तालाबन्दीले विश्वविद्यालय ठप्पै
२७ पौष २०७२
•
१३ मिनेट पाठ
तालाबन्दीले विश्वविद्यालय ठप्पै
काठमाडौं- नेपाल संस्कृत विश्वविद्यालयकै तलब खाने शिक्षक तथा कर्मचारीले नाजायज माग राखेर नौ महिनादेखि विश्वविद्यालय बन्द गरिरहेका छन्। त्यसैमा विद्यार्थीले समेत साथ दिएपछि विश्वविद्यालयको भविष्य अन्योलपूर्ण बन्दैछ।शैक्षिक क्यालेन्डरलगायत सबै संरचना र प्रक्रिया बिथोल्ने गरी शिक्षक, कर्मचारी र विद्यार्थीले आन्दोलन गरेपछि विश्वविद्यालय नै तहसनहस भएको छ। तीनवटै पक्षका नाजायज माग र हठका कारण विश्वविद्यालयका शैक्षिक क्यालेन्डरलगायत सबै काम महिनौंदेखि ठप्प छन्।

प्राज्ञिक तथा शैक्षिक सुधारभन्दा पनि तीनवटै पक्ष विश्वविद्यालयमा आ–आफ्ना दलका व्यक्ति नियुक्त गर्न अघि सरेपछि विश्वविद्यालयमा समस्या बल्झँदै गएको त्यहाँका पदाधिकारी बताउँछन्।

विभिन्न पदमा दलनिकटका व्यक्ति भर्ना गराउन माग गर्दै विश्वविद्यालयमा शिक्षक, कर्मचारी र विद्यार्थी गरी तीनै पक्षले नौ महिनादेखि तालाबन्दी गरी विश्वविद्यालयलाई नै बन्दी बनाएको उपकुलपति कुलप्रसाद कोइराला बताउँछन्।

विश्वविद्यालयबाट तलब खाने शिक्षक कर्मचारीले नै तालाबन्दी गरी विश्वविद्यालयलाई बन्दी बनाएको उनले आक्रोश पोखे। 'तलब खानेहरुले नै विश्वविद्यालयलाई प्रवृत्तिले विश्वविद्यालय तहसनहस बनाइँदैछ,' कोइरालाले भने।

दाङस्थित विश्वविद्यालय केन्द्रीय क्याम्पसमा हाल पाँचवटा ताला लगाइएको छ। उक्त कार्यालयमा कांग्रेसनिकट प्रजातन्त्रवादी प्रध्यापक संघ, एमालेनिकट प्रगतिशील प्राध्यापक संगठन र माओवादीनिकट नेपाल राष्ट्रिय प्रध्यापक संगठन तथा विभिन्न दलका विद्यार्थी संगठनले बेग्लाबेग्लै ताला लगाइदिएका हुन्।

विश्वविद्यालयको उपकुलपति, शिक्षाध्यक्ष, रजिस्ट्रार र प्रशासनमै तालाबन्दी भएपछि नौ महिनादेखि दैनिक कार्यसञ्चालनदेखि शैक्षिक, प्रशासिनक तथा आर्थिक कामकारबाही प्रभावित बनेको राजधानीस्थित वाल्मीकि विद्यापीठका प्रमुख लालमणि पाण्डेले बताए। वाल्मीकि विद्यापीठ नेपाल संस्कृत विश्वविद्यालयकै आंगिक क्याम्पस हो।

विगतका पदाधिकारीले सेवा आयोगको बाटो नरोजी प्रशासनिक अधिकार दुरुपयोग गर्दै गैरकानुनी तरिकाले करारमा आफ्ना मान्छे नियुक्त गर्ने परिपाटी बसालेकै कारण विश्वविद्यालय शैक्षिक सुधारभन्दा राजनीतिक दलको कमाइ खाने भाँडो बन्दै गएको उनको भनाइ छ।

उनका अनुसार विश्वविद्यालय पदाधिकारीले दुई दशकदेखि शैक्षिक सुधारको कामै गरेनन्। विश्वविद्यालयको उत्तरमध्यमादेखि प्राचार्य तथा विद्यावारिधिसम्मका पाठ्यक्रम दुई दशकदेखि परिमार्जन भएका छैनन्। त्यसले विद्यार्थी समयअनुसारका विषयवस्तु अध्ययन गर्न वञ्चित छन्। आफ्ना मान्छे नियुक्त गर्नैमा पदाधिकारीबीच हानथाप चल्छ।

