धरासायी बन्दै केयुकेएल
२६ मंसिर २०७२
•
८ मिनेट पाठ
धरासायी बन्दै केयुकेएल
काठमाडौं- उपत्यकावासीका घरमा दैनिक दुई घन्टा खानेपानी उपलब्ध गराउने उद्धेश्यसहित स्थापित काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) सञ्चालक समितिको विवादका कारण धरासायी बन्दै गएको छ।




केयुकेएल सञ्चालक समितिका अध्यक्ष सुरेशकुमार बस्नेतले सर्वोच्च अदालतको आदेश र सहरी विकास मन्त्रालयको निर्देशन पालना नगरी एकलौटी ढंगमा कामकारबाही गरेपछि समितिमा विवाद सुरु भएको हो। समिति अध्यक्ष–सदस्य विवादले काठमाडौं उपत्यकामा खानेपानी वितरण तथा व्यवस्थापनको जिम्मेवारी पाएको संस्था अस्तव्यस्त बन्न पुगेको हो।

अध्यक्ष बस्नेतले अदालतको आदेश र मन्त्रालयको निर्णय पालना नगर्दा उपत्यकामा खानेपनी वितरण गर्ने नियमित तालिकक, दैनिक प्रशासनिक काम, तलब वितरणलगायत सम्पूर्ण कार्य प्रभावित भएको र संस्था धरासायी हुँदै गएको भन्दै केयुकेल र अन्तर्गतका उपत्यकाका १४ वटै कार्यालयका प्रमुखले समस्या समाधान गर्न लिखित रुपमा सञ्चालक समितिमा पत्र नै बुझाएका छन्।

पत्रमा अदालतको आदेशपछि पनि सञ्चालक समितिले कुनै निर्णय नगर्दा संस्था महाप्रबन्धकविहिन हुन पुगेको, सम्पूर्ण कामकाज ठप्प भएको, खानेपानी उत्पादन तथा वितरण अवरुद्ध भएको, ९ दिनमा एकपल्ट पानी वितरण गर्दा उपभोक्ता मर्कामा पर्नुका साथै संस्थाको छवि समेत बिग्रँदै गएको उल्लेख छ। छिटोभन्दा छिटो समस्या समाधान गरी संस्था जोगाउन उनीहरूले माग गरेका छन्।

सर्वोच्चले गत असोज २० गते नियमअनुसार महाप्रबन्धक नियुक्ती गर्न आदेश दिएको थियो भने मन्त्रालयले पनि महाप्रबन्धक नियुक्ती गरी नियमित काम सुचारु गर्न निर्देशन दिएको छ। तर, अध्यक्ष बस्नेतकै कारण सञ्चालक समितिले महाप्रबन्धक नियुक्ति गर्न सकेको छैन।

समितिको बैठकले महाप्रबन्धक नियुक्तीबारे निर्णय गर्नुपर्ने भए पनि लामो समयदेखि समितिको बैठक बस्न सकेको छैन। अध्यक्ष बस्नेतले बैठक राख्दा अन्य सदस्य नआउने र सदस्यले बैठक बोलाए अध्यक्ष अनुपस्थित हुने जुहारी चलिरहेको त्यहाँका कर्मचारी बताउँछन्। समितिको बैठक नबसेकै कारण प्रक्रियामा रहेको महाप्रबन्धक नियुक्तिमा अन्योल उत्पन्न भएको छ। महाप्रबन्धक नियुक्ती प्रक्रियामा दुई जना प्रतिस्पर्धामा छन्।

लामो समयदेखि महाप्रबन्धकविहिन केयुकेएलमा गत भदौमा तत्कालिन सहरी विकासमन्त्री नारायण खड्काको दबाबमा नियमविपरीत रु›प्रसाद गौतमलाई समितिले महाप्रबन्धक नियुक्त गरिएको थियो।सर्वोच्चले उक्त निर्णय खारेज गरेपछि प्रतिस्पर्धामा रहेका अन्य दुई उम्मेदवारमध्ये एकलाई महाप्रबन्धक नियुक्त गर्न मन्त्रालयले समितिलाई निर्देशन दिएको थियो।

