काठमाडौं-देशको वर्तमान ऊर्जा संकटबाट पाठ सिक्दै काठमाडौं महानगरपालिकाले करिब ३० करोड रुपैयाँ नवीकरणीय ऊर्जा सम्बन्धित कार्यक्रममा लगानी गर्ने भएको छ । महानगरपालिकाले मंगलबार २७ औं नगर परिषद्को अवसरमा आर्थिक वर्ष २०७३/७४ का लागि यस्तो कार्यक्रमको घोषणा गरेको हो ।
सो अवसरमा महानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह तामाङले सोलार सडक बत्ती, विद्युतीय सवारी सञ्चालन र अन्य सोलार ऊर्जाका क्षेत्रमा यस्तो लगानी गर्न चाहेको बताए ।
'महानगर क्षेत्रभित्र वैकल्पिक ऊर्जाको रुपमा सौर्य ऊर्जा प्रयोगमा ल्याई उज्यालो काठमाडौं कार्यक्रम अघि सारिएको हो,' उनले बजेट वक्तव्यमा भनेका छन्, 'यसका लागि १० करोड रुपैयाँ विनियोजन गरिएको छ । कार्यक्रमका लागि बैंक, वित्तीय संस्था, व्यापारिक वा व्यवसायिक संस्थाहरुलाई समेत परिचालन गरेर थप १० करोड रुपैयाँ परिचालन गर्ने अपेक्षा गरेको छु ।'
महानगरपालिकाले सहरी यातायातलाई व्यवस्थित बनाउन विद्युतीय सवारी साधनहरु सञ्चालनको तयारी गरिरहेको पनि जनाएको छ । यसका लागि ५ करोड रुपैयाँ रकम विनियोजन गरिएको तामाङले जानकारी दिए । 'यसबाट उपत्यकाको बढ्दो सवारी चाप व्यवस्थापन र वातावरण प्रदूषण नियन्त्रणमा थप योगदान पुग्ने विश्वास छ,' उनले भने ।
महानगरपालिकाका वडा कार्यालयहरुलाई सेवा केन्द्रको रुपमा विकास गर्न आफ्नै वडा कार्यालय भवन बनाउने र तिनीहरुलाई सौर्य ऊर्जामा निर्भर गराउन ५ करोड रुपैयाँ विनियजन गरिएको छ ।
महानगरपालिकाको यस्तो योजनालाई स्वागत गर्दै उपप्रधान तथा संघीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाले सरकारले पनि नवीकरणीय ऊर्जा क्षेत्रमा पनि लगानी गर्ने बताए । 'महानगरपालिकाले वैकल्पिक ऊर्जालाई रकम छुट्याएकामा म अत्यन्तै खुसी छु,' उनले भने, 'सरकारले पनि ऊर्जा विकास कार्यक्रम जनतासँग मिलेर ल्याउन लागेको छ ।'
जनतासँगको सहकार्यमा एक वर्षभित्र सडक बत्ती राख्ने योजना बनाउन पनि उनले नगरपालिकाहरुलाई आग्रह गरे । 'सरकारले पनि घरघरमा सोलार ऊर्जा स्थापना गर्न सहयोग गर्ने योजना बनाएको छ,' उनले भने, 'साथै जनता र सरकारको प्रत्यक्ष उपस्थितिमा सडक बत्तीसमेत निर्माण गर्न लागिएको छ ।' उनले महानगरका प्रायः सडकमा सोलार बत्ती राखी स्वच्छ, सफा र हरियाली वातावरण सिर्जना गर्न पनि आग्रह गरे ।
मन्त्रालयले यसअघि नै नयाँ भवन तथा घर निर्माण गर्दा अनिवार्य रुपमा सौर्य प्रणाली जडान गर्नुपर्ने व्यवस्था गरिसकेको छ । मुलुकमा जारी ऊर्जा संकटलाई समाधान गर्न मन्त्रालयले जडानका गर्न भन्दै ७५ जिल्लाका जिल्ला विकास समिति र २ सय १७ वटा नगरपालिकालाई पत्राचार गरिसकेको छ ।
सो व्यवस्था सबै सरकारी भवन, व्यापारिक भवन, संस्थागत भवन, विद्यालय, अस्पताल, सरकारी तथा निजी कम्पनी, सार्वजनिक संस्थान, महानगरपालिका, उपमहानगरपालिकामा लागु हुने जनाइसकेको छ ।
महानगरपालिकाले चालू आर्थिक वर्षका लागि विनियोजित ४ अर्ब ६ करोड ७ लाख ८७ हजार रुपैयाँमध्ये ६१ करोड ३४ लाख २ हजार ३ सय ७० रुपैयाँ मात्र खर्च भएकोे जानकारी दिएको छ । आर्थिक वर्ष २०७३÷७४ का लागि ३ अर्ब ६६ करोड २० लाख ७० हजार रुपैयाँको राजश्व तथा खर्च प्रस्ताव गरेको कार्यकारी तामाङले बताए ।