'संस्कृत शिक्षाअन्तर्गतका विज्ञान, राजनीति, अंग्रेजी, अर्थशास्त्र, नेपालीलगायत कुनै पनि विषयका पाठ्यक्रम परिमार्जन नभएको दुई दशक भइसक्यो,' प्राचार्य पाण्डे भन्छन्,

'विज्ञानको मूलाधारै संस्कृत शिक्षा भए पनि नेपालमा यो शिक्षा ओझेलमा पर्दै गएको छ,' उनले थपे, 'विश्वविद्यालयमा नियुक्त हुने पदाधिकारीले शैक्षिक, प्रशासनिक सुधारका कुनै काम नगरेकै कारण विश्वमा उच्च माग रहेको यो विषय नेपालमा प्रभावहीन बन्दै गएको छ।'

तालाबन्दी पनि कर्मचारी र पदाधिकारी नियुक्ति विवादकै कारण भएको शिक्षाध्यक्ष प्रा. रमेश ढकाल बताउँछन्। उनका अनुसार विज्ञानको मूलआधार संस्कृत शिक्षा भए पनि नेपालमा त्यसको संरक्षण हुन सकेको छैन।

वैशाख २२ गते आयुर्वेद शिक्षाको डिन नियुक्ति विवादलाई लिएर प्रजातन्त्रवादी प्राध्यापक र कर्मचारीले तालाबन्दी गरेका थिए। यहीबीच आयुर्वेद कलेजका विद्यार्थीले विभिन्न माग राखी तालाबन्दी थपे। पूर्व भिसी शिवहरि मरहट्ठालगायत पदाधिकारीले तालाबन्दीमै सञ्जय पोखरेललाई डिनमा नियुक्त गरेपछि विवाद झन् चर्केको उनले जनाए।

हाल विश्वविद्यालयमा प्राचार्य पदमा २, सहपरीक्षानियन्त्रक २, सहप्राचार्य २, अनुगमन शाखाका सदस्यसचिव र अन्तर्राष्ट्रिय विभाग प्रमुख पद खाली छन्।

'विश्वविद्यालयभित्र खाली रहेका यी सबै पदका लागि राजनीतिक दलनिकट शिक्षक, कर्मचारी, विद्यार्थी र स्थानीयको समेत हानथाप भइरहेकाले सबैले तालाबन्दी गरेका हुन्,' २० वर्षदेखि विश्वविद्यालयमा अध्यापन गराइरहेका शिक्षाध्यक्ष ढकाल भन्छन्, 'राजनीतिक दलका ठेकेदारले विश्वविद्यालयलाई रोगी बनाए।'

विश्वस्तरमै स्नातक तह चारवर्षे कोर्समा परिमार्जन हुँदा आफूहरुले पहल गरे पनि गर्न नसकेको लाचारी व्यक्त गर्छन् उनी। 'पदाधिकारी, शिक्षक, कर्मचारी विश्वविद्यालयभित्र नियुक्तिमै अल्भि्करहेका छन्,' उनले भने, 'शैक्षिक सुधारका मुद्दाका लागि कुनै पदाधिकारी प्रवेश गरेकै छैनन्।'

तीन वर्षअघि प्राज्ञिक परिषदले चारवर्षे शास्त्री बनाउन निर्णय गरिसकेको थियो। तालाबन्दीका कारण त्यो निर्णयसमेत कार्यान्वयन नभएको उनले सुनाए।

स्वदेश र अन्तर्राष्ट्रिय स्तरमा समेत स्नातक चारवर्षे भइसकेकाले संस्कृतका तीनवर्षे स्नातकले स्वदेशमै समेत मान्यता पाउने/ नपाउने अन्योल रहेको उनले बताए।

विश्वविद्यालयअन्तर्गत केन्द्रीयसहित १४ आंगिक क्याम्पस र केही सम्बन्धनप्राप्त कलेजमा गरी ४ हजार विद्यार्थी र ८ सय शिक्षक, कर्मचारी कार्यरत छन्। विद्यार्थी संख्या पनि क्रमशः घट्दो छ।

विश्वविद्यालयमा दरो राजनीतिक पकड भएकै कारण शैक्षिक सुधार हुन नसकेको उनले जनाए।

उपकुलपति कोइराला नेपाल संस्कृत विश्वविद्यालयमा भदौ ७ गते नियुक्त भएका हुन्। उनले तत्कालै विश्वविद्यालयमा अवैधानिक रुपमा शिक्षक, कर्मचारी नियुक्ति प्रक्रिया अघि बढेको सूचना पाए रद्द गरिदिए। त्यसपछि विश्वविद्यालयमा तनाब थपियो।

सरकारले ०६२/६३ तिर एकपटकलाई भनेर विशेष आन्तरिक लोकतान्त्रिक बढुवा गर्योि तर संस्कृत विश्वविद्यालयका पदाधिकारी, शिक्षक र कर्मचारीले त्यसलाई परम्परा नै बनाएकाले समस्या बढेको उपकुलपति कोइरालाले जनाए।

शिक्षक, कर्मचारी नियुक्ति प्रक्रियामा सेवा आयोगसमेत पारदर्शी नभएकाले विश्वविद्यालय व्यवस्थापन गर्नै चुनौती थपिएको उनले जनाए। आफू उपकुपति भएपछि पूर्व पदाधिकारीले प्रक्रिया सुरु गरेको शिक्षक, पदाधिकारी, कर्मचारी नियुक्ति, बढुवा, सरुवा प्रक्रिया रद्द गरिदिएपछि उनलाई काम गर्ने वातावरणै बनेन।

'कांग्रेस, एमाले र माओवादी तीनै दलका शिक्षक र कर्मचारी मिलेर आ–आफ्ना मान्छे भर्ना गराउन दबाब दिन मकहाँ आए। कांग्रेसले त आफ्नै मान्छे उपकुलपति हो, जे पनि हुन्छ भन्ने सोचेको रहेछ। मैले उनीहरुको कुरा मानिनँ। उनीहरु पछि हटे,' उपकुलपति कोइरालाले नागरिकसँग दुःखेसो गरे, 'तर एमाले र माओवादी शिक्षक नेताहरुलाई बन्चरो हानेजस्तो भयो तालाबन्दी गरिदिए।'

उनले थपे, 'पूर्वपदाधिकारीले विश्वविद्यालयमा गनाउने क्रियाकलाप गरेका रहेछन्।'

उनको नियुक्तिको समयभन्दा पहिले नै विश्वविद्यालयमा तालाबन्दी भएकाले उनले आफ्नो पदभार वसन्तपुरमा रहेको पुस्तकालयमा बसेर सम्हाल्नुपरेको थियो। हाल उनी आफ्नो क्वार्टरबाटै रेक्टर र रजिस्ट्रारलाई काम अह्राइरहेका छन्।

'०७१ सालको अन्तिम तीन महिनाको शिक्षक, कर्मचारीले तलब नपाएको गुनासो आयो। मैले अनुदान आयोगमा गएर बु‰दा शिक्षक, कर्मचारीको ०७१ सालको सबै तलब पूर्वपदाधिकारीले बुझिसकेको पाएँ,' कोइराला भन्छन्, 'शिक्षक, कर्मचारी, विद्यार्थी र स्थानीयको तालाबन्दीमा कसैले पनि प्राज्ञिक, शैक्षिक, पठनपाठन सुधारको माग राखेका छैनन्। दुःखद कुरा हो।'

नेपाल प्रगतिशील प्राध्यापक संगठनका अध्यक्ष यादव लामिछानेले उपकुलपति कोइरालाले विश्वविद्यालयमा आफ्नो पदको दुरुपयोग गरी निर्णय गरेकाले अनिश्चितकालीन तालाबन्दी गर्नुपरेको आरोप लगाए।

भदौ ७ गते भएको उपकुलपतिको एकलौटी नियुक्तिप्रति आपत्ति जनाउँदै नौ विश्वविद्यालयमै तालाबन्दी गरिएकोमा अन्यका उपकुलपतिले संवाद र वार्ताका माध्यमबाट निकास दिएको तर उपकुलपति कोइराला पदको फूर्ति लगाएर बसेको टिप्पणी उनले गरे।

'पदको दुरुपयोग गर्दै उहाँले पूर्वउपकुलपति र कार्यकारीले गरेको पदाधिकारी, शिक्षक, कर्मचारी नियुक्ति सबै बदर गरिदिनुभयो, जुन कतै मिल्दैन,' अध्यक्ष लामिछाने भन्छन्, 'आयुर्वेदका डिन नियुक्तिलाई पनि बदर गर्नुभयो जो हाम्रो दलबाट थिए।' उपकुलपति कोइरालाले वार्ताका लागि वातावरणसमेत तयार नगरेको उनले आरोप लगाए।

उपकुलपति कोइरालाले भने उक्त आरोप अस्वीकार गरे। आफूले नियमपूर्वक विश्वविद्यालय ऐनको धारा १६ को उपधारा १० ले उपकुलपतिलाई दिएको अधिकार प्रयोग गरी गैरकानुनी नियुक्ति बदर गरेको दाबी कोइरालाले गरे।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस