काठमाडौं- ग्रेगोरियन क्यालेन्डरअनुसारको यो वर्षको अन्तिम उल्कापात (वर्षा) आइतबार राति हुँदैछ। स्थानीय समयअनुसार राति २ बजेको आसपासमा सबैभन्दा बढी हुने खगोशास्त्रीहरुले बताएका छन्।
'एक घण्टामा १ सय २० वटासम्म उल्का वर्षा देख्न सकिन्छऽ' नेपाल खगोल समाजका अध्यक्ष सुरेश भट्टराईले नागरिकन्युजसँग भने, 'मौसम सफा भएमा काठमाडौंको आकाशबाट २-३ घण्टासम्म उल्का वर्षा हेर्न सकिन्छ।' उल्का वर्षा (पात) अन्तरिक्षमा हुने नियमित घटनाक्रम हो।
प्रतिघण्टा १० वटासम्म तारा खसेको देखिएमा खगोलशास्त्रीहरुले उल्का वर्षा भन्ने गर्छन्। अहिलेको उल्का वर्षा मिथुन तारामण्डलबाट उत्पत्ति भएकोजस्तो देखिन्छ।
अन्तरिक्षमा रहेका धुमकेतु (पुच्छ्रेतारा) वा छुद्र ग्रहबाट चोइटिएर अन्तरिममा रहेका कणहरु वायुमण्डलमा प्रवेश गर्दा घर्षणको कारण चम्किन गर्छ र त्यसलाई सूर्यको प्रकाश पर्दा त्यो झनै चम्किलो बन्छ। यसलाई पृथ्वीबाट निकै आकर्षण देखिन्छ।