सन्तोष पोखरेल, पोखरा, असार १९- माइक्रो बस र मोटरसाइकल एकापसमा ठक्कर खाँदा शनिबार दिउसो पोखरामा एक युवकको ज्यान गएको छ। दुर्घटनामा एक युवती सख्त घाइते भएकी छिन।
पोखराको राष्ट्र ब्याङ्क चोकमा भएको दुर्घटनामा परी मोटरसाइकल चालक पोखरा–१७ विरौटाका १८ वर्षीय विजय थापा मगरको ज्यान गएको कास्की प्रहरीले जनाएको छ। घाइते थापाको चरक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कास्कीका प्रहरी प्रवक्ता विश्वराज अधिकारीले जानकारी दिए।
दुर्घटनामा सख्त घाइते भएकी रोजी गुरुङको चरक अस्पतालमा उपचार भइरहेको छ। गुरुङ मोटरसाइकलको पछाडि बसिरहेकी थिइन। उनको अवस्था गम्भीर छ।
ग ३ प ५१६४ नम्बरको मोटरसाइकल र ग १ ख १८६० नम्बरको माइक्रो बस राष्ट्र ब्याङ्क चोकमा एकापसमा ठक्कर खाएका थिए। प्रहरीले माइक्रो बसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।