काठमाडौं–भूकम्पले क्षतिग्रस्त सम्पदाहरुको पुननिर्माण गरिदिने भन्दै चीन सरकार लगायत केही दाताहरुले भदौ महिनामै सरकारसँग सम्झौता गरेपनि सरकारले बजेट निकाशा गर्न सकेको छैन। दातालाई पुनः निर्माणका लागि ढोका खोल्दिए पनि सरकार चालू आर्थिक वर्षको साडे चार महिनामा डेढ अर्ब रुपैयाँ निकाशा गर्न नसकेको हो।चीनसँगै युनेस्को मार्फतबाट जापाजिन फन्ड इन ट्रस्ट र हङ्कङ सहित अन्तराष्ट्रिय संस्था हेरिटेज एण्ड इन्भाइरोमेन्ट कन्जरभेसन फाउण्डेनले सरकारसँग यस्तो सम्झौता गरेको पुरातत्व विभागले जनाएको छ। सबै दाताहरुसले ५ वर्षसम्म आफ्आफ्नो जिम्मेवारी क्षेत्रमो पूनः निर्माण सम्पन्न गर्ने सम्झौतामा उल्लेख रहेको विभागका प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिए । दाताले गर्ने कामको इष्टिमेट दाता आफैले तयार पारेर काम अगाडी बढाउँने पनि उनले जानकारी दिए।
'दाताले भदौमै केही सम्पदाहरु पुनःनिर्माण गरिदिन्छु भन्दै सम्झौता गरिसकेका छन्,' कुँवरले भने, 'तर सरकारले आफैले गर्ने पुनः निर्माणको अहिलेसम्म टुंगो छैन ।' सम्पूर्ण सम्पदा क्षेत्रको पूनः निर्माणका सरकारले २० अर्ब रुपैया लाग्ने अनुमान गरेको छ। उनका अनुसार युनेस्को मार्फत आएका संस्थाहरुले काठमाडौं उपत्यका विश्व सम्पदा क्षेत्रका केही मठ÷मन्दिरको पुनःनिर्माण गर्नेछन् । यसबाहेक अरु अहिलेसम्म छनोट भइनसकेको उनले जानकारी दिए।
सो अन्तराष्ट्रिय संस्थाले चागुनारायणको पुनः निर्माण गर्ने सम्झौता भैसकेको छ भने चीनले हनुमानढोका दरवार क्षेत्रको नौ तले दरवारको पुनः निर्माण गर्ने सम्झौता भैसकेको उनले जानकारी दिए । यसबाहेक चीनले नुवाकोट दरवारमा पनि इच्छा देखाएको तर दिने÷नदिने निधो भैनसकेको उनले जानकारी दिए।
यसबाहेक विभागले बेलायतको दुर्हाम विश्वविद्यालयसँग मिलेर काठमाडौंका मुख्य तीन स्मारक (हनुमानढोका, भक्तपुर र पाटन दरवार) क्षेत्रको भूमिगत अध्ययन पनि गरेर सकाइसकेको छ । नतिजाको आधारमा पुनःनिर्माण गर्न सहज हुने भन्दै विभागले युनेस्काको आर्थिक साहयतामा सम्पन्न गरेको कुँवरले जानकारी दिए ।
'हामीले सम्झौता गरेपछि कुनलाई कुन क्षेत्र जिम्मेवारी दिन सकिन्छ, त्यसको अध्ययन गरेर जिम्मेवारी दिन्छौं,' उनले भने, 'यसका लागि अहिले धमाधम लागत इष्टिमेटको काम भैरहेको छ ।'
भूकम्प गएको ७ महिना बितिसक्दा सरकारले गर्ने पूननिर्माणको काम भने बजेट निकाशा नहुँदा अलपत्र छ । सरकारले पुननिर्माण प्राधिकरणबाट काम थाल्ने भने पनि अहिलेसम्म गठन हुन सकेको छैन ।
'सरकारले प्राधिकरणबाट पूननिर्माणको काम थाल्ने भन्छ,' उनले भने, 'तर अहिलेसम्म गठन हुँदैन ।' अहिले विभाग सम्पूर्ण क्षति सम्पदाहरुको विस्तृत नक्सा बनाउँने र लागत इष्टिमेट तयार पार्ने काममा व्यस्त रहेको उनले बताए ।
अहिलेसम्म ६० मठ÷मन्दिरहरुको नक्साङ्कन र ड्रोइङको काम भैसकेको पनि उनले जानकारी दिए । त्यसमध्ये करिब ४५ वटाको लागत अनुमान पनि भैसकेको उनले बताए ।
विभागले सम्पूर्ण सम्पदा पुननिर्माण काम सुरु भएको ५ देखि ७ वर्षमा सकिने बताउँदै आएको छ । तर अहिलेसम्म स्थलगत काम हुन नसक्दा सम्पदाहरु बन्ने समय विभागले पनि अनुमान गर्न सकेको छैन।'हामीले काम सुरु गरेको ५ देखि ७ वर्षमा सम्पूर्ण पूननिर्माण सक्ने योजना बनाएका छौं,' उनले भने, 'तर अहिले काम नै सुरु हुने समय यकिन गर्न गाह्रो छ ।'
विभागका महानर्देशक भेषनारायण दाहालका अनुसार बजेट निकाशामा ढिलाइ भएपनि विभागले लागत इष्टिमेट र सम्पदाहरुको ड्रोइङ÷डिजाइन तयार पारिरहेको छ । 'हामीले आफ्नो तर्फबाट तयार गरिरहेकै छौं,' उनले भने, 'दाताहरुले गर्ने क्षेत्रमा उनीहरु अध्ययन गर्न थालिसकेका छन् ।'
संस्कृतिक, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायका अनुसार भारतले ललितपुर जिल्लाका ७ सम्पदाहरुको पुननिर्माण गर्न लागेको छ । 'भारतले पनि सम्पदाहरुको पुनः निर्माणका लागि चासो दिएको छ,' उनले भने, 'तर सम्झौता हुनै बाँकी छ ।' यसबाहेक श्रीलंकाले पनि केही सम्पदाको पनः निर्माणको चासो दिएको तर सम्झौता भैनसकेको विभागले जनाएको छ ।
मन्त्रालयका अनुसार चालू आर्थिक वर्षका लागि करिब १ अर्ब ५० करोड रुपैया बराबरको कार्यक्रम तयार पार्न राष्ट्रिय योजना आयोगले पछिल्लोपटक मन्त्रालयलाई निर्देशन दिएको छ । त्यही बजेटमा रहेर चालू वर्षमा पुनः निर्माण सुरु गर्न सकिने क्षतिग्रस्त सम्पदाहरुको जानकारी आयोगले मागेको मन्त्रालयले जनाएको छ। 'धेरैमा एकै हप्तामा हामीले रकम निकाशाका लागि कार्यक्रम पठाउँछौं,' उनले भने, 'त्यसपछि रकम निकाशा हुन्छ ।'
राष्ट्रिय योजना आयोगले संयौ वर्ष पुराना मठ, मन्दिर, दरवार, पार्टी, पौवा लगायतमा भूकम्पबाट १९ अर्ब २२ करोड ३० रुपैयाँ क्षति भएको र पूनः निर्माणका लागि २० अर्ब रुपैयाँ लाग्ने जनाएको छ । आयोगले भूकम्पले देशभरको भौतिक क्षतिको पुनः निर्माणका लागि ६ खर्ब ६९ अर्ब रुपैया आवश्यकता रहेको बताएकामा त्यसको ३.१ प्रतिशत रकम मात्र सास्कृतिक सम्पदाहरुको पूनःनिर्माण तथा जीर्णोद्धारमा लाग्ने अनुमान गरेको छ ।