डोटी– दिपायल सिलगढी–११ तिखामा आइतबार दिउसो ट्याक्टर पल्टिँदा दुई जनाको ज्यान गएको छ। पाँचजना घाइते छन्।
ट्याक्टर दुर्घटनामा परी दिपायल सिलगढी–११ का ६ वर्षे दिले नेपाली र दिपायल सिलगढी–१२ की इसरादेवी भुलको ज्यान गएको हो। उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।घाइते हुनेमा दिपायल सिलगढी–११ बस्ने धौली भुल, सरु नेपाली, विनोद खड्का, दिपायल सिलगढी–१२ बस्ने सुन्दर खड्का र कृष्ण लोहार छन्। उनीहरूको स्थानीय सुजङ अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जनक शाहीले बताए।
दिपायलबाट मौवातर्फ जाँदै गरेको भे१त ४०६६ नम्बरको मालबाहक ट्याक्टर अनियन्त्रित भई पल्टिएको थियो। ट्याक्टर र चालक अहिले प्रहरी नियन्त्रणमा छन्।