काठमाडौं— एचआइभी/एड्स नियन्त्रण गर्न सरकारले गत वर्ष विभिन्न दातृ निकायको सहयोगमा करिब ९० करोड रुपैयाँ खर्च गरे पनि एचआइभी संक्रमितमध्ये करिब आधा संक्रमित उपचारबाहिर छन्। एचआइभी/एड्स संक्रमितलाई उपचारको दायरामा ल्याउन सरकारले गत वर्ष दुई वर्ष अघिको तुलनामा १० करोडभन्दा बढी रकम खर्च गरे पनि सरकारद्वारा सञ्चालित उपचार सेवा नलिने संक्रमितको संख्या बढेर १५ हजार ६ सय १३ पुगेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले विश्व एड्स दिवसका अवसरमा आइतबार उक्त तथ्यांक सार्वजनिक गरेको हो । उपचारबाहिर रहेका संक्रमितका कारण एचआइभी संक्रमण फैलने जोखिम अत्यधिक रहेको विज्ञहरू बताउँछन् ।
केन्द्रले उपचार गर्न नआएका संक्रमितलाई उपचार दायरामा ल्याउन र संक्रमण दर घटाउन अर्ब हाराहारीमा रकम खर्चिए पनि गत वर्ष १ सय १२ जना संक्रमित सरकारी उपचार सेवाबाहिर छन् । गत वर्ष परीक्षण गर्दा संक्रमण देखिएकामध्ये १५ हजार ५ सय १ जना एचआइभी संक्रमित सरकारी उपचार सेवा बाहिर थिए । तर यस वर्ष उक्त संख्यामा १ सय १२ जना थपिएर उपचारबाहिर हुनेको संख्या १५ हजार ६ सय १३ पुगेको हो ।
केन्द्रको तथ्यांक अनुसार देशभर ३९ हजार २ सय ४९ जना एचआइभी संक्रमित छन्। तीमध्ये २६ हजार ७ सय २ जना संक्रमितले मात्र परीक्षण गराएका छन् । परीक्षण गराउनेमध्ये १६ हजार ७ सय १ पुरुष, ९ हजार ९ सय ४२ महिला र ५९ जना तेस्रो लिंगी छन् । संक्रमित सबैले उपचार गराउनु पर्नेमा सरकारी उपचार सेवामा जम्मा ११ हजार ८९ जनाले मात्र हाल एन्टिरेट्रोभाइरल (एआरभी) उपचार सेवा लिइरहेका छन् ।
उपचारमा नआएका संक्रमित कहाँ छन् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कुनै जानकारी छैन । केन्द्रका निर्देशक डा. दिपेन्द्ररमण सिंह ती 'बेखबर' एचआइभी संक्रमित कहाँ छन् खोजी भैरहेको बताउँछन् ।
संक्रमितहरू उपचारमा नआउने मात्र नभएर उपचार गराइरहेकाले पनि बीचमै औषधिसेवन छाड्ने प्रवृत्ति बढ्दो छ । केन्द्रको तथ्यांक अनुसार गत वर्ष ३६ सय ५६ जना संक्रमितले औषधिसेवन छाडेका थिए । सिंहका अनुसार औषधिसेवन छाड्नेमध्ये अधिकांश संक्रमित भारतलगायत अन्य देश गएको पाइएको छ ।
संक्रमितले भने आफूहरूलाई तुलनात्मक रुपमा थप पौष्टिक आहारा चाहिने र सरकारले महिनामा जम्मा पाँच किलोग्राम मात्र पौष्टिक खानेकुरा दिने हुँदा औषधिसेवन छाड्नेको संख्या बढेको हो ।
एचआइभी÷एड्स क्षेत्रमा कार्यरत संस्था राष्ट्रिय एचआइभी÷एड्स महासंघ नेपाल (एनएपीएन)का पूर्वअध्यक्ष राजीव काफ्लेले एचआइभी परीक्षण सेवा विस्तार, उपचार, संक्रमितलाई अवसर र भत्ताका नाममा करोडौं रकम आउने भए पनि रकमको सदुपयोग नहुँदा संक्रमितहरू उपचारको दायरामा आउन नसकेको दाबी गरे।
'उपचार बाहिरका संक्रमितले थाहै नपाइ सयौंलाई एचआइभी संक्रमण गराइरहेका हुन्छन्' उनले भने । उनले एचआइभी नियन्त्रण गर्न सबै संक्रमितलाई तत्काल उपचार दायरामा ल्याउनु पर्ने बताए ।
केन्द्रकै तथ्यांक अनुसार गत वर्षमात्र १४ सय ९३ जना संक्रमित थपिए। यस्तै गत वर्ष नै १ सय ७८ जना बालबालिकामा एचआइभी संक्रमण भएको छ । अघिल्लो एक वर्षमा एड्सबाट २५ सय ७६ जनाको मृत्यु भयो । तीन वर्षमा एड्सबाट १० हजार ७६ जनाको मृत्यु भएको छ ।
डा. सिंह १५–२५ वर्ष उमेर समूहका युवा एचआइभीबारे सचेत भएको दाबी गर्छन्। केन्द्रका अनुसार सन् २००१ यता एसियामा नेपालको संक्रमण दर करिब २५ प्रतिशत घटेको छ । तर यौनकर्मी, समलिंगी तेस्रो लिंगी र इन्जेक्सन लगाएर लागुपदार्थ सेवन गर्नेमा एचआइभि संक्रमण बढी मात्रामा सर्ने विज्ञले बताएका छन् ।
तथ्यांक अनुसार संक्रमित महिला यौनकर्मीका ग्राहक सबैभन्दा बढी संक्रमित भएका छन् । यस्ता संक्रमितको संख्या ९ हजार ८ सय २ छ । त्यसपछि ३ हजार ८० जना लागुऔषध प्रयोगकर्तामा संक्रमण भएको छ । भारतलगायत अन्य देशबाट फर्केका पतिका कारण र यौनकर्मीसँग सम्पर्क गरेका पुरुषका कारण ११ सय २३ जना गृहिणीमा समेत संक्रमण भएको पाइएको छ ।