झापा- लामो समयदेखि जारी मधेस आन्दोलन र त्यसैको आडमा लादिएको भारतीय नाकाबन्दीले बजार महँगिँदा दैनिक ज्यालादारीले जीवन धान्ने निर्धन नागरिकको बिजोक भएको छ। दिनभर कमाएर बिहान–बेलुका छाक टार्नेहरूको चुलो नबल्ने खतरा महँगीले निम्त्याएको छ।
असोज पहिलो सातापछि सुरु भारतीय नाकाबन्दीसँगै बजार क्रमशः महँगो बन्दै छ। यसको वृद्धिदर अहिले उच्च छ। र, यो दर बेलगाम रूपमा बढ्दो छ। भारतीय नाकाबन्दीले चुलिएको इन्धन संकटपछि ढुवानी खर्च ह्वात्तै बढेको छ। नाकामा भारतीय सुरक्षाकर्मी तथा अन्य गुन्डा समूहले अवैध असुली पनि जारी राखेका छन्। व्यापारीले ती सबै खर्च ग्राहकबाटै असुल्नु परिरहेको छ।
यी विभिन्न कारण देखाउँदै उनीहरूले विभिन्न उपभोग्य सामग्रीको मूल्य बढाएका छन्। यसको असर कम आम्दानी र क्रयशक्ति भएका नागरिकको दैनिक जीवनमा देखिएको छ। महँगी उनीहरूका लागि बोझिलो कहर बनेको छ।
दुई–तीन महिनाअघिसम्म आफ्नो दैनिक कमाइले जसोतसो परिवार धानिरहेका निर्माण मजदुर सौरभ राजवंशीलाई अचेल हातमुख जोर्न पनि मुस्किल छ। धाइजन–७ का ४२ वर्षे उनको काँधमा पाँच सदस्यसहितको परिवारको आधारभूत आवश्यकता टार्नुपर्ने जिम्मेवारी छ। तर, उनको कमाइले भान्सा खर्चलाई नै ठिक हुन्छ। भन्छन्, 'दुई–तीन महिना भयो खर्चले पुर्यारउनै मुस्किल छ।' डेढ वर्षदेखि उनको दैनिक काम गरेवापत्को ज्यालादर समान छ। काम गरे पाइने, नत्र नपाइने, सधैं काम निश्चित पनि नहुने कारण बिजोग भएको उनको भनाइ छ।
झापाका उनीजस्ता हजारौं मजदुर छन्, जो असंठित क्षेत्रको श्रममा छन्। जहाँ, काम लगाउनेको बोली नै उनीहरूको पारिश्रमिकको आधार हुने गर्छ। 'असंगठित क्षेत्रमा काम गर्ने मजदुरको पेसागत सुरक्षा छैन,' मजदुर नेता भरत राई भन्छन्, 'पारिश्रमिकको पनि निश्चितता छैन। यसले उनीहरू ज्यादै असुरक्षित छन्। त्यस्ता मजदुरका लागि महँगी काल बनेर आउने गर्छ।' राईले भनेजस्तै पछिल्लो समय ह्वात्तै बढेको महँगी र बजारको मनपरीले जिल्लाका हजारौं मजदुरको बिचल्ली छ। अहिले निर्माण क्षेत्रमा काम गर्ने मिस्त्रीको दैनिक ज्याला बढीमा सात सय रुपैयाँ छ। उनीहरूका सहयोगीले तीनदेखि पाँच सय रुपैयाँसम्म पाउने गर्छन्। अझ महिला कामदारलाई त ठेकेदारले पुरुषसरह काम लगाउने तर ज्याला झन्डै आधा कम दिने गर्छन्।
यस्तो अवस्थामा उनीहरूले महँगी थेग्नै नसक्ने अवस्था हुन्छ। 'खेतीपाती भए काम खोज्दै भौंतारिनुपर्थेन,' ज्यामिरगढीकी मजदुर पार्वती राजवंशी थप्छिन्, 'काम पाइने ठेगान हुँदैन, पाए पनि लोग्नेमान्छे र हाम्रो ज्यालामा आधा नै फरक हुन्छ। कमाइ कत्ति वर्षदेखि उस्तै छ तर हरेक चिजको दाम बजारमा बढेको छ। अनि, हामीजस्तो मान्छेले कसरी चलाउनु घर?' सुन्दै सबैको मन अमिलिने यथार्थ पनि उनले बताइन्, 'दिनभर खटेर थाकिन्छ, गलिन्छ, हामीलाई पनि मीठो खान मन लाग्छ। त्यस्तो सामान वा तरकारी किन्न चाहेर पनि सक्दैनौं। त्यसले बजारमा सबैभन्दा सस्तो जे पाइन्छ, त्यही छान्नुपर्छ अनि किन्नुपर्छ।'
भारतीय नाकाबन्दीपछि जिल्लामा निर्माण क्षेत्रको काम आधा नै घटेको छ। भनेका बेला इँटा, सिमेन्टलगायत निर्माण सामग्री नपाइने, पाइए पनि ज्यादै महँगो पर्ने भएका कारण निर्माणकर्ताले स्थिति नसङ्लिएसम्मका लागि काम रोकेका छन्। उनीहरूले काम रोक्दा मजदुरको बिचल्ली छ। 'काममा जान नपाएको महिना दिन हुन आँट्यो,' मेचीनगरका मजदुर दिलीप चौधरी भन्छन्, 'हातमा काम छैन, बजारमा भने सबै चिज छोइनसक्नु छ। यस्तोमा हामी गरिब कसरी बाँच्ने?'
सामान्यतः मजदुर परिवारले बिहान–बेलुका भात र तरकारीले काम चलाउने गर्छन्। तरकारी बजार छोइनसक्नु भएको महिना दिन कटिसक्यो। बिर्तामोडस्थित कृषिउपज थोक बजारको तथ्यांकअनुसार पछिल्लो दुई महिनामा तरकारीको थोक मूल्यमै ५० प्रतिशतदेखि २ सय प्रतिशतसम्म बढेको छ। कृषिउपज बजारकी तथ्यांक सहायक मायादेवी राजवंशीका अनुसार भदौ पहिलो साता प्रतिकिलो २६ रुपैयाँमा कारोबार भएको गोलभंेडाको मूल्य अहिले ६० रुपैयाँ पुगेको छ। त्यसैगरी, सेतो आलु १५ बाट बढेर २८ रुपैयाँ पुगेको छ। सुकेको खुर्सानी २ सय २० बाट २ सय ४० पुगेको छ। काउली ६०, बन्दा ३० रुपैयाँ पुगेको छ।
किराना पसलमा पनि मूल्यवृद्धि भएको छ। केही महिनाअघिसम्म ३० रुपैयाँ केजीमा पाइने चामलको मूल्य अहिले ३७ रुपैयाँ पुगेको छ। 'ढुवानी खर्च बढेको छ, घर भाडा बढेको छ, बैंकको ब्याजदर बढेको छ,' काँकडभिट्टाका किराना पसल सञ्चालक उत्तम मैनाली भन्छन् 'यत्तिको मूल्य नबढे हामी कसरी टिक्ने?'
पछिल्लो समस्याग्रस्त अवस्थाले मजदुरलाई बढी पिरोलेको समाजशास्त्रीहरू पनि बताउँछन्। समाजका सबै तह र तप्काको आर्थिक उन्नति हुँदा मजदुरको हुन नसकेको उनीहरूको भनाइ छ। 'बजारमा सबैथोकको भाउ बढेको छ। कारोबार र आर्जन धेरैको ठूलो अनुपातमा बढेको छ,' समाजशास्त्री अनुप निरौला भन्छन्, 'सरकारी कर्मचारीदेखि व्यापारी, जग्गा कारोबारीदेखि वारि–पारि गर्नेहरूसम्म सबैको आम्दानी र त्यसको दर बढेको छ। त्यसैका कारण बजार पनि क्रमशः महँगिँदै छ। तर, यो ठाउँमा सबैभन्दा स्थिर केही छ भने त्यो मजदुरको ज्यालादर र जीवनस्तरमात्रै हो।'