सात सदस्यीय समितिमा अध्यक्ष बस्नेतसहित सहरी विकास मन्त्रालयका सहसचिव पदम मैनाली तथा शम्भु कार्की, ललितपुर उपमहानगरपालिकाका आर्किटेक्ट इन्जिनियर प्रवीण श्रेष्ठ, एडिबी प्रतिनिधि कमलराज पाण्डे, काठमाडौं महानगरपालिकाका प्रमुख र इन्जिनियर इन्द्रमानसिंह सुवाल छन्।

समिति सदस्य तथा मन्त्रालयका प्रवक्ता पदम मैनालीले प्रक्रियामा रहेका दुईमध्ये एक जनालाई छिट्टै महाप्रबन्धक नियुक्त गरिने बताए। 'संस्था दक्षतापूर्वक सञ्चालन गर्न र नियमित काम सुचारु गर्न छिट्टै महाप्रबन्धक नियुक्त हुनेछन्,' उनले भने, 'कसैले पनि संस्थालाई धरासायी बनाउने हिसाबले काम गर्न पाउने छैन।'

केयुकेएल स्वतन्त्र कर्मचारी संगठनका महासचिव ओम ढकालले सर्वोच्चको फैसला र कम्पनीको नियमावलीविपरीत अध्यक्षले गर्ने कुनै पनि एकल निर्णय स्वीकार नहुने बताए। 'संस्था दिनानुदिन बिग्रँदै गैरहेको छ,' उनले भने, 'यस्तो अवस्थामा पनि संस्था सुधारतर्फ नलागी अध्यक्षले एकलौटी ढंगमा पेलेर जान खोजे कर्मचारी चुप लाग्ने छैनन्।' उनले महाप्रबन्धक नियुक्त नहुँदा पानी वितरण केन्द्रमा डिजेल किन्न रकमको समस्या भैरहेको बताए।

केयुकेएलले २०७१ असोज ६ गते महाप्रबन्धकका लागि खुला दरखास्त आह्वान गरेको थियो। कार्यपत्र प्रस्तुति तथा अन्तर्वार्ताको अन्तिम समयमा गौतमसहित डा. महेशप्रसाद भट्टराई र चन्›लाल नकर्मी प्रतिस्पर्धी छनोट भएका थिए। सर्वोच्चले गौतमको नियुक्ति बदर गरेपछि अब भट्टराई र नकर्मीबीच महाप्रबन्धकको प्रतिस्पर्धा हुने भएको छ।

बस्नेतले अदालतको आदेश र मन्त्रालयको निर्देशनपछि महाप्रबन्धक नियुक्तीका लागि दुई साताअघि मंसिर १० गते बैठक बोलाएको जानकारी दिए। तर, विवादका कारण बैठक १३ गते सारियो। त्यसपछि फेरि १९ गते हुँदै २७ गते सारिएको छ।

महाप्रबन्धक नियुक्ती गर्न अध्यक्षले टार्दै गएपछि संस्थाको कामकारबाही प्रभावित भएको र यसरी संस्था चल्न नसक्ने भन्दै सुधारका लागि एसियाली विकास बैंक (एडिबी)ले सञ्जीव राणाको संयोजकत्वमा चार सदस्यीय समिती गठन गरेको छ। समितिले काम थालेको एडिबीले जनाएको छ।

अध्यक्ष बस्नेत र सदस्यबीच गत फागुनयता विवाद तीव्र हुँदै गएको हो।संस्थाको हितमा कुनै काम नगरेको आरोपमा अध्यक्षबाट हटाइएपछि बस्नेतले पुनरावेदन अदालतमा मुद्दा दायर गरेका थिए। अदालतले चैत ४ गते उनी अध्यक्ष कायम हुने अन्तरीम आदेश जारी गरेको थियो। तर २०७२ वैशाख ८ मा सर्वोच्चले अन्तरीम आदेश खारेज गर्दै उनलाई अध्यक्ष हुनबाट रोकेको थियो। त्यसपछि वैशाख ३१ मा बसेको समिति बैठकले उनलाई हटाएर सहरी विकास मन्त्रालयका सहसचिव पदम मैनालीलाई अध्यक्ष बनाएको थियो।

बस्नेतले आफूमाथि अन्याय भएकोले अध्यक्षमा बहाली गरि पाउँ भन्दै जेठ ५ गते दायर गरेको मुद्दामा जेठ ७ गते सर्वोच्चले उनलाई अध्यक्षमा निरन्तरता दिन अन्तरीम आदेश जारी गरेको छ। मुद्दाको अन्तिम फैसला भने अझै भएको छैन।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस