उदयपुर– त्रियुगा नगरपालिका १४ स्थित चुहाडे–गाईघाट सडक खण्डको झोडामा मंगलबार भएको ट्याक्टर दुर्घटनामा परी एकजनाको घट्नास्थलमै मृत्यु भएको छ।जिल्लाको मध्यवर्ती गाविस रौता –९ मुर्कुची बजारबाट गाईघाटतर्फ आउँदै गरेको स १ त २९५० नम्बरको ट्याक्टर दुर्घटनामा पर्दा रौता–१ का ५२ वर्षीय पर्वबहादुर आले मगरको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुुरले जनाएको छ।
सुन्तला लिएर तीव्र गतिमा आउँदै गरेको ट्याक्टर घुम्ती मोडमा अनियन्त्रित हुन गई सडकबाट पल्टिँदा सुन्तलाले भरिएको टेलरले किचेर मगरको मृत्यु भएको ट्राफिक इन्जार्च नायव निरीक्षक लोकबहादुुर दियालीले बताए। दुर्घटनामा परेर ट्याक्टरमा सवार अन्य छ जना र चालकसमेत सामान्य घाइते भएका छन् ।
मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गाइघाट ल्याइएको छ। सामान्य घाइतेहरुको पनि सोही अस्पतालमा उपचार भइरहेको दियालीले बताएका छन्। ट्याक्टर नियन्त्रणमा लिइए पनि नाम ठेगाना नखुलेका चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीको भनाइ छ।