काठमाडौं- काम नलागेर थन्किएका पुराना गाडीबाट 'पाटपुर्जा' हराएको अवस्थामै काठमाडौं महानगरपालिकाले लिलाम गर्न लागेको छ। दशकभन्दी बढी समयदेखि टेकुस्थित फोहर थुपार्ने ठाउँमा राखिएका २८ वटा सवारीका पाटपुर्जा नखोजी लिलाम गर्न लागिएको हो।आर्थिक नियमावलीले गाडी किनेको १२ वर्ष भए र प्रयोग गर्न नमिल्ने अवस्थाको भए मात्र बेच्न मिल्ने भने पनि वर्षौंदेखि त्यसै राखिँदा भएको सामान पनि चोरिने र खिया लागेर नष्ट हुने अवस्थामा छन्। यस्तै अवस्थामा महानगरपालिकाले सवारीको इन्जिन, ढोका, टायर, नम्बर प्लेट लगायत गाडीका अन्य पाटपुर्जासमेतको लेखाजोखा नगरी लिलामीको चरणमा छ।
'गाडीमा के–के हुन्छ, त्यसका पाटपुर्जा कुन अवस्थामा छन्,' महानगरपालिका एक कर्मचारीले भने, 'यस्ता कुराको ख्याल नै नगरी लिलामी हुने क्रममा छ।' लिलामी हुने कुरा राम्रो भए पनि पाटपुर्जा कहाँ गए भन्ने कुरा गम्भीर रहेको उनले बताए।
असोज १३ गते लिलामीका लागि भएको आह्वानमा पुरानो गाडी लिलामी र सवारी साधन तथा संयन्त्र उपकरण लिलाम गर्ने भन्दै न्यूनतम मूल्य ३४ लाख ८४ हजार रुपैयाँ कायम गरिएको छ। यसअघि पनि दुई पटकसम्म लिलामीको सूचना जारी गरिए पनि लिलाम हुन नसकेको भन्दै अहिले काम सक्काउने क्रममा रहेको ती अधिकारीले जानकारी दिए। 'लिलामी जति ढिला भयो उति महानगरलाई घाटा भइरहेको छ,' उनले भने, 'तर भएका सवारीको पनि पाटपुर्जाको हिसाबकिताब नगरी सिधै लिलामीको प्रक्रियामा जानु सरासर गलत छ।'
महानगरले जेजस्तो अवस्थामा रहेको छ, त्यस्तै अवस्थामा गाडी बेच्न लागेको पनि ती अधिकारीले जानकारी दिए। पछिल्लो पटक गरिएको टेन्डरमा पनि कतिपयले सवारी हेर्न नपाएको भनेर पुनः १५ दिनको म्याद थपिएको उनले जानकारी दिए।
'एउटा गाडीको सामान अर्को गाडीमा लगाएको भन्दै वातावरण विभागले खेल खेलिरहेको छ,' अर्को स्रोत भन्छ, 'तर यसबारे छानबिन गर्न महानगरपालिकाका हाकिमहरुले हिम्मत गर्दैनन्।' यसरी वर्षौं लिलाम हुन नदिनमा वातावरण विभागका मेसिनरी शाखाका कर्मचारीको मिलेमतो रहेको स्रोतको दाबी छ। 'लिलामी रोकिएपछि संस्थागत रुपमा घाटा लाग्छ,' उनले भने, 'लिलामी भए केही भए पनि रकम आउँछ। नत्र पाटपुर्जा झिकेरै सखाप हुन्छ। गाडीको अस्तित्व नै हराउँछ।'
महानगरपालिका प्रशासन विभाग, प्रशासन महाशाखा, राजस्व महाशाखा, वातावरण विभागकै कर्मचारी रहेको लिलाम समितिले पछिल्लो पटक गाडीको लिलामीको तयारी गरेको थियो। लिलाम समितिमा रहेको एक स्रोतअनुसार गाडीको मूल्यांकन विभागकै मेसिनरी शाखाका इन्जिनियरहरुकै मूल्यांकनका आधारमा न्यूनतम मूल्य कायम गरिएको हो।
महानगरपालिकाभर रहेका सम्पूर्ण सवारीको जिम्मा लिएको मेसिनरी शाखाले गाडीका पाटपुर्जाबारे निर्धक्क नबोल्ने गरेको पनि लिलाम समितिका एक कर्मचारीले जानकारी दिए। 'गाडी नचल्ने भन्दैमा तिनका पाटपुर्जा नहुन त भएन नि!' उनले भने, 'तर शाखाले सधैं एउटाको सामान अर्को गाडीमा प्रयोग गरिएको भन्दै आलटाल गर्ने गरेको छ।'
गाडी किनेको मूल्यमा प्रत्येक वर्ष ह्रासकट्टी गर्दै जाँदा गाडीको मूल्य बर्सेनि घट्दै गइरहेको उनले जानकारी दिए। 'लाखौंमा किनेका गाडी अहिले केही हजारको मूल्यमा बिक्री हुँदैछन्,' ती कर्मचारीले भने, 'सुरुमै लिलाम गर्न पाएको भए महानगरलाई केही बढी आम्दानी हुन्थ्यो नि!'
उनका अनुसार महानगरमा यसरी काम नगर्ने गाडी अहिले लिलाम गर्न लागिएभन्दा तीन गुना बढी छन्। तर अहिले लिलामी हुने तयारीमा भने नरहेको उनले जानकारी दिए। 'धेरै वर्ष खिया लगाएर राख्ने अनि पाटपुर्जा झिकेर नांगो बनाएर नराखी बिक्री हुँदैनन्,' उनले भने, 'जसका कारण महानगरलाई आर्थिक क्षति र फटाहा कर्मचारीका लुकिछिपी धन्दा सल्बलाउन मद्दत गरिरहेको छ।'
महानगरपालिका प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह तामाङले पाटपुर्जा रेकर्ड राख्ने बानी नभएकाले यस्तो भएको बताए। 'वर्षौंदेखिका सामानको हेरचाह गर्न धेरै मान्छे आए,' उनले भने, 'यही कारण व्यवस्थित हुन नसकेको हो।' कतिपय रुपमा अर्का सवारीमा पनि पुराना सवारीको पाटपुर्जा प्रयोग पनि भएको उनले स्विकारे। तर कर्मचारीहरुले कुनै रेकर्ड नराखी आफूखुसी हुँदा यस्तो भएको हुनसक्ने अनुमान उनले लगाए।
'पुराना गाडीको सामान प्रयोग गर्दा अब स्वीकृत गरेर मात्र गर्ने व्यवस्था थालेका छौं,' उनले भने, 'त्यसपछि पाटपुर्जाको अवस्था पनि थाहा हुन्छ।' महानगरपालिकामा लिलामी गर्नुपर्ने गाडी यो आर्थिक वर्षभित्र सक्ने लक्ष्यसमेत राखेको उनले जानकारी दिए।
कहाँ जान्छन् पाटपुर्जा?
काठमाडौं महानगरपालिकासँग टेकुस्थित वातावरण विभागकै आडमा रहेको आफ्नै गाडी मर्मत गर्ने ठाउँ छ। सोही ठाउमा बर्सेनि गाडी मर्मत भन्दै लाखौं रकममा गाडीमा पाटपुर्जा फेर्ने काम भइरहेको स्रोत बताउँछ। 'बर्सेनि पाटपुर्जा किन्न भन्दै माग फारम स्वीकृत गराइन्छ,' स्रोतको दाबी छ, 'पुराना गाडी प्रयोग गर्ने र नयाँ नकिनेरै पसलेसँग मिलेमतोमा बिल बनाएर मोटो रकम कुम्ल्याउँछन्।'
वातावरण विभागले निरीक्षण नगरी र छानबिन नगरी वर्षौंदेखि यस्तो लुट भइरहेको स्रोत बताउँछ। ड्राइभरहरुसँगको मिलेमतोमा पनि यस्तो काम भइरहेको स्रोत दाबी गर्छ।