झापा—नेपालबाट तस्करी गरेर भारतर्फ लाँदै गरेको सुपारी बरामद गर्ने क्रममा नेपाल प्रहरीले झापाको केचना—५ लोडाबारीमा १३ राउन्ड फायरिङ गरेको छ। प्रहरीले चलाएकाे गाेली लागेर एक महिला घाइते भएकी छिन्।भारतीय तस्करहरुले नेपालबाट खरिद गरेको ४० बोरा सुपारी सीमा कटाउनै लाग्दा नेपाल प्रहरीले गए राति बरामद गरेको थियो। शुक्रबार बिहान बरामद सुपारी सदरमुकाम चन्द्रगढी ल्याउन प्रयास गरेपछि दश क्षेत्र नजिकैको नेपाली भूभागमा तस्करहरुले सुरक्षाकर्मीमाथि आक्रमण प्रयास गरेका थिए। सो क्रममा झडप भएको थियो।
स्थिति नियन्त्रणमा लिन प्रहरीले सुरुमा हवाइ फायर गरेको थियो। जिल्ला प्रहरी कार्यालय झापाले जनाएअनुसार घटनामा एक महिलालाई तीघ्रामा गोली लागेको छ। घाइते भएकी स्थानीय महिला द्रौपती गणेशको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीले फायर खोलेपछि तस्करहरु भारतीय भूमितर्फ भागेका थिए।