पोखरा- भारतीय नाकाबन्दीले तीन महिनायता इन्धन आपूर्ति व्यापक घटे पनि सहरमा सवारीसाधनको घुइँचो उस्तै छ। पम्पहरूले पेट्रोल–डिजेल नबाँडेको थुप्रै दिन भइसक्दा पनि सवारी उत्तिकै गुड्नुको कारण तस्करीमार्फत भित्रिएको इन्धन रहेको प्रहरी अधिकारी बताउँछन्।अवैध बाटोबाट इन्धन ल्याई महँगोमा बिक्री गर्नेहरूलाई कास्की प्रहरीले पक्राउ गरेको छ। विगत डेढ महिनाभित्र कालोबजारीको आरोपमा १० जनालाई पक्रेर मुद्दा चलाएको छ। इन्धन महँगोमा बिक्री गरेको आरोपमा पक्राउ परेका पर्यटन व्यवसायी शरण तामाङलाई जिल्ला अदालत कास्कीले बिहीबार २५ हजार रुपैयाँ धरौटीमा रिहा गरेको छ। अवैध बाटो भिœयाइएको १ हजार ६ सय इन्धन ६५ लिटर डिजेलसहित उनलाई आफ्नै होटल 'होटल सेन्टर इन लेक' लेकसाइडबाट प्रहरीले पक्रेको थियो।
न्यायाधीश नरीश्वर भण्डारीको इजलासले बिहीबार तामाङलाई धरौटीमा छाड्न आदेश दिएको अदालतका स्रेस्तेदार दीनबन्धु बरालले जानकारी दिए। उपभोक्तालाई महँगोमा इन्धन बेचेको गोप्य सूचनाक आधारमा पक्राउ परेका तामाङलाई प्रहरीले कालोबजारी तथा अन्य सामाजिक अपराध ऐनको दफा २ क अनुसार जिल्ला न्यायाधिवक्ताको कार्यालयमार्फत बुधबार मुद्दा दायर गरेको थियो।
नाकाबन्दीयता सात घटनामा प्रहरीले १० जनालाई पक्रेको हो। सशस्त्र प्रहरीकै हवल्दार चक्र चिमाला र अर्का सर्वसाधारण बाँकेका अंकित थापा कात्तिक ५ गते इन्धनको कालोबजारी गर्दैगर्दा पक्राउ परेका थिए। उनीहरूबाट प्रहरीले ८५ लिटर इन्धन बरामद गरेको थियो। लेकसाइडको एउटा होटलबाट ४ सय रुपैयाँ प्रतिलिटरका दरले बेच्दै गर्दा उनीहरू पक्राउ परेका थिए। उनीहरू दुवै जना १५–१५ हजार रुपैयाँ धरौटी राखेर रिहा भएको जानकारी पनि स्रेस्तेदार बरालले दिए।
लेखनाथको जरुवाबाट कात्तिक १० गते नवराज ढुंगाना १ सय २० लिटर डिजेल र ६५ लिटर पेट्रोलसहित पक्राउ परेका थिए। १५–१५ हजार रुपैयाँ धरौटी तिरेर उनीहरू पनि अदालतको आदेशमा छुटिसकेका छन्। मुस्ताङका अग्निध्वज रसाइली र पोखराका गणेशबहादुर विकलाई कात्तिक ११ मा पोखरा–१५ बाट प्रहरीले पक्रेको थियो। उनीहरू २ सय ३० लिटर पेट्रोलसहित पक्राउ परेका थिए। ३०–३० हजार रुपैयाँ धरौटी तिरेर उनीहरु पनि रिहा भए।
भारत, बिहारका सलिल मुसलमान इन्धन कालोबजारीमा रंगेहात फेला परेका अर्का व्यक्ति हुन्। ६० लिटर पेट्रोलसहित पक्राउ परेका उनीसँग अदालतले २५ हजार धरौटी माग्ोको थियो। उक्त रकम तिरेर उनी पनि छुटे। मंसिर ११ गते छिनेडाँडाबाट पक्राउ परेका शिवप्रसाद पोख्रेल पनि अदालतको आदेशअनुसार १५ हजार धरौटीमा रिहा भए।
रानीपौवामा अनुप स्टोर चलाउँदै आएकी सर्लाहीकी पवित्रादेवी थापा भरिएका ग्यास सिलिन्डर लुकाएको अवस्थामा पक्राउ परेकी थिइन्। मंसिर ८ गते पक्राउ परेकी उनीसँग अदालतले १५ हजार रुपैयाँ धरौटी मागेको थियो। उनले ५ सिलिन्डर लुकाएकी थिइन्। उनी पनि धरौटी तिरेर छुटेकी छन्।