मनमोहनलाई कलेज सम्बन्धनको कसरत
१४ पौष २०७२
•
१४ मिनेट पाठ
मनमोहनलाई कलेज सम्बन्धनको कसरत
काठमाडौं-सरकारले लामो समयदेखि सम्बन्धन कुरेर बसेको मनमोहन मेडिकल कलेजलाई सहकारी प्रतिष्ठानको स्वरुप दिएर चिकित्सा शिक्षा पढाउने बाटो खोल्ने तयारी गरेको छ ।

हालसम्म स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु पूर्ण रुपमा सरकार मातहत मात्र सञ्चालन रहेको सन्दर्भमा एमाले नेता एवं कार्यकर्ता मिलेर खोलेको प्रतिष्ठानलाई सरकारी प्रतिष्ठानकै मान्यता दिनेगरी प्रक्रिया अगाडि बढाइएको हो ।

पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले आफ्नो कार्यकालमा गुपचुप रुपमै अगाडि बढाएको विधेयकलाई आइतबारको संसद बैठकले विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । योसँगै विधेयक ऐन निर्माणको वैधानिक प्रक्रियामा प्रवेश गरेको छ ।

सम्बन्धनका लागि अनेक 'हतकण्डा' अपनाउँदै आएका सञ्चालकहरुले त्रिविबाट सम्बन्धन लिन नसकेको अवस्थामा पछिल्लो पटक आफ्नै पार्टी सरकारमा भएको र संसदमा पनि सुविधाजनक बहुमतको अवस्थामा नयाँ बाटो लिएका हुन् । एमाले वरिष्ठ नेता राजेन्द्र पाण्डे अध्यक्ष रहेको कलेजमा २५ सभासदसहित २ हजार ५ सय नेता एवं कार्यकर्ताको सेयर छ ।

संसदमा पेस भएको विधेयक पास भई प्रतिष्ठान हुनेबित्तिकै चिकित्सा विज्ञानका हरेक विषय र तहको पठनपाठन एकलौटी रुपमा सुरुआत गर्न सक्छ । सरकारले डा. गोविन्द केसीसँग चिकित्सा शिक्षा नीति नबन्दासम्म नयाँ मेडिकल कलेज स्थापना नगर्ने सम्झौता पटकपटक गरे पनि नीति चिकित्सा शिक्षा नीति बनाउने प्रक्रियालाई अड्काएर एमाले नेताको लगानीमा सञ्चालिन कलेजलाई प्रतिष्ठानको स्वरुप दिन लागेको हो ।

नयाँ सरकार गठनसँगै शिक्षा मन्त्रालयले चिकित्सा शिक्षा नीति तर्जुमा मस्यौदा कमिटीको प्रतिवेदन अनुसार समिति र ऐनको मस्यौदा बनाउन प्रक्रिया अड्काइदिएको छ । यही मौकामा फटाफट ऐन पास गर्ने योजनाअनुसार नै विधेयक अगाडि बढाइएको स्वास्थ्य मन्त्रालय उच्च स्रोतको भनाइ छ ।

प्रतिष्ठानसम्बन्धी विधेयकलाई संसदको सामान्य बहुमतले ऐनको रुप दिनसक्छ । स्वास्थ्यमन्त्रीले पेस गरेको विधयकमा प्रतिष्ठानले स्वास्थ्य विज्ञानसम्बन्धी विभिन्न विषयमा अध्ययन गर्ने उद्देश्यले आवश्यकता अनुसार शैक्षिक संस्थाको स्थापना गर्न लागेको उल्लेख छ ।

नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेडका नाममा जग्गा र स्वयम्भुमा अस्पतालसमेत सञ्चालनमा रहेको अवस्थामा नेपाल सरकारलाई आर्थिक दायित्व नपर्ने भन्दै प्रतिष्ठानको स्वरुप दिन उपयुक्त भएको तर्क स्वास्थ्यमन्त्रीको छ ।

विधेयकको उद्देश्य र कारणमा मन्त्री अधिकारीले स्वास्थ्य नीति २०७१ ले तय गरेका विभिन्न उद्देश्यमा उल्लेख भएबमोजिम स्वास्थ्य सेवा प्रवाहमा जनसहभागिता प्रवद्र्धन गर्न र निजी तथा सहकारी क्षेत्रको संलग्नता वृद्धि र छरिएर रहेको पुँजीलाई गुणस्तरीय चिकित्सा शिक्षाको विकासमा लगाउनलाई प्रतिष्ठान बनाउन लागेको तर्क गरेका छन् ।

यसअघि स्वास्थ्य विज्ञानसम्बन्धी प्रतिष्ठानहरु प्रत्यक्ष रुपमा स्वास्थ्य मन्त्रालय मातहत स्थापना गरिएको भए पनि यसलाई पूर्णतः सरकारको कुनै लगाम नरहने गरी छुट दिइएको छ ।

हाल स्वास्थ्य मन्त्रालय अन्तर्गत चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, न्याम्स, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, कर्णाली स्वास्थ्य विज्ञान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा छन् । आइतबारकै बैठकले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी ऐन पास गरेको छ ।

यी स्वास्थ्य मन्त्रालय अन्तर्गतका सबै प्रतिष्ठानमा प्रधानमन्त्री कुलपति हुने व्यवस्था छ । र, प्रधानमन्त्रीले शिक्षामन्त्रीको संयोजकत्वमा बनाएको समितिको सिफारिसमा उपकुलपति नियुक्त हुने व्यवस्था छ । तर मनमोहन अधिकारी प्रतिष्ठानका लागि भने पूर्व प्रधानमन्त्री, पूर्व न्यायाधीश र पूर्व सभामुख वा शैक्षिक तथा सामाजिक क्षेत्रमा विशिष्ट योगदान पु¥याएका लब्धप्रतिष्ठित व्यक्ति कुलपति हुने व्यवस्था गरिएको छ ।

कुलपति सिफारिस समितिसमेत सहकारी संस्था अध्यक्षको संयोजकत्वमा बन्छ । कुलपतिले उपकूलपति र उपकूलपतिले अन्य पदाधिकारी नियुक्त गर्ने व्यवस्था राखिएको छ । यो प्रावधानले सरकारसँगको सम्पर्क नरहने देखाएको छ ।

त्यसैगरी, प्रतिष्ठानको सम्पत्ति तथा दायित्वसम्बन्धी व्यवस्थामा सहकारी संस्थाद्वारा स्थापित मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालका नाममा रहेको सम्पूर्ण चल अचल सम्पत्ति ऋण तथा दायित्व प्रतिष्ठानमा सर्ने उल्लेख छ । अर्को उपदफामा कुनै कारणले प्रतिष्ठान सञ्चालन हुन नसक्ने भए सभाले प्रतिष्ठान खारेजी गर्नसक्ने तर खारेजी भएको अवस्थामा सम्पत्ति तथा दायित्व सहकारी संस्थामै सर्ने उल्लेख छ । ऐन कार्यान्वयनका लागि प्रतिष्ठानले आवश्यक नियम बनाउन सक्ने व्यवस्था गरिएको छ ।

त्यसैगरी सो प्रतिष्ठानको सर्वोच्च निकायका रुपमा सभा रहने व्यवस्था गरिएकोमा २६ सदस्यीय सभामा अधिकांश गैरप्राज्ञिक व्यक्ति रहने र त्यसमा पनि सहकारीकै सदस्यको बहुमत रहने आधार बनाइएको छ । हाल सरकार अन्तर्गतका कलेजले अधिकांश सिट छात्रवृत्तिमा दिएको सन्दर्भमा मनमोहन प्रतिष्ठानले भने हाल निजी क्षेत्रमा सञ्चालित मेडिकल कलेजले सरह १० प्रतिशत सिट मात्रै छात्रवृत्तिमा पढाउने गरी छुट दिन लागिएको छ ।

'मनमोहन मेडिकल कलेजले विश्वविद्यालयबाट सम्बन्धन नपाएको अवस्थामा सम्बन्धनको चोरबाटो खोल्नमात्रै प्रतिष्ठान विधेयक लगेको देखिन्छ,' स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीले भने, 'यो निजी व्यवसाय प्रवद्र्धनका लागि सरकारी अधिकारीको पूर्ण दुरुपयोग हो ।'

स्वास्थ्य मन्त्रालयका कानुन उपसचिव खिमानन्द भुषाल बहुउद्देश्य सहकारी संस्थाले आफ्नो उद्देश्य, विधि, विधानभित्र राखेर स्वीकृत गराएको भए कानुनले मिल्ने बताए । 'संसदले नै यसो गर्न मिल्छ भनेपछि त सकिइहाल्छ नि !' उनले भने ।

भुषालले पहिला मनमोहनले त्रिविअन्तर्गत नै सम्बन्धन लिन खोजे पनि गोविन्द केसीको अनशनका कारण नपाएपछि 'वेआउट' खोजेको बताए । 'अस्थीर परिवेशको फाइदा–बेफाइदा भन्नुपर्छ, पहिला जसरी रोकियो अहिले त्यसरी नै ल्याउन खोजिएको हो,' भुषालले थपे ।

सम्बन्धने पर्खाइमा रहेका सबै कलेजलाई यसरी नै सम्बन्धन दिन मिल्छ भन्ने प्रश्नमा भुषालले मनमोहनलाई यो प्रक्रियाबाट दिए पनि अरुलाई रोक्न मिल्दैन भने ।

डा. केसीले सरकारले चिकित्सा शिक्षा नीति र ऐन बनाउने प्रक्रियालाई रोकेर षड्यन्त्रमूलक ढंगले सम्बन्धन दिने चाल चलेको भन्दै कुनै हालतमा पूरा हुन नदिने बताए । 'नीति बनाएर नीतिअनुसार सरकारले आवश्यकता र औचित्य हेरेर जे गरोस् तर नीति नै रोकेर निजी लगानी संरक्षण गर्न राज्यशक्तिको दुरुपयोग गर्न पाइन्न,' उनले भने ।

डा. केसीले शिक्षा मन्त्रालय नीति निर्माण प्रक्रिया रोक्ने र स्वास्थ्यले हतारमा विधेयक अगाडि बढाउनमा ठूलो चलखेल देखिएको भन्दै आफू जुनसुकै कदम चाल्न तयार भएको बताए ।

पछिल्लो पटक प्रतिष्ठानका रुपमा ल्याउन विधेयक दर्ता भए पनि यसअघि मनमोहनलाई सम्बन्धन दिन एमाले नेताहरुले पटकपटक राज्य शक्तिको दुरुपयोग गर्दै आएका छन् ।

२०६२ सालमा सहकारीका रुपमा स्थापित गरेर अस्पताल बनाएका सञ्चालकहरुले आइओएमले आफ्नो क्षमता नपुग्ने भन्दै सम्बन्धन दिन इन्कार गरेपछि पटकपटक दबाब दिँदै आएका छन् । यसका लागि त्रिविका उपकूलपति र आइओएमका डिन नियुक्तिमा पटकपटक हस्तक्षेप र चलखेल हुँदै आएको छ ।

दुई वर्षअघि आइओएम फ्याकल्टी बोर्डलाई छलेर त्रिविले चोरबाटोबाट आफैं निवेदन माग गरेर सम्बन्धन दिन प्रक्रिया अगाडि बढाएको समेत थियो । तर डा. केसी अनशन बसेपछि सरकारले नीति नबन्दासम्म नयाँ सम्बन्धन रोकेको थियो । यसबीचमा पनि अघिल्लो सरकारका तर्फबाट समेत शिक्षामन्त्री चित्रलेखा यादवले त्रिवि उपकूलपतिमार्फत र अख्तियारले समेत आइओएममा पत्राचार गरी सम्बन्धनका लागि दबाब दिएको थियो ।

भौतिक र प्राज्ञिक पूर्वाधार नपुगे पनि सम्बन्धन दिनकै लागि आफूअनुकूल अनुगमन टोली बनाएर सबै पूर्वाधार पूरा गरेको रिपोर्ट बनाइएको थियो । अहिले प्रस्तावित प्रतिष्ठानमा झन् मेडिकल कलेजका लागि पुग्ने पूर्वाधारसमेत छैन ।

मन्त्रालय, संसदीय समिति लगायत विकल्पले समेत काम नगरेपछि गत वर्ष मंसिरमा व्यवस्थापिका संसदका १ सय ४६ जना एमाले सभासदले सभामुख र प्रधानमन्त्रीलाई ज्ञापन बुझाएर मनमोहनले सम्बन्धन नपाए संसद रोक्ने चेतावनी दिएपछि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले सम्बन्धन खुला गरेका थिए ।

यसबीचमा व्यवस्थापिका संसदको महिला, बालबालिका समितिले समेत सम्बन्धन दिन सरकारलाई निर्देशन दिएको थियो । मनमोहनका अध्यक्ष पाण्डे, उपाध्यक्ष वंशीधर मिश्रसहित ७ जना लगानीकर्ता सभासद रहेको समितिले कार्यसूचीमै नभएको विषयमा निर्देशन दिएको रहस्यसमेत खुलेको थियो ।

तर केसी पुनः अनशन बसेपछि सरकारले पुनः नीति र ऐन नबन्दासम्म सम्बन्धन रोक्ने निर्णय गरेको थियो । नीति सुझावका लागि केदारभक्त माथेमा कार्यदल प्रतिवेदन बुझाए पनि सम्बन्धनका लागि प्रतिवेदन तुहाउने खेल भए पनि डा. केसी फेरि अनशन बसेका थिए ।

तर सरकारले ऐन बनाउने प्रक्रिया अगाडि बढाउनसमेत आनकानी गरिरहेको अवस्थामा स्वास्थ्यमन्त्रीले गुपचुप मनमोहनलाई प्रतिष्ठानको स्वरुप दिन लागेका हुन् ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस