झापा— अघोषित नाकाबन्दीयता आयातनिर्यातमा नियन्त्रण बढाइरहेको भारतीय पक्षले मालवाहक गाडी छाड्न नेपाली व्यवसायीसँग रकम असुल्ने गरेको पाइएको छ । भारतीय सुरक्षा बल एसएसबी, पश्चिम बंगाल प्रहरी, भारतीय भन्सार कर्मचारी र भन्सार एजेन्टले भारतको पानीट्यांकी नाकामा रकम लिएर मात्रै मालवाहक ट्रक र कन्टेनर छाड्ने गरेका हुन् ।धेरै दिनदेखि भारतीय भूमिमा लामबद्ध सवारीसाधनमध्ये जसले धेरै घुस दियो उसैलाई छिटो नेपाल पठाउने धन्दा चलिरहे पनि व्यापारमा असर पर्ने भयले व्यवसायी चुप छन् । यद्यपि नाका सहज नहुन्जेल पारि ९भारत० नजाने निश्चय गरेकाहरू भने यसबारे मुख खोल्न थालेका छन् । उनीहरूका अनुसार नाकामा खटिने भारतीय दलालले प्रहरी र भन्सार अधिकारीसँग 'सेटिङ' मिलाएर सवारीसाधनबाट रकम उठाउने गर्छन् ।
'मेरो गाडीको ड्राइभरले पानीट्यांकी नाकामा दलाललाई १७ हजार भारु बुझाएको आधा घन्टामा नेपाल छिर्न पाइयो,' झापाका ट्रक व्यवसायी ओम कटवालले भने, 'हाम्रो ट्रकअघि सयभन्दा बढी गाडी थिए तर हाम्रै पालो पहिला आयो, यो त्यही पैसाकै कारण हो ।' नाका सहज नभएसम्म ट्रक भारततिर नपठाउने निधो गरेका कटवालका अनुसार घुस माग्न नाकामा दर्जनौं दलाल खटिएका छन्, जसले सुरक्षाकर्मीसँग 'सेटिङ' मिलाएका हुन्छन् । 'सेटिङ नमिले सुरक्षाबलले पालो मिचाएर कसरी नेपाल आउन दिन्छ रु' उनी भन्छन् ।
भारतीय अधिकारीले एउटा मालवाहक ट्रक तथा कन्टेनरबाट कम्तीमा १० हजारदेखि ३५ हजार भारतीय रुपैयाँसम्म असुल्ने गरेका छन् । असोज ६ देखि भारतले लगाएको नाकाबन्दीपछि पानीट्यांकी नाका भारतीय नागरिक, बंगाल प्रहरी, एसएसबी, भन्सार कर्मचारी र एजेन्टको लाखौं कमाउने थलो बन्न पुगेको छ । दसैंयता करिब एक महिनामै उक्त नाकाबाट मालवाहक ट्रक, कन्टेनरलगायत साधन नेपालतर्फ छोड्न झन्डै ३ करोड भारतीय रुपैयाँ त्यहाँका सरकारी अधिकारीले कुम्ल्याएको स्रोत बताउँछ । 'एसएसबी, भन्सार कर्मचारी र बंगाल प्रहरीलाई सिधा हिसाबले गाडी छोड्न अनुरोध गरे 'माथिको आदेश, छोड्न मिल्दैन' भन्छन्, तर सेटिङमा चाहिँ त्यो 'आदेश' ले काम गर्दैन,' स्रोत भन्छ, 'यसमा भारतीय भन्सार एजेन्ट, युनियन, भन्सार कर्मचारी, प्रहरी र एसएसबीको सेटिङ छ ।'
भन्सार एजेन्टका एक कर्मचारीका अनुसार एउटा कन्टेनर एक दिन नाकामा रोकिए १५ हजार भारतीय रुपैयाँ 'डिटेन्सन' चार्ज तिर्नुपर्छ । व्यापारी नाकामा १०–१५ दिन बसेर खर्च बढाउनुभन्दा बेलैमा १०–२० हजार रुपैयाँ खुवाएर फुत्कनु ठीक ठान्छन् । 'पानीट्यांकीदेखि नक्सलबारीछेउ रहेको पेट्रोलपम्पसम्म गाडीको लाइन हुन्छ । पालो आउन धेरै दिन कुर्नुपर्ने भएकाले अलि धेरै पैसा युनियनलाई दिए उसले सेटिङ मिलाउने र पालो आइहाल्ने थियो,' उनले भने ।
पैसा नदिँदा नाकामा कडाइ गर्ने, सेटिङ मिलाए लाइनमा कुरिरहनुनपर्ने अवस्था दलालले मिलाउने गरेका छन् । सुरुमा नाकाबन्दीमा कडाइ हुँदा पेट्रोलियम बोकेका ट्यांकरलाई ती दलालले प्रत्येकबाट हजारदेखि २ हजार भारतीय रुपैयाँ लिएर छाड्ने गरेका थिए । तर, अहिले इन्धन बोकेका ट्यांकरबाट पैसा लिने गरिएको छैन । भारतीय सुरक्षा बलले नेपाली ट्यांकरसँग घुस लिन थालेको गुनासो उच्च भएपछि नेपाली व्यवसायी र प्रशासनको टोलीले भारतीय पक्षसामु आपत्ति प्रकट गरेको थियो । त्यसपछि इन्धनका साधनसँग घुस लिन छोडेको भारतीय पक्षले अन्य सामान बोकेका साधनसँग भने कुस्त रकम असुलिरहेको छ ।