काठमाडौं- मेरिटमा भर्ना गर्न सरकारले गरेको निर्णयविपरीत यसअघि मातहत कलेजले गरेका भर्नालाई वैधता दिन काठमाडौं विश्वविद्यालयले कलेजले प्रकाशन गरेको पुरानै सूचीलाई नयाँ भन्दै प्रकाशित गरेको छ। विश्वविद्यालयले तीन दिनअघि कलेजअनुसारका मेरिट लिस्ट (योग्यता सूची) भन्दै प्रकाशित गरेको विवरण डेढ महिनाअघि नै कलेजले सार्वजनिक गरिसकेका थिए।सर्वाेच्च अदालतले चालु भर्ना रोकेर फेरि फारम भर्न र नयाँ मिति तोकेर मेरिटका आधारमा भर्ना प्रक्रिया सार्न आदेश दिए पनि केयुले पुरानो सूची जस्ताको त्यस्तै सार्वजनिक गरी त्यसलाई समेत लत्याएको छ।
सोमबार केयुले सार्वजनिक गरेको सूचीमा काठमाडौंकै दुई ठूला कलेज काठमाडौं मेडिकल कलेज र नेपाल मेडिकल कलेजको सूची पनि छ जुन ती कलेजले डेढ महिनाअघि सार्वजनिक गरेको विद्यार्थी कुलसंख्या, नाम र क्रमसंख्यासँग हुबहु मिल्छ।
यस्तो तथ्य बाहिर आएपछि नेपाल मेडिकल कलेजले आफ्नो वेबसाइटबाट पुरानो सूची हटाइसकेको छ। दुवै कलेजको पुरानो सूची नागरिकसँग सुरक्षित छ।
काठमाडौं मेडिकल कलेजको वेबसाइटमा भने कलेजले निकालेको पुरानै सूची अझै देखिन्छ। केयुले तीन दिनअघि सार्वजनिक गरेको योग्यता सूची वेबसाइटमै उपलब्ध छ।
गुणस्तरीय चिकित्सा शिक्षाका लागि योग्य विद्यार्थी भर्ना पहिलो सर्त भन्दै माथेमा प्रतिवेदनको सुझाव र डा. गोविन्द केसीसँग भएको सम्झौताअनुसार मन्त्रिपरिषदले असोज १ गते एमबिबिएस भर्ना गर्दा योग्यता सूचीलाई आधार मान्ने निर्णय गरेको थियो। यही आधारमा नेपाल मेडिकल काउन्सिलले समेत यो निर्णयलाई स्वीकार गर्दै सम्पूर्ण विश्वविद्यालयलाई लागू गर्न निर्देशन दिइसकेको छ। केयुले भने अटेर गर्दै आएको छ।
चिकित्सा शिक्षा पढाउने अर्को विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले भने मन्त्रिपरिषद निर्णय कार्यान्वयन गर्ने निर्णय लिइसकेको छ।
केयुअन्तर्गतको नेपाल मेडिकल कलेजले कात्तिक १५ गते कलेजमा पढ्न चाहने विद्यार्थी सूची प्रतिशतका आधारमा सार्वजनिक गरेको थियो। त्यति बेला कलेजले सम्भावित उम्मेदवारमा ६ सय १८ जनाको सूची सार्वजनिक गरेकोमा त्यो सूचीमा नयाँ नाम थपेर प्रकाशित गरेको छ। पछिल्लोपटक प्रकाशित केयुको सूचीमा केएमसीले पुराना विद्यार्थी सूचीमा थप गरेर ८ सय २७ जनाको नाम प्रकाशित गरेको छ। जब कि केयुअन्तर्गतका अधिकांश कलेजले छात्रवृत्तिबाहेक मुस्किलले सय जना विद्यार्थी भर्ना गर्न पाउँछन्।
सय कोटाका लागि ८ सय हाराहारीमा विद्यार्थीको योग्यता सूची निकाल्नुका पछाडि कलेज र विश्वविद्यालयको मिलोमतो रहेको प्रस्ट हुन्छ।
मन्त्रिपरिषद निर्णय र अदालतको आदेशअनुसार पहिलो भर्ना प्रक्रिया रोकिएपछि थप समय दिएर विश्वविद्यालयले नयाँ योग्यता सूची सार्वजनिक गर्नुपर्ने थियो। त्यसैगरी केयुले यो वर्षको भर्नामा इतिहासमै पहिलोपटक म्यानेजमेन्ट कोटाका नाममा कलेजहरुले मेरिट सूचीलाई नटेरी मनपर्दी रुपमा गरेको भर्नालाई समेत वैधता दिएको छ।
केयुले चालु शैक्षिक वर्षका लागि गत असोज ९ मा लिएको प्रवेश परीक्षालाई ७० प्रतिशत मात्रै अंकभार दिएर ३० प्रतिशत अंक प्लस टुको समेत जोडेर नयाँ सूची बनाएको थियो। त्यही आधारमा तीन दिनभित्रै भर्ना हुन कलेजमा जान विद्यार्थीका नाममा सूचनासमेत जारी गरेको थियो।
केही विद्यार्थीले त्यसलगत्तै सर्वोच्चमा रिट दायर गरेपछि अन्तरिम आदेशबाट भर्ना प्रक्रिया रोकिएको थियो। प्रवेश परीक्षा उत्तीर्ण हुन कम्तीमा ६० प्रतिशत अंक ल्याउनुपर्ने माथेमा प्रतिवेदनको सिफारिस र कम्तीमा ५० प्रतिशत अंक ल्याउनुपर्ने अन्तर्राष्ट्रिय मान्यताविपरीत केयुले उत्तीर्णांक ४२ तोकेको छ।
अदालतले मंसिर १५ मा ३५ लाख शुल्क, मेरिट सूचीका आधारमा भर्ना र नयाँ सूचना प्रकाशित गरी पर्याप्त समय दिएर भर्ना गर्न आदेश दिए पनि केयुले अटेर गर्दै आएको छ।
केयुले यसअघि कलेजहरुले नै प्रकाशित गरेको सूचीलाई मान्यता दिएर अदालतको आदेशसमेत लत्याएको छ। उसले भर्नाका लागि कलेजमा निवेदन दिएका जति सबै विद्यार्थीको सूची प्रकाशित गरेर चलखेलको बाटो खुलाइदिएको छ।
सोही सूचीका आधारमा कलेजहरुले अदालतले भर्ना रोकेको समयमा समेत भर्ना लिएको तथ्य भेटिएको छ।
यससँगै केयुअन्तर्गतका कलेजमा भर्नाका लागि पुगेका विद्यार्थी महँगो शुल्क तिर्न तयार भए मात्रै भर्ना गर्ने भन्दै कलेजहरुले ५२ लाखसम्म शुल्क मागेको सार्वजनिक भए पनि केयुले कुनै कारबाही गरेन। सूचनामा शुल्कसम्बन्धी निर्णय लागू हुने उल्लेख गरेको केयुले उपत्यकाबाहिरका कलेजको हकमा आफैं शुल्क तोक्न भनेको छ।
केयुका सहायक डिन डा. राजेन्द्र कोजुले सुरुमा कलेजहरुले निकालेको सूची र पछिल्लो समयमा पठाएको सूची दाँजेर हेर्न नभ्याएको बताए । विद्यार्थीले आफ्नो मेरिट थाहा पाउन सक्ने भएकाले कलेजहरुले आनाकानी गर्न नमिल्ने उनले बताए। उनले मन्त्रालयले तोकेअनुसार उपत्यकाबाहिरका कलेजको हकमा शुल्क निर्धारण गर्न केयुलाई अधिकार नभएको दाबी गरे।
'मेरिटबाट कलेजहरुले दायाँबायाँ गर्न सक्दैनन् तर शुल्क लागू गराउने अधिकार हामीभन्दा बढी मन्त्रालयसँग छ।'
म्यानेजमेन्ट कोटाका नाममा मनपरी
एमबिबिएस तहमा सम्पूर्ण विद्यार्थी योग्यता सूचीका आधारमा तोकिएभन्दा बढी शुल्क नलिई भर्ना गर्नुपर्नेमा केयुले म्यानेजमेन्ट कोटाका नाममा मनपर्दी भर्ना गराएको छ।
केयुले नै जारी गरेको सूचनामा बिनाआधार कलेजहरुको म्यानेजमेन्ट कोटा तोकिएको छ। केयुले यसअघि मंसिर २३ मा कलेजहरुलाई गरेको गोप्य पत्राचारमै तोकिएको कोटामा मनपर्दी भर्नाको बाटो खोलिदिइसकेको छ। यस्ता सिटमा कलेजहरुले न्यूनतम प्रतिशत ल्याएका र विद्यार्थी भए पनि बढी र एकमुष्ठ शुल्क तिर्न तयारलाई प्राथमिकता दिइरहेका छन्।
केयुअन्तर्गतका ९ कलेजमध्ये उत्ति नै सिट पाएका कलेजमा पनि म्यानेजमेन्ट सिटमा मनपर्दी छ। सबैभन्दा बढी काठमाडौं मेडिकल कलेजले २०, लुम्बिनीले १८, भरतपुर, नेपालगन्ज, नेपाल मेडिकल कलेजले १३/१३ नोबल मेडिकल कलेजले १२, विराटले ७, धुलिखेलले ५ र मणिपालले ६ वटा म्यानेजटमेन्ट कोटाका नाममा छुट्ट्याएका छन्।
विदेशी विद्यार्थीमा पनि उस्तै
सरकारको निर्णयअनुसार विदेशी विद्यार्थीलाई प्रवेश परीक्षा नै नलिई पढाउने छुट दिएको केयुले यसपटक 'परीक्षाको नाटक मञ्चन' गर्न लागेको छ। नेपाली विद्यार्थीलाई भर्ना गर्दा लिने शुल्कका आधारमा भारु शुल्क विदेशी विद्यार्थीसँग लिने भएकाले केयुअन्तर्गतका कलेजले भारतीय विद्यार्थीलाई प्राथमिकता दिन्छन्।
भारतीय विद्यार्थी छान्दासमेत कलेजहरुले पास गराउनेसम्म ठेक्का लिएर प्रत्येक वर्ष परीक्षापिच्छे पास गराउनकै लागि ५ लाख अतिरिक्त शुल्क असुल्ने गरेका छन्।
केयुले विदेशी विद्यार्थीका लागि आगामी ६ गते तोकिएको प्रवेश परीक्षामा सबैलाई पास गराउने तयारीअनुसार सम्बन्धित कलेजलाई नै परीक्षा केन्द्र तोकिसकेको छ। यस वर्ष कलेजहरुले विदेशी विद्यार्थीबाट बुक गराएअनुसारको सिटलाई नै 'फरेन' सिट तोकिदिएको छ। कलेजले मणिपाल र भरतपुरका छात्रवृत्तिबाहेकका १ सय ८ सिटमध्ये ६८ सिट विदेशी विद्यार्थीका लागि छुट्ट्याइदिएको छ भने ४० सिट मात्रै नेपाली विद्यार्थीका लागि छुट्ट्याइदिएको छ।
विराटनगरस्थित नोबल मेडिकल कलेजले ६३ सिट विदेशी विद्यार्थी पढाउने अनुमति पाएको छ। उक्त कलेजले छात्रवृत्तिबाहेक १ सय १२ सिट पाएको छ। केयुअन्तर्गतका कलेजहरुले कुल १ हजार २० सिट पाएकोमा १ सय २७ छात्रवृत्तितर्फ छन् भने विदेशी विद्यार्थीको कोटा ३ सय ६४ छ। त्यसैगरी मेरिट कोटा जम्मा ४ सय २३ र म्यानेजमेन्ट कोटा १ सय ७ छुट्ट्याएको छ। सबै कलेजले विदेशी विद्यार्थीसमेत भर्ना लिएर पढाइसमेत सुरु गरिसकेका छन्।
केही दिनअघि केयुका डिन एनबी राणा र कलेज सञ्चालकबीच राजधानीको द्वारिकाज होटलमा भएको बैठकमा विदेशी विद्यार्थीको प्रवेश परीक्षामा चिह्न लगाउने ठाउँ खाली राखेर पास गराउने सहमति भएपछि कलेजहरुले पाएको कोटाअनुसार विदेशी विद्यार्थी पठाउन थालिसकेका छन्। नेपालका कलेजमा पढ्न आउने विदेशी विद्यार्थी तुलनात्मक रुपमा निकै कमजोर हुन्छन्। त्यही भएर कलेजहरुले पास गराइदिनेसम्म ठेक्का लिएर चर्को शुल्क असुल्छन्।
एमबिबिएस परीक्षामा केयुतर्फका कलेजको करिब ७० प्रतिशत अंक भारको कापी कलेजमै काटिने भएकाले पास गराउन कलेजको हात रहन्छ।
नेपाल मेडिकल काउन्सिलका प्रवक्ता डा. कृष्ण अधिकारीले कुनै पनि विश्वविद्यालयले सरकारको निर्णयबाहिर गएर भर्ना लिन नमिल्ने बताए। 'काउन्सिल आफ्नो निर्णय कार्यन्वयनमा अडिग छ,' उनले भने। शुल्क र मेरिट सूचीमा केयुअन्तर्गतका कलेजबारे बढी गुनासा आएकाले छानबिन भइरहेको उनले जानकारी दिए।