राजधानीका फुटसल अनिश्चितकालीन बन्द
३० पौष २०७२
•
६ मिनेट पाठ
राजधानीका फुटसल अनिश्चितकालीन बन्द
काठमाडौं- स्थानीय प्रशासनको निर्देशनमा प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालित फुटसल कोर्ट अनिश्चितकालका लागि बन्द गराएको छ। विकृती मोलाएको भन्दै जिल्ला प्रशासन कार्यालयको निर्देशनमा प्रहरीले बिहिबारबाट सबै फुटसल बन्द गराएको हो। उपत्यकामा ५० भन्दा बढी फुटसल कोर्टहरु सञ्चालनमा थिए।उपत्यकामा फुटबल खेल्न ठूला मैदानको अभाव रहेकोले छोटो समयमा नै फुटसल लोकप्रिय बनेको थियो। तर, खेल खेल्ने यस्ता केन्द्र पछिल्ला समयमा युवाका लागि लागू औषध, मदिराजस्ता विकृतीको केन्द्र बनेको भन्दै स्थानीय प्रशासनले हस्ताक्षेप गरेकोहो।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीले अनुसन्धानकाक्रममा उपत्यकामा सञ्चालित अधिकांस फुटसलहरु विना दर्ता चलिरहेको, करको दायरामा नआएका, विद्यार्थी शिक्षण संस्था छाडेर 'डे्रस'मा नै फुटसलमा पुग्ने गरेको, मादकपदार्थ खाने केन्द्र बनेको, खेलका नाममा जुवा खेल्ने क्रम बढेको आरोप लगाए। उनले मापदण्ड बनेपछि पुन नियमअनुसार फुटसलहरु सञ्चालन हुने बताए।

'धेरै फुटसलहरुमा विकृती ने विकृती भेटिएपछि निश्चित मापदण्ड बनाएर कानुनी दायरामा ल्याउन तत्काल बन्द गराउनु परेको हो,' उनले नागरिकसँग भने, 'फुटसल खेल हो कि व्यावासाय भन्ने कुरा पनि स्पष्ट नभएकाले यस्लाई नियमन गर्न निश्चत नीति र मापदण्ड बनाउन आवश्यक देखिएकोले केही समय प्रतिबन्ध गरेका हौँ।'

महानगरिय प्रहरी परिसर काठमाडौंका एसएसपी विक्रमसिंह थापाले जथाभावी खुलेका फुटसलमा कानुन विपरीतका कार्यहरु भैरहेको फेला परेको दावी गरे। 'फुटसल कोर्ट जतिबेला पनि खुल्ने र रातको समयमा खेलभन्दा बढी मादक पदार्थ र गाँजा खाने काम हुने गरेको भेटयो,' उनले भने, 'बिहानै देखी मध्यरातसम्म खुल्ने यस्ता कोर्टमा होहल्ला हुनुका साथै विकृती बढेको भन्दै स्थानीयबाट उजुरी र गुनासो आएको थियो।'

उनले फुटसल कोर्ट सञ्चालकले जथाभावि शुल्क उठाउने गरेको, खोल्ने समयको निश्चित नभएको, कति उमेर समुहकालाई कसरी खेलाउने, फुटसलका सामान्य प्रक्रियाहरु पुरा नगरेको, कोच तथा इन्स्ट्रक्टर समेत नराखेको देखिएको बताए।

अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव धिरेन्द्र प्रधानले उपत्यकामा सञ्चालनमा रहेका कुनै पनि फुटसलले एन्फाबाट सम्बन्धन नलिएको बताए। 'फुटसललाई नियमन गर्न आवश्यक देखेर एन्फाले केही महिना अगाडी वसन्त अर्यालयको संयोजकत्वमा कमिटी बनाएको छ' उनले भने, 'एन्फासँग समन्धन नै नलिई चलेका सबै फुटसलहरु चलाउन प्रहरीले रोक लगाएको विषयमा भने एन्फालाई कुनै जानकारी छैन।'

हस्तक्षेपपछी संगठित

प्रहरी एकैपटक उपत्यकाका ५० भन्दा बढी फुटसलहरु बन्द गराएपछि फुटसल सञ्चालकहरु एकजुट भएका छन्। सञ्चालकहरुले बिहिबार नै डुकु फुटसलका सञ्चालक राज महर्जनको अध्यक्षतामा समिति बनाएका छन्। समिति र अन्य सञ्चालकहरुले फुटसल बन्द गरेको विषयमा प्रमुख जिल्ला अधिकारीसँग समेत भेट गरेका छन्।

फुट सञ्चालक तथा नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व खेलाडी हरी खड्का कानुनी प्रक्रिया पुरा गरी दर्ता भएका फुटसललाई बन्द गर्न नुहने बताउँछन्। 'सरकारको कानुन भित्र बसेर चलिरहेका फुटसललाई किन बन्द गर्नु,' उनले भने, 'विकृती देखिएका र कानुन बाहिरकालाई मात्र बन्द गराउनु पर्नेमा सबैलाई एउटै घानमा राख्न गलत हो।' उनले फुटसलको मापदण्ड बनाउन फुटसल सञ्चालकहरु समेत तयार रहेको बताए।

फुटसललाई अन्तराष्ट्रिय फुटबल महासंघ (फिफा)ले समेत खेलको मान्यता दिएको छ। सन् १९३० मा उरुग्वेवाट शुरु भएको फुटसल विश्वभर लोकप्रिय छ। फुटसल ठूलो मैदानको अभाव रहेका क्षेत्रमा फुटबल खेल्न उपयुक्त विकल्प बनेको छ। पाँच पाँच जना मिलेर खेल्न मिल्ने फुटसल विशेषगरी ठुलो कोठाभित्र खेलिने खेलका रुपमा पनि चिनिन्छ। नेपालमा फुटसल सन् २०११ बाट शुरु भएको बताइन्छ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस