कपिलवस्तु– जिल्लामा इसाई धर्मावलम्बि समुदायका व्यक्तिहरुले आफ्नो प्रमुख चाड क्रिसमस शुक्रबार धुमधामसँग मनाएका छन्। जिसस क्राईस्टको जन्मजयन्तीको अवसरमा मनाईने सो चाड ईसाई धर्मावलम्बीहरुले गिरजाघरमा एक आपसमा शुभकामना साटासाट गरेका हुन्।

यसुको सम्झना गर्दै जिल्लामा रहेका तीन दर्जन बढी गिरजाघरमा उनीहरुले सामुहिक प्रार्थना, मनोरंजन र भोजन गर्दै सो पर्व मनाएका हुन्। एक महिनादेखि करेल खेल्दै आएका ईसाईहरुले क्रिसमसको अवसरमा एकआपसमा शुभकामना र उपहार दिँदै हर्षोल्लासका साथ पर्व मनाएका छन्। उनीहरुले केक काटी अङगुरको झोलसमेत पिएका थिए। गिरजाघरहरुमा गरिएको बिशेष कार्यक्रममा बाईबलको पाठ र यशुका बिषयमा चर्चा गरिएको थियो। यस्तै मनोरंजनका लागि शान्ता क्लजको प्रतिक प्रर्दशन गरिएको थियो।

कपिलवस्तुको तौलिहवा, चार नम्बर , सगरहवा, कोपवा, चन्द्रौटा, कृष्णनगर लगयतका गिरीजाघरमा दिनभर सामुहिक प्रार्थना, नाचगान र भोजभतेर गरिएको थियो। मानव जातिको मुक्तिदाताको रुपमा रहेका ईशु ख्रिस्टको महान जन्म दिनमा आफुहरुका लागि बिशेष हुने तौलिहवास्थित बेथेल चर्चका अगुवा डेविट चौधरीले बताए। 'मानवजातिको रक्षाका लागि परेश्वरले एक मात्र पुत्र संसारमा पठाउनु भएको थियो, जसले उहाँ माथि बिश्वास गर्छ उसले अनन्त जिवन पाउछ।' चौधरीले क्रिसमसको महत्व बारे प्रकाश पारे। तत्कालीन समयमा अन्याय, अत्याचार ,बिभेदमा परेका मानिसलाई बचाउन क्रसमा चढी आफनो बलिदान दिएको तौलिहवास्थित एजी अनुग्रह चर्चका पास्टर स्टेफिन थापाले बताए। येशुकै संझना ईस्वी संबत प्रारभ्भ भएको समेत बताईन्छ। दिन दुःखीलाई सशक्त बनाउन येशुले महत्वपूर्ण शिक्षा दिएकोले त्यो सो त्याग मानवजातिकै लागि प्रेरणा बनेको थापाको भनाई छ ।

नेपालमा ४ सय वर्ष अघि देखि क्रिस्चियन धर्म आए पनि जिल्लामा २०५२ साल कपिलवस्तु नगरपालिका आनन्दबागमा पहिले आरधनालय संचालन गरिएको थियो। त्यसयता क्रिस्चियन धर्मावलम्बीहरु बढ्दै गएको पाइएको छ। २०६८ सालको जनगणना अनुसार जिल्लामा १ हजार १ सय १५ जना क्रिस्चियनहरु रहेका छन्।

तस्बिरहरु: किरणमान बज्राचार्य