पोखरा–राजधानीको पसलबाट ९३ तोला सुन चोरेर भागेको आरोपमा एक युवालाई कास्की प्रहरीले समातेको छ। म्याग्दी घर भई पोखरा टुँडिखेलको राष्ट्रिय उच्चमाविमा १२ कक्षा पढ्ने चिरञ्जीवी पुन बुधबार उक्त परिमाणको सुनसहित समातिएका हुन्। चोरीका मुख्य योजनाकारहरु मंगलबारै राजधानीमा समातिएका थिए।आफ्नै गाउँ म्याग्दी रुम गाविसका दिलबहादुर पुनले बोलाएर काठमाडौं पुगेका चिरञ्जीवीले काठमाडौं न्युरोडको लक्ष्मी सुनचाँदी पसलबाट पुस १२ गते चोरीमा संलग्न रहेको जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी हरिबहादुर पालले जानकारी दिए। नुवाकोट घर भई काठमाडौं गोंगबु बस्ने उमेश तामाङ र दिलबहादुरले सुन चोरीका लागि चिरञ्जीवीलाई प्रयोग गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दिलबहादुर यसअघि पनि चोरी गरेपछि पक्राउ परी जेल सजाय काटिसकेका व्यक्ति हुन्। डाँकाचोरी मुद्दामा २ वर्ष कैद भुक्तान गरी ४÷५ महिनाअघिमात्रै उनी छुटेका थिए ।
चिरञ्जीवीले दिएको बयान अनुसार उनीहरुले सुन पसलका साहुको घरबाट पसलको चाबी चोर्न १२ दिन लामो प्रयास पछि सफलता पाएका थिए । साहुले पसल र घर आउजाउ गर्ने समय निगरानी गरी उनीहरुले पहिला चाबी चोर्न सफलता पाएका थिए। 'दुईतीन दिनको प्रयासमा साहुको गाडी नम्बर पत्ता लगाई पिछा गर्दै घरसम्म पुगेका रहेछन्,' एसपी पालले भने, 'घर पत्ता लगाएपछि कोठा भाडामा माग्ने बहानामा साहु बस्ने ठाउँको सबै निगरानी गरेका रहेछन् ।'
प्रहरीका अनुसार चोरी गरेको भोलिपल्टै चिरञ्जीवी पुन पोखरा आएको प्रहरीले जनाएको छ । उनलाई कास्की प्रहरीले पक्रेपछि उनकै सूचनाका आधारमा राजधानीबाट अरु २ जना पनि समातिएको कास्की प्रहरीले जनाएको छ ।