दैलेख–दैलेखमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ। दैलेख बजारबाट तोली गाविस जाँदै गरेको लु३त १५५२ नम्बरको ट्याक्टर नारायण नगरपालिका – ५ छात्तिकोटमा दुर्घटना भएको हो ।
दुर्घटनामा मृत्यु हुनेमा तोली –३ का ५६ बर्षीय इन्द्रबहादुर थापा, सोही गाविसकी ३६ बर्षीया ज्योती रानामगर रहेका छन्। थापाको घटनास्थलमै र रानामगरको उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा एक जना गम्भीर घाईते छन्। गम्भीर घाईते नारायण नगरपालिका – ३ का ५० बर्षीया लक्ष्मी कोइरालाको जिल्लामा उपचार हुन नसकेपछि थप उपचारका लागि कोहलपुरस्थित मेडिकल कलेजमा रिफर गरिएको दैलेख अस्पताले जनाएको छ।
दुर्घटनामाग्रस्त ट्याक्टर खानेपानीको पाइप लगायतका समान लिएर तोली गाविस जाँदै थियो। ट्याक्टर पछाडी झुण्डीएका बालबालिकालाई बचाउन खोज्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ। सडकदेखी ट्याक्टर करिब १५० मिटर तल खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दियो। टयाक्टर चालक दुर्घटनापछि फरार छन्।