आफैं बस्न घर खोज्दै महानगर
२२ मंसिर २०७२
•
७ मिनेट पाठ
आफैं बस्न घर खोज्दै महानगर
काठमाडौं-भूकम्पले क्षति भएको बागदरबार छाडेर राष्ट्रिय सभागृह पुगेको काठमाडौं महानगरपालिकाले फेरि अर्को घर खोज्नुपर्ने भएको छ । सरकारले करिब १८ करोड खर्चेर एक वर्षअघि सार्क सम्मेलनलाई सिँगारेको सभागृहमा बस्दै आएको महानगरपालिकालाई अख्तियारले एक महिनाभित्र घर खोजेर सर्न निर्देशन दिएपछि उसले घर खोज्न लागेको हो ।

महानगरवासीलाई भवन निर्माण आचारसंहिता सहित घर बनाउन सिकाउने महानगरले पाँच दिनअघि घर खोज्न सूचना जारी गरिसकेको छ । महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीका अनुसार १० दिनभित्र महानगरपालिकालाई चाहिने मापदण्ड अनुसारको घर उपलब्ध गराउन महानगरपालिका क्षेत्रलाई नै सूचना जारी गरेको छ ।

उनका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सभागृहलाई पुरानै अवस्थामा छाड्न आग्रह गरेको छ । 'हामी अहिले पनि सभागृहमा सहज रुपमा बसिरहेका छैनौं,' उनले भने, 'भूकम्पपछिको आकस्मिक बसाइका लागि यहाँ आएका थियौं । सधै बसिरहने हाम्रो उद्देश्य होइन ।'

तर आयोगको निर्देशनलाई सम्मान गर्दै कार्यालयका लागि घर खोज्न थालिएको उनले बताए । महानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह तामाङले सभागृहलाई पुरानै अवस्थामा पु¥याउन महानगरपालिकाले ५० लाख रुपैयाँ बजेट छुट्याइसकेको जानकारी दिए । 'हामीले सभागृह छोड्दाका दिनपछि यसको मर्मत गरेर जान्छौं,' उनले भने, 'यहाँ सभासम्मेलन गर्नका लागि छोड्छौं ।' सरकारले मर्मतपछि महानगरपालिकालाई पूर्ण रुपमा सभागृह हस्तान्तरण नगरेका कारण पनि व्यवस्थापन राम्रो गर्न नसकिएको उनले बताए ।

महानगरपालिकाले सभागृह क्षेत्रमै भदौमा कार्यालय सञ्चालनका लागि भन्दै बगैंचामाथि नै अस्थायी संरचना निर्माण गरेको थियो । कर्मचारी संगठनहरुले चर्को विरोध गरे पनि निर्माण भएपछि उनीहरु आयोगमा गुनासो गर्न पुगेको कर्मचारी स्रोतले जानकारी दियो ।

सभागृहको दाहिने क्षेत्रमा छ सय वर्गफिटका तीनवटा र पछाडि एउटा अस्थायी टहरा 'प्रिफ्याब' महानगरपालिकाले निर्माण गरेको थियो । 'महानगरपालिकाले प्रिफ्याब नबनाउनुपथ्र्यो,' प्रवक्ता कार्कीले भने, 'तर कर्मचारीहरु नै कार्यालयमा आए बस्नै नपाउने अवस्था आएपछि यस्तो काम भयो । अझै पनि एकै कोठामा धेरै टेबुल राखेर काम भइरहेको छ ।'

कार्कीका अनुसार पुरानो बसपार्कस्थित सिटी मार्केटका पसल हटाएर बस्ने योजना असफल भएपछि महानगर सभागृह बस्न बाध्य भएको थियो । 'व्यवस्थापिका संसदले पसल नहटाउन आदेश दिएपछि हामीले केही गर्न सकेनौं,' उनले भने, 'अब पुरानो बसपार्कमा बहुतले 'काठमाडौं टावर' बन्न लागेपछि त्यो आस पनि हरायो ।'

महानगरपालिकाले अब जसरी पनि एक महिनाभित्र सर्ने योजना बनाएको उनले बताए । सभागृहमा सरकारले तोकेझैं राष्ट्रिय–अन्तर्राष्ट्रिय कार्यक्रम आयोजना गरेर चलाउने व्यवस्था हुने उनले जानकारी दिए ।

स्रोतका अनुसार भूकम्पपछि वैशाख २३ गते सिटी मार्केट खाली गर्न पसलहरुलाई महानगरले सूचना जारी गरेको थियो । लामो समय अटेर गरिरहेका उनीहरुलाई व्यवस्थापिक संसदको लेखा समितिले अर्को व्यवस्था नभएसम्म भन्दै असार ३ गते नहटाउन आग्रह गरेको थियो । १५ वर्षदेखि सार्वजनिक निजी साझेदारीअनुसार सिटी मार्केट सञ्चालन गरिरहेका सुरेन्द्र दाहालसँग २०७१ कात्तिक १५ देखि महानगरले सम्झौता रद्द गरेको थियो । त्यसपछि अहिलेसम्म महानगर आफैंले व्यापारीसँग भाडा उठाइरहेको छ ।

लाखौं आम्दानी गुम्यो

सरकारले गत मंसिर १० र ११ गते सार्क शिखर सम्मेलनको सफल आयोजनापछि सभागृहलाई सेवा शुल्क लिएर सभा तथा सम्मेलन आयोजना गर्ने निर्णय गरेको थियो । यसका लागि चैत १२ गते मन्त्रिपरिषदले 'सभागृह प्रयोग, सञ्चालन विधि र मर्मतसम्भार निर्देशिका २०७१' पास गरेको थियो ।

निर्देशिकामा सभागृहमा रहेको सभासम्मेलन हल, होल्डिङ रुप, साना सेमिनार कक्ष, लबी, वातानुकूलित सुविधा, पार्किङ, चौर र बाहिरी क्षेत्र प्रयोग गरेबापत प्रतिदिन १ लाख ५० हजार रुपैयाँ, आधा दिन बिहानको ८० हजार रुपैयाँ र आधा दिन बेलुकाको ९० हजार रुपैयाँ सेवा शुल्क लिने व्यवस्था गरेको छ ।

'निर्देशिका बनेपछि यहाँ एउटै कार्यक्रम आयोजना हुन पाएको छैन,' महानगरपालिका स्रोतले भन्यो, 'यसका कारण यतिका समयको महानगरको लाखौं आम्दानी गुमेको छ ।'

आपतकालीन अवस्थामा आएर भए पनि महानगरपालिकाले आफ्नै व्यवस्था गर्नुपर्नेमा अनावश्यक संरचना बनाएर सभागृहको शोभा घटाको र आर्थिक घाटा पनि भएको ती कर्मचारीको दाबी छ । बागदरबार जिर्ण भए पनि महानगरको नक्सा शाखा अझै त्यहीँ चलिरहेको छ । राजस्व महाशाखा, नाता प्रमाणित शाखा लगायत केही शाखा पनि त्यहीँ छन् ।

निर्देशिकाले महानगर प्रमुखको अध्यक्षतामा सहरी विकास मन्त्रालयका सहसचिव, स्थानीय विकास मन्त्रालयका सहसचिव, सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशकको सदस्यतामा निर्देशक समिति गठन गरे पनि महानगरपालिकाले वास्ता नगरेको अर्का कर्मचारीले आरोप लगाए ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस