्रशासनको निर्देशनमा प्रहरीले काठमाडौंमा सञ्चालित फुटसल कोर्ट बिहीबारबाट अनिश्चितकालका लागि बन्द गराएको थियो। तर, व्यवसायीले फुटसलमा हुने आपराधिक क्रियाकलाप र विकृति रोक्नेलगायत सहमति गरेपछि बन्द फुटसल कोर्ट पुनः सञ्चालनमा आउने भएका हुन्।
काठमाडौंमा ५१ वटा फुटसल कोर्ट छन्। फुटसल बन्द गरेपछि व्यापारीदेखि फुटसल खेल्ने युवासहित अन्य सर्वसाधारणबाट पनि विरोध भइरहेको थियो। व्यापारीले सरकारी नियमअनुसार फुटसल कोर्ट चलाउन तयार हुने भन्दै प्रशासनमा आवाज उठाएपछि शुक्रबार प्रशासन कार्यालयमा फुटसलको नियमनका विषयमा वृहत छलफल भएको थियो।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीले तत्काल १५ वटा र तीन महिनाभित्र ३ वटा बुँदा पूरा गर्नेगरी १८ वटा बुँदामा फुटसल व्यवसायीले सहमति जनाएपछि पुनः सञ्चालन गर्न दिने निर्णय भएको बताए।
उनका अनुसार सबै फुटसल कोर्टले १५ दिनभित्र स्थानीय निकाय, घरेलु तथा साना उद्योग र कर कार्यालय तथा अन्य सरकारी निकायमा दर्ता गरिसक्नुपर्ने, ३० दिनभित्र कोर्टमा अनिवार्य रुपमा सिसिटिभी राख्नुपर्ने, प्राथमिक उपचारको व्यवस्था गर्नुपर्ने, फुटसल कोर्टमा अनिवार्य रूपमा शुल्क टाँस्नुपर्ने, फुटसलका आचारसंहिता टाँस्नुपर्ने, शौचालय तथा चेन्जिङ रुम बनाउनुपर्ने, जुवाका रुपमा खेल्न नपाइने, साँझ ७ बजेपछि कोर्ट सञ्चालन गर्न नपाइने, मादक पदार्थ सेवन गरेकालाई खेल्न मात्र नभई कोर्टभित्र प्रवेशसमेत गर्न दिन नपाइने, सूर्ती तथा मादक पदार्थ बिक्री गर्न नपाइने, विद्यालय समयमा विद्यार्थी पोसाकमा आउनेलाई खेल्न नदिनेलगायत तत्काल गर्नुपर्ने विषयमा सहमति भएको छ।
तीन महिनाभित्र गर्नुपर्ने सहमतिमा भने फुटसल सञ्चालकले अनिवार्य रूपमा तेस्रो पक्ष बिमा गर्नुपर्ने, फुटसल कोर्टमा ध्वनि नियन्त्रण प्रविधि जडान गर्नुपर्ने र तीन महिनाभित्र फुटसल निर्देशिका बनाउने छ।
महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी विश्वराज पोखरेलले सबै सहमति कार्यान्वयनमा आए–नआएको विषयमा समय–समयमा अनुगमन गरिने बताए। 'हामीसँग भएको सहमतिको अनुगमन गर्नेछौँ,' उनले भने, 'सहमतिविपरीत चलेको पाइए कारबाही गर्छौँ।' उनका अनुसार प्रहरीले विगतका दिनमा धेरै समस्या देखिएका र जनगुनासो बढी आएका फुटसल कोर्टलाई विशेष निगरानीमा राखेर अनुसन्धन अगाडि बढाइरहेको छ। उनले फुटसलका विकृति रोक्न दुवैतर्फबाट कार्यदलसमेत बनाइएको जानकारी दिए।
प्रहरीको अनुसन्धानका क्रममा उपत्यकामा सञ्चालित अधिकांश फुटसल बिनादर्ता चलिरहेको, करको दायरामा नआएको, विद्यार्थी शिक्षण संस्था छाडेर 'ड्रेस' मै फुटसल पुग्ने गरेको, मादक पदार्थ खाने केन्द्र बनेको, खेलका नाममा जुवा अखडा बनेका, मध्यरातसम्म सञ्चालनमा रहँदा वरपरका स्थानीयलाई होहल्लाले सताउने गरेको, जथाभावी शुल्क उठाउने गरेको, खोल्ने समय निश्चित नभएको, कति उमेर समूहलाई कसरी खेलाउने तथा फुटसलका सामान्य प्रक्रियासमेत पूरा नगरेको, कोच तथा इन्स्ट्रक्टरसमेत नराखेको लगायत समस्या देखिएको थियो।
उपत्यकामा फुटबल खेल्न ठूला मैदान अभाव रहेकाले छोटो समयमै फुटसल लोकप्रिय बनेको थियो। तर, खेल खेल्ने यस्ता केन्द्र पछिल्ला समयमा युवाका लागि लागुऔषध, मदिराजस्ता विकृतिको केन्द्र बनेपछि प्रशासनले कडाई गर्न सुरु गरेको हो।
प्रहरीले एकैपटक उपत्यकाका ५० भन्दा बढी फुटसल बन्द गराएपछि फुटसल सञ्चालक बिहीबार नै एकैपटक एकजुट भएका थिए। सञ्चालकले बिहीबार नै डुकु फुटसलका सञ्चालक राज महर्जनको अध्यक्षतामा समिति बनाएका छन्।
फुटसललाई अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले समेत खेलको मान्यता दिएको छ। सन् १९३० मा उरुग्वेबाट सुरु भएको फुटसल विश्वभर लोकप्रिय छ।