काठमाडौं- वैशाख १२ गतेको भूकम्पलाई थेग्न नसकेर ढलेको धरहराले ज्यान लिएकाको क्षतिपूर्ति दिने व्यवस्था सम्झौतामा नभएको भन्दै काठमाडौं महानगरपालिका मौन बसेपछि ज्यान गुमाउनेका पीडित परिवार मर्कामा परेका छन्। सार्वजनिक–निजी साझेदारीअनुसार साइडवाकर्स ट्रेडर्स प्रालिले व्यवस्थापन गरिरहेको धरहरा ढल्दा ५० भन्दा बढीको मृत्यु भए पनि क्षतिपूर्ति दिने विषयमा दुवै निकाय मौन बसेका छन्।मानवीय जोखिम न्यूनीकरणको लागि एक पटकमा १५ जनाभन्दा बढी धरहरा चढाउन नपाइने व्यवस्था भए पनि सोभन्दा बढी संख्यामा चढेको प्रत्यक्षदर्शीहरुकै भनाइ थियो। यद्यपि यसबारे महानगरपालिकाले पनि पत्ता लगाउन चासो दिएको छैन। साइडवाकर्सले ज्यान गुमाउनेहरुलाई क्षतिपूर्ति दिनेबारे महानगरपालिकासँग छलफल चलाउनु त परै जाओस्, दिनुपर्ने रोयल्टीसमेत दिएको छैन। अघिल्लो वर्षकै रोयल्टीबापतको रकम ३३ लाख ५० हजार रुपैयाँ साइडवाकर्सले बुझाउन बाँकी छ।
महानगरपालिकाको २२ वडा कार्यालयले पनि ५० भन्दा बढीको मृत्यु भएको महानगरपालिकालाई सिफारिस गरिसक्दासमेत महानगरपालिका 'पर्ख र हेर' को अवस्थामा बसिरहेको छ। यसअघि पनि पटक–पटकको भूकम्पले ढलाएको धरहरा चढ्नेलाई केही भए क्षतिपूर्तिको व्यवस्था नगरी महानगरपालिकाले सम्झौता गरेको यस घटनापछि खुलासा भएको छ।
वडा नं. २२ ले यतिका समय बितिसक्दा पनि महानगरपालिकाले अहिलेसम्म आफ्नो पत्रको जवाफका लागि ताकेतासमेत गर्न सकेको छैन।
'धरहरामा मान्छे चढाउन हुने वा नहुने निश्चित गर्न नपाउँदै साइडवाकर्सले जबरजस्ती सर्वसाधारण चढाएर पैसा कमायो,' महानगरपालिकाको उच्च स्रोतले भन्यो, 'तर दुर्घटना भएको क्षति कसले व्यहोर्ने भन्ने महानगरपालिकाले सम्झौतामा उल्लेख गरेन। महानगरपालिकाले साइडवाकर्समैत्री सम्झौता गरेपछि अहिले उसलाई बच्ने बाटो खुलेको छ।'
सर्वसाधारणको ज्यानै जोखिममा हुँदाहुँदै धरहरा चढ्ने गरे पनि उनीहरुको बीमाको व्यवस्था पनि नगरिनुमा महानगरकै ठूला कर्मचारीको हात रहेको स्रोत दाबी गर्छ। 'महानगरपालिकाको अनुमतिबिना सम्झौताविपरीत धेरै काम साइडवाकर्सले गरिसकेको थियो। यही सम्झौतालाई टेकेर साइडवाकर्सले भूकम्पपीडितका लागि दिनुपर्ने क्षतिपूर्तिका बारेमा केही गरेन,' स्रोत भन्छ।
महानगरपालिकाले चाहेको खण्डमा तुरुन्त कारवाही गर्न सक्ने अवस्था रहे पनि अहिलेसम्म क्षतिपूर्तिबारे केही निर्णय गर्न सकेको छैन। साइडवाकर्ससँग भूकम्पमा भएको क्षतिबारे विवरण माग्दै असार २० गते पत्र पठाए पनि उसले अहिलेसम्म कुनै जवाफ पाएको छैन। महानगरपालिकाले आफ्नो पत्रबारे साइडवाकर्ससँग ताकेता समेत गरेको छैन।
यता साइडवाकर्सले भने पत्रको जवाफ दिन विवरण जुटाइरहेको जनाएको छ। कम्पनीका अध्यक्ष सिद्धबहादुर गुरुङले प्रहरीसँग विवरण माग्ने काम भइरहेको जानकारी दिए। भूकम्प गएको नौ महिना बितिसक्दा पनि प्रहरीले विवरण दिन ढिलाइ गरेको र यसमा प्रहरीको कमजोरी रहेको उनले देखाए।
'महानगरपालिकासँगको सम्झौतामा हामीले क्षतिपूर्ति दिनुपर्ने भन्ने उल्लेख छैन,' उनले प्राविधिक पक्ष देखाउँदै भने, 'हामीले त संरचना केही भए बनाउने हो। पुनर्निर्माणका लागि तयार छौं।'
प्रहरीले विवरण दिएको केही दिनमै महानगरलाई विवरण दिने उनले जनाए तर मृतक तथा घाइतेको क्षतिपूर्ति कम्पनीले नबेहोर्ने उनले प्रष्ट पारे।
महानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह तामाङले यसबारेमा बोल्न चाहेनन्। 'म यहाँ नआउँदै यो सम्झौता भयो,' उनले नागरिकसँग भने, 'तर पहिले नै राखिएका सम्झौताबारे अहिले के गर्न सकिन्छ र?'
२० वर्षका लागि धरहरा व्यवस्थापनको जिम्मा लिएको कम्पनीले पहिलो पटक २०६१ सालमा सम्झौता गरेको थियो। त्यसपछि विभिन्न पूरक सम्झौतापछि पनि साइडवाकर्सले सम्झौताअनुसारको काम गर्न सकेको छैन।
महानगरपालिकाका एक अधिकारीले साइडवाकर्ससँगको कुनै पनि सम्झौतामा धरहरा र त्यहाँ चढ्नेहरुको बीमा एवं क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने कुरा उल्लेख नभएको दाबी गरे। यद्यपि साइडवाकर्सले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडमा पहिलो पटक २०६१ मंसिर २१ देखि एक वर्षका लागि धरहराको १० करोड रुपैयाँ बराबर निर्जीवन बिमा गरिएको थियो। त्यतिबेला ३ लाख १० हजार रुपैयाँ प्रिमियम तिर्ने गरी एक वर्षका लागि बिमा थियो। त्यसपछि २०६२ फागुन ९ गते थप एक वर्षका लागि बिमा नवीकरण भएको बिमा कम्पनीले जनाएको छ।
साइडवाकर्सले दोस्रोचोटि नवीकरण गर्दा पनि धरहराको क्षति मात्र बिमा गरिएको बिमा कम्पनीले जनाएको छ। सार्वजनिक–निजी साझेदारीअनुसार व्यवस्थापन जिम्मा लिएपछि सार्वजनिक–निजी साझेदारी नीति २०६० र २०६१ अनुसार क्षतिपूर्ति तिर्नुपर्ने स्रोतको भनाइ छ। यसबाहेक करार ऐन २०५६ पनि आकर्षित हुने स्रोतले बतायो। व्यवस्थापनको जिम्मा लिएकाले दुर्घटनापछि क्षतिपूर्तिको व्यवस्था हुनुपर्ने महानगरपालिका स्रोतको दाबी छ।
धरहराको सुरक्षा, सम्बन्धन र मानवीय जोखिमलाई न्यूनीकरणका लागि 'स्ट्रक्चरल इन्जिनियर'ले पेस गरेको प्रतिवेदनअनुसार १५ जनाभन्दा बढी चढ्न नदिने व्यवस्था सम्झौताले गरेको थियो। मानवीय जोखिमलाई न्यूनीकरण गर्न एक पटकमा १५ जना मात्र धरहरा आरोहण गर्न दिने र यसको अनुगमन महानगरपालिकाको सम्पदा महाशाखाले गर्ने सम्झौतामा उल्लेख छ। प्राविधिक रायका आधारमा दुवै पक्षको सहमतिमा आरोहण गर्नेको संख्या निर्धारण गर्न सकिने व्यवस्था सम्झौतामा छ।