चमक फर्काउँदै सिँगटी
२० पौष २०७२
•
९ मिनेट पाठ
चमक फर्काउँदै सिँगटी
सिँगटी (दोलखा)- वैशाख १२ को विनाशकारी भूकम्पले दोलखाको उत्तरी बजार सिँगटीमा खासै क्षति पुर्या,एको थिएन। तर, २९ गते सुनखानी गाविसलाई केन्द्रविन्दु बनाएको शक्तिशाली अनुकम्पनले यति विनाश ल्यायो कि क्षणभरमै सुन्दर सिँगटीको चमक लुटियो। ७० को ज्यान लियो भने धेरै घरसंरचनामा क्षति पुर्याायो। बाँच्ने धुनमा बजारबासी सिँगटी छोडेर लाखापाखा लागे। २१ गाविसको व्यापारिक केन्द्र सुनसान हुन पुग्यो।

अहिले सिँगटी बिस्तारै चमक फर्काउन तल्लीन छ। बजारबासीले आफ्नै बलबुतामा बजारलाई पुनर्जीवन दिन साहस र धैर्य जुटाएका छन्। उनीहरू पुनर्निर्माणमा जुटेका छन्। भग्नावशेष पन्छाउने, जोखिम घर भत्काउने, तला काट्ने चटारो छ, अहिल यहाँ। व्यापारिक प्रयोजननिम्ति जस्ता, फलामे ट्रस्टको संरचना थुप्रै बनिसकेका छन्। गाउँले किनमेलका लागि बजार झर्न थालेसँगै सिँगटीमा चहलपहल सुरु भएको छ।

भूकम्पपछि सदरमुकाम चरिकोट हिँडेका सरकारी कार्यालय, सेवा केन्द्र, सुरक्षा निकायका प्रतिनिधि फर्केर सेवाप्रवाह खटिइसकेका छन्। सामुदायिक विद्यालय, निजी बोर्डिङ स्कुल र क्याम्पस सञ्चालनमा आएका छन्। लामो समय अवरुद्ध हाटबजार लाग्न थालेको छ। 'पुरानो साख फर्काउँदै पुनर्निर्माणमार्फत नयाँ सिँगटी बनाउने ध्याउन्नमा छौं,' बजार व्यवस्थापन समितिका अध्यक्ष बोधराज श्रेष्ठले नागरिकसँग भने।

श्रेष्ठको नेतृत्वमा स्थानीयले उद्योगी, व्यापारी, समाजसेवी सम्मिलित १५ सदस्यीय समिति नै गठन गरेका छन्। भग्नावशेष हटाउने, जोखिम व्यवस्थापन गर्नेलगायत काममा समितिले नेतृत्व गरिरहेको छ। 'सरकारको मुख ताकेर मात्र हुन्न, स्थानीय पहिला अग्रसर हुनुपर्छ,' अध्यक्ष श्रेष्ठले भने।

लामीडाँडा र लादुक गाविसमा फैलिएको बजारलाई सिँगटी खोलाले छुट्याएको छ। ३ सय घरधुरीमध्ये ढुंगामाटोले बनेका शतप्रतिशत भत्किए भने पक्की पनि ९५ प्रतिशत क्षतिग्रस्त भए। ती घर मर्मतसम्भारमा जुटेका छन् स्थानीय। लादुकतर्फको सडकछेउ जस्ताको टहरो बनाई बसेका बजारबासी ठाउँ खाली गर्दै आफ्नै बन्दोबस्तीमा जुटेका छन्। सडक खाली गराउन स्थानीय प्रशासनले पत्राचार गरेपछि समितिले पनि सहयोग गरिरहेको छ।

भूकम्पपछि विस्थापित कृषि सेवा केन्द्र, इलाका हुलाक, गौरीशंकर संरक्षण क्षेत्र टहरोमा सञ्चालनमा आएका छन्। इलाका प्रहरी कार्यालय पनि फर्किसकेको छ। प्रहरीका लागि बजारबासीले नै टहरा बनाइदिएका थिए। इलाका वन कार्यालय तथा यस क्षेत्रकै ठूलो कालीनाग उच्च मावि सञ्चालनमा आइसकेका छन्।

भूकम्पपछि विस्थापित ९५ प्रतिशत बजारबासीमध्ये अधिकांश फर्किसकेका छन्। फर्कने क्रम अझै जारी छ। दुई महिनायता स्थानीय हाट बजार सञ्चालनमा आउन थालेपछि व्यापारिक गतिविधि बढ्दो छ। हरेक महिनाको १० र २५ गते लाग्ने हाटबजार झन्डै सात महिना बन्द भयो। 'पहिलाको जस्तो चहलपहल छैन तर बिस्तारै बढ्दो छ,' स्थानीय व्यवसायी बुक्तम तामाङले भने।

