काठमाडौं- नेपाल मेडिकल काउन्सिलले योग्यता (मेरिट) सूचीभन्दा बाहिरबाट भर्ना भई एमबिबिएस उत्तीर्ण चिकित्सकलाई लाइसेन्स नदिने चेतावनी दिएको छ। एमबिबिएस भर्ना मेरिट (योग्यता) सूचीका आधारमा गर्न जारी अदालतको आदेश र मन्त्रिपरिषद निर्णयविपरीत कलेजहरुले मनपर्दी विद्यार्थी भर्ना लिइरहेको गुनासो बढेपछि काउन्सिलले यस्तो चेतावनी दिएको हो।
काउन्सिलले त्यसका लागि पहिलो चरणमा सम्बन्धित विश्वविद्यालयसँग मेरिट सूची र त्यही आधारमा कलेजले भर्ना गरेको यकिन तथ्यांक माग गरेको छ।
काउन्सिलका रजिस्ट्रार डा. दिलीप शर्माले कलेजहरुले पठाउने विवरणमाथि अनुसन्धान गर्ने र त्यसमा उल्लंघन भएको पाइए मेरिटभन्दा बाहिरबाट पढेका विद्यार्थीको दर्ता रोक्ने जानकारी दिए। भारतीय विद्यार्थीको हकमा योग्यता सूचीबाहिर भर्ना भएको पाइए प्रोभिजनल सर्टिफिकेट नदिने काउन्सिलको चेतावनी छ। स्रोतअनुसार काउन्सिल पदाधिकारीले पहिलो चरणमा कलेजहरुसँग भर्नाको विस्तृत विवरण माग्ने र त्यही आधारमा थप कारबाही अघि बढाउने तयारीमा काउन्सिल पुगेको छ।
काउन्सिलले कारबाही तयारीस्वरुप केही दिनअघि मेरिट भर्नामा मुछिएको काठमाडौं विश्वविद्यालयसहित, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) लाई समेत विद्यार्थीको मेरिट सूची र भर्ना विद्यार्थी सूची पठाउन पत्राचार गरेको थियो।
'विभिन्न कार्यक्रममा प्रवेश परीक्षामा सहभागी भई योग्यता सूचीअनुसार प्रकाशित नतिजाको पूर्ण विवरण तथा सोही अनुसार भर्ना भई अध्ययन सुरु गरेपछिको पूर्ण विवरणसमेत अविलम्ब उपलब्ध गराइदिनू,' काउसिलले काटेको पत्रमा उल्लेख छ।
काउन्सिलले ती संस्थालाई सम्मानित सर्वोच्च अदालतबाट मंसिर १५ मा भएको उत्प्रेषणको आदेशसमेत स्मरण गराएको छ। उक्त आदेशमा सर्वोच्चले मेरिटका आधारमा भर्ना र अधिकतम ३५ लाख रुपैयाँ मात्रै शुल्क कायम गर्न आदेश दिएको थियो।
रजिस्ट्रार डा. शर्माले कलेजसँग सुरुमा विवरण माग गरे पनि मेरिट सूचीअनुसार गर्ने भन्ने आदेश र निर्णयबाहिर गएर भर्ना गरिएको विद्यार्थी त काउन्सिलले दर्ता लिनै नसक्ने बताए। उनले सरकारले आवश्यकता देखेर लागू गरिसकेको र अदालतले समेत नरोकेको अवस्थामा मेरिटबाट कुनै पनि सरकारी निकाय पछि हट्न नसक्ने बताए।
शर्माले सुरुको चरणमा शिक्षा मन्त्रालयले नै अटेरी गर्ने विश्वविद्यालय र प्रतिष्ठानलाई कारबाही गर्नुपर्ने भन्दै त्यो नभए काउन्सिललाई लेखिपठाउन सक्ने औंल्याए। 'हामी आफैं पनि छानबिन क्रममै छांै, विद्यार्थी र अभिभावकको उजुरी आए हामीलाई अझै सजिलो हुन्छ,' उनले भने।
मन्त्रिपरिषदअन्तर्गत सामाजिक समितिको भदौ ३१ मा बसेको बैठकले माथेमा प्रतिवेदनको सुझावकै आधारमा एमबिबिएस भर्ना लिँदा एउटै प्रवेश परीक्षा र मेरिट सिस्टम लागू गर्ने निर्णय गरेको थियो।
काउन्सिलको असोज १३ को बैठकले उक्त निर्णय लागू गर्ने निर्णय लिँदै सम्पूर्ण कलेज र विश्वविद्यालयलाई पत्राचार गरेको थियो।
त्रिभुवन विश्वविद्यालयले मेरिट लागू गर्ने प्रयास गरिरहे पनि केयुले अटेर गर्दै आएको छ। केयुअन्तर्गतका नौ मेडिकल कलेजमा रहेका झन्डै हजारभन्दा बढी कोटामा मेरिटमा अगाडि परेका विद्यार्थी पन्छाउन विश्वविद्यालय र कलेजको मिलेमतोमा योग्यता सूची उल्लंघन गर्दै आएको छ।
केयुले मेरिट निर्धारण गर्दा नै प्रवेश परीक्षालाई ७० प्रतिशत आधार र ३० प्रतिशत प्लसटुको नतिजालाई आधार बनाएर नयाँ सूची बनाएको थियो। तर त्यसअघि नै कलेजहरुले मनपर्दी भर्ना लिन थाले पनि सर्वोच्चमा रिट परेको थियो।
केयुका कलेजले भने नयाँ प्रक्रिया सुरु गरेको भन्दै अदालतको आदेशविपरीत म्यानेजमेन्ट कोटाका नाममा योग्यता सूचीमा पछाडि परेका विद्यार्थीसमेत भर्ना लिएको छ। त्यसैगरी विदेशी विद्यार्थीका हकमा पनि बेग्लै योग्यता सूची निर्धारण गरेर बढी शुल्क लिँदै भर्ना लिइरहेका छन्।
काउन्सिल र शिक्षा मन्त्रालयको बारम्बारको निर्देशनविपरीत केयुका पदाधिकारीले पूर्ण रुपमा कलेजको मनोमानीलाई साथ दिएको भन्दै शिक्षण अस्पतालका चिकित्सक डा. गोविन्द केसीले समेत तत्काल मेरिटका आधारमा भर्ना नगरे पुनः अनशनसम्मका कार्यक्रम गर्ने चेतावनी दिइसकेका छन्।