काठमाडौं- प्रतिष्ठित व्यवसायी वनवरीलाल मित्तलको निधन भएको छ। ७९ बर्षका मित्तलको वुधबार विहान आफ्नै निवास ज्ञानेश्वरमा निधन भएको हो। उनी एक महिना देखि अस्वस्थ थिए।
२०१३ सालबाट निर्माण व्यवसायबाट व्यापार सुरु गरेका मित्तलले १६ बर्ष देखि दक्षिण एसियाकै सवैभन्दा धेरै एमआइ-१७ हेलिकप्टर भएको श्री एअरलाइन्स सञ्चालन गर्दै आएका थिए। श्री एअरलाइन्ससँग एमआइ- १७ हेलिकप्टर ६ वटा र साना हेलिकप्टर ४ वटा गरी १० वटा छन्। यो नेपालको सबैभन्दा ठूलो हेलिकप्टर कम्पनी हो। मित्तल काठमाडौंको ओटुमा जन्मिएका थिए। उनका वुवा पुराना व्यवसायी हनुमान प्रसाद हुन्। सिमेन्ट, चिया कम्पनी, शिक्षा संस्था, बैंक तथा वित्तिय संस्थामा मित्तलको लगानि छ। उने सामाजिक सेवामा समेत योगदान पुर्याउँदै आएका थिए। उनका एक छोरा दुई छोरी र श्रीमति छन्।