काठमाडौं-काठमाडौंको गल्फुटारस्थित न्यूरो अस्पताल नजिकैको एक घरमा इनार खन्दै गर्दा आइतबार दुई जनाको मृत्यु भएको छ। घटनास्थलमा अहिले प्रहरी र काठमाडौं जुद्ध वारुण यन्त्र कार्यलयले उद्धारको काम गरिरहेका छन्।उद्धारमा संलग्न जुद्ध वारुण यन्त्र कार्यालय प्रमुख किशोरकुमार भट्टराइका अनुसार मृत्यु हुनेमा इनार खन्ने ठेकेदार ३५ वर्षीय हरि मगरको शव बाहिर निकालिएको छ। अर्का उनका सहयोगी २५ वर्षीय जयराम चौधरीको शव निकाल्ने क्रममा टोली रहेको उनले घटनास्थलबाट नागरिकन्युजलाई जानकारी दिए।
सुमन पौडेलको घरमा इनार खन्ने क्रममा उनीहरुको मृत्यु भएको उद्धारकर्मीहरुले जानकारी दिए। इनार करिब ६० फिट गहिराइ रहेको भट्टराईले जानकारी दिए। महानगरीय प्रहरी बृत महाराजगन्जका डिएसपी विश्वमणी पोखरेलले पनि घटना भएको पुष्टि गरे। उनले दुबै जनाको घटनास्थलमै ज्यान गएको बताए।