ठूलाले तिरेनन् १ अर्ब २ करोड
२० पौष २०७२
•
८ मिनेट पाठ
ठूलाले तिरेनन् १ अर्ब २ करोड
काठमाडौं- सरकारले भर्खरै ठूला करदातालाई पोस्नेगरी घरजग्गा करको दररेट परिवर्तन गरे पनि त्यस्ता करदाताले करिब १ अर्ब २ करोड १० लाख रुपैयाँ कर तिरेका छैनन्। काठमाडौंका तारे होटल, व्यापारिक मल, सार्वजनिक संस्थानलगायतले यति धेरै रकम तिर्न चासो नदिएका हुन्।

काठमाडौं महानगरपालिका राजस्व विभागका अनुसार कर्मचारी सञ्चय कोषले ४० करोड, विद्युत प्राधिकरणले १६ करोड, वर्ल्ड ट्रेड सेन्टरले ७ करोड, काठमाडौं बिजनेस पार्क एवं काठमाडौं प्लाजाले ५/५ करोड, साँस्कृतिक संस्थानले ४ करोड, क्षयरोग निवारण संस्थाले ३ करोड, साझा भण्डार लिमिटेडले १ करोड, केएल टावरले ६० लाख र अल्फबिटा कम्प्लेक्सले ५० लाख रुपैयाँ घरजग्गा कर बुझाउन बाँकी छ। यसबाहेक घरजग्गा करको दायरामै नआएका होटल एभरेस्ट, होटल र्याुडिसन, होटल शंकर, ल्यान्ड मार्क होटल, याक एन्ड यती होटल र सांग्रिला होटलले अनुमानित २० करोड रुपैयाँ बुझाउन बाँकी रहेको महानगरपालिकाले जनाएको छ।

यसअघि यस्ता ठूला करदातालाई महानगरपालिकाले सेवा–सुविधा रोके पनि पटक–पटक छुट पाइसकेका छन्। महानगरपालिकाले यस्ता ठूला करदाताले विगत १० वर्षदेखि घरजग्गा कर तिर्न आनाकानी गरिरहेको जनायो। 'दशकदेखि ठूला करदाताले घरजग्गा कर तिर्न आनाकानी गरिरहेका छन्,' महानगरपालिका राजस्व महाशाखा प्रमुख धु्रव काफ्लेले नागरिकसँग भने, 'सरकारले यिनै करदातालाई खुकुलो हुनेगरी नियमावली संशोधन गरेको छ।'

कात्तिक ९ गते राजपत्रमा प्रकाशित 'स्थानीय स्वायत्त शासन (सातौं संशोधन) नियमावली २०७०' ले यस्ता ठूला करदातालाई साविकको भन्दा तीन गुणासम्म कर रकम कम हुनेगरी व्यवस्था गरेको छ। त्यस्तै साना करदातालाई भने तीन गुणासम्म बढ्नेगरी संशोधन गरेको छ।

'सरकारले साना र ठूलालाई समानरूपमा बढाउनुपर्ने हो तर त्यस्तो भएन,' उनले भने, 'संशोधनले सानालाई कर तिर्नै गाह्रो पारेको छ भने ठूलालाई भार अत्यन्तै कम गरेको छ।'

घरजग्गा कर ऐन २०१९ बमोजिम होटलको घरजग्गा कर नलाग्नेगरी गरिएको कानुनी व्यवस्था प्रतिकूल हुने भन्दै महानगरपालिकाले कर तिर्न आह्वान गरेकोमा होटलहरूले घरजग्गा कर तिर्न आनाकानी गरिरहेका छन्। 'व्यवसाय गरेपछि कर नतिर्ने त भनेका छैनौं,' होटल एसोसिएसन नेपाल (हान) का महासचिव विनायक शाहले नागरिकसँग भने, 'तर कानुनले छुट दिएपछि कसरी तिर्ने?'

ऐनको दफा १२ मा 'गाउँ विकास समिति, नगरपालिका वा जिल्ला विकास समितिको घर जग्गा, गोदाम, मिल वा कारखानाको कम्पाउन्डभित्र कच्चा पदार्थ राख्न तोकिए बमोजिमको जग्गा मजदुर आवास र सेड तथा होटलको ग्राहक बस्ने, खाने खास घर, जग्गा सवारी साधनको पार्किङ स्थान र बागबगैँचा' सम्बन्धमा ऐन र ऐनअन्तर्गत बनेको नियम लागू नहुने व्यवस्था गरेको छ।

ऐनले छुट दिएको क्षेत्रमा महानगरपालिकाले कर नमागेको महानगरको राजस्व महाशाखा प्रमुख काफ्लेले दाबी गरे। 'होटलहरूले भित्रभित्रै अवैध संरचना बनाएर घरजग्गा कर तिर्न आनाकानी गरिरहेका छन्,' उनले भने, 'बगैँचा, होटलका कोठा, पार्किङ क्षेत्रलगायत कहाँ–कहाँ छन् भन्ने कुरा नै प्रष्ट छैन।' होटलहरू दायरामै नआउनुको कारण पोल खुल्ने डर नै रहेको उनले ठोकुवा गरे। होटलहरू ०५६/५७ सालदेखि नै करको दायरामा नआएकाले पटक–पटक विवरण पेस गर्न सूचना जारी गरिएको छ।

त्यसैगरी सार्वजनिक संस्थानले आफूलाई सेवामुखी दाबी गरेर कर तिर्न हिच्किचाएको उनले बताए। 'संस्थानहरूले नगरपालिकालाई तिर्न अटेर गरिरहेका छन्,' उनले भने, 'उसबाहेक क्षयरोग निवारण संस्थाले नाफामुखी काम पनि गरेकाले उसले कर तिर्न दायित्व लाग्छ।'

यिनीहरूमध्ये केहीको बैंक खातासमेत रोक्का भए पनि घरबहाल कर र व्यवसाय कर तिरेर घरजग्गा कर तिर्न चासो नदिएको उनले जानकारी दिए। संशोधनअनुसार (साना करदाताको हकमा) पहिलो ३० लाखसम्म २५ रुपैयाँदेखि १ हजार रुपैयाँसम्म, त्यसपछिको थप २० लाख रुपैयाँमा ०.०८ प्रतिशतदेखि ०.१५ प्रतिशतसम्म, त्यसपछिको ५० लाख रुपैयाँसम्ममा ०.०१५ प्रतिशतदेखि ०.२० प्रतिशतसम्म र त्यसपछिको थप १ करोडसम्ममा ०.२० प्रतिशतदेखि ०.३० प्रतिशतसम्म करको दर कायम छ। त्यसपछि जतिसुकै थप रुपैयाँ थप भए पनि (ठूला करदाताको हकमा) ०.३० देखि ०.४० प्रतिशत करको दर कायम गरिएको छ।

साविकको दररेट (साना करदाताको हक) मा घरजग्गा मूल्यको पहिलो १० लाख रुपैयाँसम्म कर नलाग्ने थियो भने त्यसपछिको १० लाख रुपैयाँसम्म ३ सय रुपैयाँ, त्यसपछिको ३० लाख रुपैयाँसम्म ०.०५ प्रतिशत, त्यसपछिको ५० लाख रुपैयाँसम्म ०.२५ प्रतिशत र त्यसपछिको १ करोड रुपैयाँसम्म ०.५० प्रतिशत करको दर कायम गरिएको थियो। त्यसपछिको बाँकी रकम (ठूला करदाता) हकमा १.५० प्रतिशत करको दर कायम थियो।

संशोधनको अवस्था हेर्दा साना करदातालाई करको दर बढिरहेको देखिन्छ भने ठूला करदाताको करको दर ३ देखि ४ गुणा घटेको देखिन्छ।

सरकारले सोही संशोधनमार्फत नवगठित १ सय ३२ वटा नयाँ नगरपालिका र उपमहानगरपालिकामा गाभिएका गाउँ विकास समिति (गाविस) मा आगामी ३ वर्षका लागि एकीकृत सम्पत्ति र घरजग्गा करको दर परिवर्तन नगरी लागू गर्ने निर्णय गरिसकेको छ। न्यून सुविधा भएका र पूर्वाधार विकास नभएसम्म नयाँ नगरपालिकामा पुरानै दररेट (गाविस स्तर) कायम गरिने मन्त्रालयले जनाएको छ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस