भीमदत्तनगर- पूर्व पश्चिम राजमार्गको कञ्चनपुरको झलारी–कलुवारपुर खण्डमा शुक्रबार राति मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।धनगढीबाट भीमदत्तनगर आउँदै गरेको से२प ४१९१ नम्बरको मोटरसाइकल कलुवापुरमा दुर्घटना हुँदा मोटरसाइकल चालक डडेल्धुराको भद्रपुर गाविस–९ का २१ वर्षीय शिवराज पाण्डेयको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।
मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका पाण्डेयको उपचारका लागि धनगढीतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक ज्ञानबहादुर सेठीले बताए। प्रहरीका अनुसार मृतक डडेल्धुरा स्थायी घर भए पनि धनगढी बस्दै आएका थिए । रासस