चर्चित च्छोरोल्पा ताल प्रवेशविन्दु र गौरीशंकर हिमाल आधारशिविर जाने बाटोका रूपमा रहेको सिँगटी बजार उत्तरी दोलखाका लादुक, लामिडाँडा, सुरी, खारे, बुलुङ, बाबरे, कालिन्चोक, जँुगु, सुनखानी, लापिलाङ, बराङ, गौरीशंकर, लामाबगरलगायत २१ गाविसको प्रमुख व्यापारिक र प्रशासनिक केन्द्र पनि हो। यो बजार जिल्लाकै सदरमुकाम चरिकोटपछिको दोस्रो ठूलो बजारसमेत हो। यस क्षेत्रका गाविस धेरै लेकाली र उच्च हिमाली भेगसम्म फैलिएका छन्। स्थानीयलाई सदरमुकाम चरिकोट, राजधानी काठमाडौं गर्न, प्रशासनिक सेवा लिन, तेल, मसलालगायत खाद्यान्न किन्न र उत्पादन बेच्न सिँगटी आउन पर्छ।

'भूकम्पपछि सिँगटी बजार सधैंका लागि अस्तायोझैं लागेको थियो, अहिले बिस्तारै पुरानै दैनिकीमा फर्कंदै छ,' १० वर्षदेखि हार्डवेयर पसल व्यवसाय गर्दै आएकी गायत्री शिवाकोटीले भनिन्। भूकम्पले उनको पसल रहेको भाडाको घर भत्कियो। दुई सातादेखि मुख्य बजारको घर भाडामा लिएर पसल सञ्चालन गरेको उनले सुनाइन्। 'जे हुनु भइसक्यो, गरिखाने मेलो रोक्नु भएन,' उनले भनिन्। भूकम्पपछि लामिडाँडातर्फको बजार विस्तारित भएको छ। पहिले लादुकतर्फ ठूलो बजार थियो।

'लादुकतर्फ भूकम्पले हल्लाएको पहिरो खस्ने डरले बजार लामीडाँडातिर सर्योफ,' व्यवसायी रहेका समिति अध्यक्ष श्रेष्ठले भने। सदरमुकाम चरिकोटबाट ३६ किमी दुरीमा रहेको सिँगटी पर्यटकीय गन्तव्यसमेत हो। अपर तामाकोसीलगायत यस क्षेत्रमा निर्माणाधीन आठ जलविद्युत आयोजना, लामाबगर नाकालगायत कारणले आन्तरिक पर्यटकीय हब बन्दै गर्दा भूकम्पले नराम्ररी धक्का दिएको थियो। १० वर्षे द्वन्द्वअघि यहाँ विदेशी पर्यटकसमेत आउँथे।

२०५२ सालमा चरिकोटदेखि खुल्न थालेको सडक ट्र्याकलाई अपर तामाकोसी आयोजनाले फराकिलो र व्यवस्थित बनाएपछि यस क्षेत्रको विकासमा महत्वपूर्ण टेवा पुगेको मान्नेहरू धेरै छन्। सिँगटीबाट लामाबगर नाका ३३ किमी सडकले जोडिइसकेको छ। यहाँबाट १३ किमी सडक खनेपछि तिब्बतको लप्ची र फलाक नाका जोडिएको खण्डमा सिँगटी बजार आर्थिक हब बन्नेमा द्विविधा छैन। भूकम्पअघि ३०–४० लाख रुपैयाँ आनामा किनबेच हुने जग्गा कारोबार अहिले ठप्प रहेको स्थानीय बताउँछन्।

२० वर्षदेखि यहाँ बसेर शिक्षण गरिरहेका शिक्षक दाताराम नेपाल भूकम्पपछि सम्हालिँदै गरेको सिँगटी बजार पहिरो र नदी कटानको जोखिममा रहेको बताउँछन्। उनका अनुसार बर्सेनि नदीले कटान गर्दै आएको छ। 'बर्खामा तामाकोसी सतह बजारसम्म आइपुग्छ,' उनले भने, 'भूकम्पले खसालेको पहिरोले पनि जोखिम निम्त्याएको छ।' धेरै वर्षअघि नदीकिनारमा भरिएको तारजाली ग्याबिङ बर्खे भेल र भूकम्पले नष्ट गरेको छ। नदी किनारमा तटबन्द निर्माण गर्दै सडकमाथिको पहिरो नियन्त्रण तत्काल गर्नुपर्ने उनी बताउँछन्। 'नत्र आउँदो बर्खामै के हुने हो भन्न सकिन्न,' उनले भने।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस