दृश्य १- शिक्षण अस्पताल महाराजगन्ज हातामा रहेको मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर।
इमर्जेन्सी वार्डबाहिर फलामे कुर्सीमा बिछ्यौना ओछ्याएर रुपन्देहीका ७८ वर्षीय पदमबहादुर अर्गेजा इन्तु न चिन्तु भएर लडिरहेका छन्। नजिकै कुरुवाका रूपमा बसेका छन्, उनकै भतिजा।
उच्च रक्तचापका बिरामी अर्गेजालाई बिरामले च्यापेपछि केही दिनअघि छोरीहरूले एम्बुलेन्समा राखेर काठमाडौं ल्याएका थिए। अस्पतालले भर्ना गर्नुपर्ने कारण नभएको भन्दै फर्काइदिएपछि उनी सुन्धारास्थित छोराहरूको डेरामा बस्दै आएका छन् । फलोअपमा गइरहनुपर्छ। सार्वजनिक यातायातमा चढ्न समस्या छ। ट्याक्सीको भाडा मनपरी छ। 'ट्याक्सीले मनलाग्दी पैसा माग्छ। ल्याउन–लानै गाह्रो,' छोरा केशवले भने, 'अहिले पनि डाक्टरले रगत जँचाउन भनेको छ। रिपोर्ट दुई घन्टापछि आउँछ रे। घर गएर फेरि आउँदा गाह्रो हुने भएकाले कुरिरहेको छु।'
दृश्य २
शिक्षण अस्पतालकै प्रांगणमा रहेको बेन्चमा गैंडाकोट–१६, नवलपरासीका ६२ वर्षीय अगन्धर कँडेल ब्ल्यांकेट ओढेर सुतेका छन्। नजिकै श्रीमती र छोराले उनको हेरचाह गरिरहेका छन्।
सात दिन भरतपुरस्थित चितवन मेडिकल कलेज बसे पनि डाक्टरले उनको रोग खुट्याउन सकेनन्, न त डाक्टरले भनेको औषधि नै फेला पर्योन। छोराहरूले नै डिस्चार्ज गर्न लगाएर प्लेनबाट काठमाडौं ल्याए। एयरपोर्टबाट शिक्षण अस्पताल पुग्नलाई ट्याक्सीले १५ सय रुपैयाँ लियो।
अस्पतालको इमर्जेन्सीमा भर्ना नगरेपछि उनीहरू लजमा रात बिताउन बाध्य भए। शिक्षणमा पार नलागेपछि भोलिपल्ट बिहानै न्युरो अस्पताल त पुगे, त्यहाँ पनि भर्ना लिइएन। पुनः शिक्षण अस्पतालकै ओपिडी फर्किए।
दृश्य ३
बुधबार शिक्षण अस्पतालमा ४५ वर्षीय जेसुम तामाङको शल्यक्रिया गर्नुपर्यो्। त्यसका लागि डाक्टरले केही पोका रगत जोहो गर्न भने। भृकुटीमण्डपदेखि भक्तपुरसम्म चहार्दा बल्लतल्ल दुई पोकामात्र रगत जुट्यो। 'पहिला त अस्पतालसम्म आउनै हम्मेहम्मे पर्यो्,' उनले भने, 'त्यसपछि फेरि रगतका लागि दौडधूप।' डाक्टरले केहीअघि नै शल्यक्रिया गर्नुपर्ने जानकारी गराएका थिए। तर नाकाबन्दीका कारण अस्पताल आउन समस्या भयो।
'डाक्टरले अझै रगत पुगेको छैन भनेका छन्,' शल्यक्रिया गरिसकेका तामाङको चिन्ता छ, 'बल्लबल्ल बाँचेको महसुस भएको त, अझै रगतका लागि दोडनुपर्ने भयो।'
...
यी दृश्य कुनै पनि अस्पताल परिसरमा सुनिने, भेटिने र देखिने सामान्य घटनामात्र हुन्। कुनै पनि बिरामीलाई गम्भीर प्रकृतिको रोग लागेको होइन। तर, असामान्य परिस्थितिका कारण सामान्य बिरामी कसरी गुज्रनुपर्छ भन्ने नमुनामात्र हो यो।
यी पात्रभन्दा जटिल समस्या भएकालाई भने अहिलेको परिस्थितिले ज्यान नै पो जान्छ कि भन्ने चिन्ताले सताउन थालेको छ।
बाग्लुङका ५५ वर्षीय गिरीप्रसाद पुनको मृगौला फेल भएको २० वर्ष पुग्यो। उनी सुरुवातदेखि नै डायलाइसिसको भरमा बाँचेका छन्। 'कुनै बेला डाक्टरले अब २१ दिनमात्रै बाँच्छस् भने,' उनी विलौना गर्छन्, 'तर पछि तंग्रिदै आएँ। अहिलेसम्म बाँचेको छु। देशको यस्तो संकटले त अब धेरै बाँचिदैन जस्तो लाग्न थालेको छ।'
उनले हप्ताको दुईपटक चार–चार घन्टा डायलाइसिस गर्नुपर्छ। दसैंका बेला डायलाइसिस गर्दा प्रयोग हुने पानी, फ्ल्युडलगायत अन्य कुराको अभावले तीन घन्टामात्रै गर्दा झन्डै मृत्युको मुखमा परेको उनको भोगाइ छ। 'डाक्टरले विभिन्न कारणले तीन घन्टामात्रै गर्ने भन्नुभयो,' उनलेे भने, 'घर गएको बेलुकै गाह्रो भएर झन्डै मरिएन।' आइतबार पनि त्यही घटना दोहोरियो। उक्त दिन साढे दुई घन्टामात्रै डायलाइसिस गरेर नख्खीपोट पुगेका उनलाई राति बिसन्चो भएपछि पाटन अस्पताल जानुपर्योत। बल्लतल्ल ट्याक्सी खोजेर अस्पताल पुगे पनि तुरुन्तै डायलाइसिस नहुने भएपछि पुनः सुमेरु अस्पताल पुगेर उपचार गराएको उनी बताउँछन्।
आर्थिक अवस्था नाजुक भएका पुनले उपचारकै लागि बाग्लुङको आफ्नो सम्पत्ति सकाइसके। अहिले आफन्तहरूबाट पैसा सापट लिएर उपचार गराइरहेका छन्।
हप्तामा दुईपटक अस्पताल जानुपर्ने भए पनि बसमा झुन्डिने आँट उनमा छैन। ट्याक्सीको महँगो भाडा तिर्ने अवस्था छैन। उनको भनाइमा बिस्तारै औषधि पाउन पनि कठिन हुन थालेको छ। 'अहिले त जेनतेन औषधि पाएका छौं। धेरै किनेर राख्न सक्दैनौं,' उनले भने, 'नाकाबन्दी तन्किने हो भने औषधि पनि कताबाट आऊला र!'
गिरीप्रसादको भनाइमा वीर अस्पतालका मृगौलारोग विशेषज्ञ डा. अनिल बरालको विमति छैन। बिरामीले पाउने स्वास्थोपचारसँगै धेरै पक्षको भूमिका रहने उनी बताउँछन्। 'बिरामी अस्पताल पुग्दैमा र बजारमा औषधि पाउँदैमा सबै ठिक छ भन्ने हुँदैन,' उनी प्रस्ट पार्छन्, 'एउटा अस्पतालमा काम गर्ने कर्मचारीदेखि डाक्टरसम्म अस्पताल आइपुगेमात्रै बिरामीले उपचार पाउने हो।'
रामेछापमा बहिनीलाई सुत्केरी गराउन सम्भव नभएपछि काठमाडौं आउँदा राजकुमार बुढाले चार वटा गाडी बदल्नुपर्योे। इन्धन अभावले सार्वजनिक सवारी चढ्न नसकेपछि उनले गाउँदेखि तीन हजार खर्च गरी जीप रिजर्भ गरेर मन्थली ल्याएका थिए। मन्थलीको अस्पतालमा सुत्केरी गराउन आवश्यक उपचार सामग्री र औषधि नभएपछि काठमाडौंको प्रसूति गृह रिफर गरियो। तर, इन्धन अभावले गर्दा उनीहरूले एम्बुलेन्ससमेत पाएनन्। जसोतसो काठमाडौं आइपुगेका बुढाले भने, 'मन्थलीदेखि यहाँसम्म आउन चार वटा गाडी बदल्नुपर्यो। चार जनाका लागि बाह्र हजार रुपैयाँ खर्च भयो।'
बिरामी सँगसँगै स्वास्थ्यकर्मीको समस्या पनि सानो भने छैन। आम नेपालीझैं नाकाबन्दीको असर स्वास्थ्यकर्मीले पनि झेलिरहेका छन्, यसले उनीहरूको दैनिकी पनि भताभुंग पारेको छ। त्यसको केही असर उपचारमा पनि देखिन्छ।
'अहिले धेरै डायलाइसिस सेन्टरमा कि त दैनिक उपचार गर्नुपर्ने बिरामीकै संख्यामा कटौती गरिएको छ कि समय घटाइएको हुन्छ,' डा. बराल भन्छन्, 'त्यसै पनि हप्ताको १२ घन्टा डायलाइसिस गर्नुपर्ने बिरामीलाई हामीले आठ घन्टा गरिरहेका छौं।'
नाकाबन्दीको मारमा सबैखाले बिरामी परेका छन्। तर, मृगौला काम नलाग्ने भएर डायलाइसिस गरिरहेकालाई भने झन् ठूलो समस्या छ। 'यस्ता बिरामी न झुन्डिएर यात्रा गर्न सक्छन्, न ट्याक्सी चढेर आउजाउ गर्ने खर्च हुन्छ,' उनले भने, 'ट्याक्सी चढेर आउजाउ गर्ने पैसाले अर्को दिनको डायलाइसिस गर्न पुग्छ।'
शिक्षण अस्पतालमा भेटिएका बिरामी अगन्धर कँडेलाका छोरा राजुले दिएको हिसाबले डा. बरालको कुरालाई पुष्टि गर्छ। कँडेलका अनुसार काठमाडौं झरेको दुई दिनमा उनीहरूले ट्याक्सीलाई मात्रै ४१ सय रुपैयाँ बुझाउनुपरेको थियो। होटल, लजमा भएको मूल्यवृद्धिको मार पनि उनीहरूको खर्चमा देखिन्छ। 'यहाँ त उपचार खर्चभन्दा बढी आउजाउ गर्न र कुरुवाको खानपानमा हुँदो रहेछ,' कँडेल भन्छन्।
डा. अनिल बरालको दैनिकीमा पनि नाकाबन्दीको असर देखिइसकेको छ। उनी २० दिनदेखि धुम्बारहीदेखि पैदलै अस्पताल आइरहेका छन्। 'आज बिहान राइसकुकरमा भात जोडेपछि बत्ती गयो। त्यसपछि ग्यासमा पकाउनुपर्योह,' उनले भने, 'हिँड्दै अफिस आउँदा कहिले ढिलो हुन्छ, यता बिरामीले कुर्नुपर्ने हुन सक्छ।'
गंगालाल अस्पतालका निर्देशक डा. मनबहादुर केसी पनि नाकाबन्दीले सबै क्षेत्रमा बहुआयामिक असर पारेको बताउँछन्। 'स्वास्थ्य क्षेेत्र निकै संवेदनशील भएकाले सबै जना आत्तिरहेका हुन्छन्,' उनले भने, 'तर समस्या यहाँमात्र होइन सबैतिर उत्तिकै छ।' उनको भनाइमा औषधि र उपचार सामग्रीको अभावले समस्या दोब्बर बनेको छ। 'अहिले बिरामीलाई मनिटर गर्न लगाउनुपर्ने दुई रुपैयाँको इलेक्ट्रोड पाउन कठिन भइसक्यो,' उनले भने, 'इमर्जेन्सीमा झनै कठिन छ। रोग पत्ता लाग्छ तर औषधि छैन। अब के गर्ने?'
नेपालमा औषधि बन्दै नबन्ने होइन। केही औषधिको उत्पादन यहाँ हुने गरेको छ। तर उत्पादनका लागि चाहिने कच्चा पदार्थ आउन सकेको छैन। औषधि फ्याक्ट्रीबाट झिकेर बजारसम्म पुर्या उने वातावरण पनि छैन। 'केही जीवन जोगाउने औषधीकै पनि अभाव हुन थालिसकेको छ बजारमा,' डा. केसी भन्छन्, 'यस्ता औषधि पनि सिद्धिदैछन्, जुन धेरै दिन छुटाए बिरामी कुनै पनि बेला मर्न सक्छ।'
काठमाडौंकोे एक अस्पतालमा भेटिएका अलाइभ फार्मा विराटनगरका एमआरका अनुसार अहिले बजारमा धेरै प्रकारका औषधीको अभाव छ। ती एमआरले भने, 'हाम्रो कम्पनीले ४० वटा विभिन्न ब्रान्डका औषधि उत्पादन गर्थ्यो अहिले २० वटाको मात्रै स्टक होला।' धेरैजसो भारतीय औषधि कम्पनीका एमआर औषधि अभावका कारण बजार घुम्नै छाडिसकेको उनले बताए।
'बजार घुम्यो कि यो र त्यो औषधि ले भन्छन्। अनि बाहिरै निस्किँदैनन्,' उनले भने, 'धेरैले अहिले घरै बसेर रिपोर्टिङ गर्छन्।' उनका अनुसार बजारमा अहिले सबैभन्दा धेरै अभाव देखिएको औषधि मुटुरोगीले प्रयोग गर्ने केही औषधी हुन्। क्यान्सरका बिरामीले प्रयोग गर्ने किमोको पनि समस्या छ।
बिएन्डबीमा कार्यरत क्यानसर रोग विशेषज्ञ डा. राजेन्द्र बराल अरू औषधिको वैकल्पिक उपचार सम्भव भए पनि केही 'लाइफ सेभिङ ड्रग्स'को विकल्पै नहुने बताउँछन्। 'क्यान्सरका बिरामीको उपचारका लागि दिइने केमोथेरापी र रेडियोथेरापी नेपालमा बन्दैन। त्यो पाउन अहिले मुस्किल भइसक्यो,' उनले भने, 'औषधि पाइहाले पनि बिरामीलाई किमो लिनकै लागि अस्पतालसम्म आउन मुस्किल छ।' उनले भनेजस्तै आफ्नो गाडी हुनेहरू र पैसावाल ब्ल्याकमा तेल हालेर पनि आउलान्। औषधि किन्दा नै घरखेत सकाएकाहरूलाई भने गाह्रो छ।
नयाँ बानेश्वरमा औषधि पसल सञ्चालन गरिरहेका सञ्चित गिरीका अनुसार सबै प्रकारका क्यान्सरका बिरामीले प्रयोग गर्ने औषधि पाउन मुस्किल भइसकेको छ। 'हामीले कुनै इन्जेक्सन २० भाइल माग्यौं भने पाँच भाइलमात्र दिन्छ,' उनले भने, 'अनि हामी कसरी बिरामीलाई त्यो औषधि पुर्यानउने?' केही नेपाली औषधिलाई विस्थापन गर्दै भारतीय औषधिले बजार लिन थालेकाले पनि मुख्यमुख्य औषधि भारतबाट नआई हुँदैन। खासगरी क्यान्सरका बिरामीको उपचारमा चाहिने अधिकांश औषधिका लागि भारतकै भर पर्नुपर्ने अवस्था छ।
शिक्षण अस्पतालकी मृगौला रोग विशेषज्ञ डा. दिव्या सिंहका अनुसार अहिले मृगौला प्रत्यारोपण गरेका बिरामीको औषधि पाउन मुस्किल छ। 'धेरैले त कालोबजारबाट किनेको भन्नुहुन्छ तर त्यसको क्वालिटी राम्रो हुँदैन,' उनले भनिन्, 'अप्रेसन गर्दा त्यो समस्या देखिन्छ।' बुधबारमात्रै एउटा औषधिको अभावमा अप्रेसन नै रोक्नुपर्ने अवस्था आएको थियो। तर अस्पतालको स्टकमा बाँकी फेला परेकोले काम टरेको उनले सुनाइन्।
नेपालमा प्रत्येक परिवारमा कुनै न कुनै सदस्यले औषधि खाने गरेका छन्। यस्तोमा औषधि अभावले धेरै ठूलो समस्या देखिनु स्वभाविक नै हो। तर, क्रिटिकल केयरका लागि चाहिने औषधि केही मात्रामा अस्पतालमै स्टक हुने भएकाले आत्तिहाल्नुपर्ने अवस्था नरहेको कतिपय चिकित्सक बताउँछन्।
ग्रान्डी अस्पतालमा कार्यरत मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिल औषधिको अभाव भयो भनेर चिन्ता लिनुभन्दा यथोचित 'हेल्थ केयर डेलिभरी' नहुनु ठूलो समस्या रहेको बताउँछन्। 'सबैभन्दा पहिले इमर्जेन्सीमा क्रिटिकल अवस्थामा आएका बिरामीलाई जोगाउनुपर्छ,' उनले भने, 'तर बिरामी पहिलेजस्तै सहज रूपमा अस्पताल आइपुग्छन् त भन्ने अर्को ठूलो समस्या हो।'
बजारमा औषधिको हाहाकार छ भनेर सरकारलाई दबाब दिन यो प्रोपागान्डा राम्रो हतियार भए पनि यसले 'ब्याक फायर' गर्न सक्ने उनी तर्क गर्छन्। 'बिरामीहरूले अत्तालिएर सकेसम्म धेरै औषधि स्टक राख्न थाले भने साँच्चिकै समस्या बल्भि्कन्छ,' उनी जोखिम देख्छन्, 'यस्तो अभाव कायमै रह्यो र स्थितिमा सुधार आएन भने सबैको लागि असुरक्षित हो।'
डा. अनिलका अनुसार यातायातको समस्याले स्वास्थ्य क्षेत्रलाई धेरै असर गरेको छ। 'एक हप्तामा फलोअप आउनुपर्ने बिरामी एक महिनामा पनि आउँदैनन्,' उनले भने, 'इमर्जेन्सीमा आउनका लागि बिरामीले ट्याक्सी पाउँदैनन्। डाक्टर पनि समयमा पुग्न सक्दैनन्। अस्पतालका लागि डिजेल–पेट्रोल त होला तर असहजता लम्बिइरह्यो भने कल्पना गरेभन्दा भयावह स्थिति आउन सक्छ।'
बजारमा औषधिको चरम अभाव भयो भने पनि सुनौली नाकाबाट आयात भइरहेको औषधि उत्पादक तथा आयातकर्ता पृथ्वी वैद्य बताउँछन्। उनका अनुसार औषधि त आएको छ तर वितरण गर्ने व्यवस्थापन राम्रो नभएका कारण अभाव देखिएको हो। अन्य नाकाबाट औषधि भित्रिएको दाबी गरे पनि वीरगन्जबाट भने औषधि आउन नसकेको उनी स्वीकार्छन्। बिरामीकै कारण अहिले औषधीको अभाव भएको उनको बुझाइ छ। 'पहिला–पहिला बिरामीले एक महिनाको लागि औषधी किन्थे, अहिले एकैचोटि सात/आठ महिनाका लागि किनेर राख्ने बानी देखापरेको छ।' काठमाडौंमा भारतको आयात धेरै नभएको र वीरगन्जको नाकामा भएको कडाइले गर्दा अभाव चर्किएको उनले बताए।
२० वर्षदेखि डायलाइसिस गरेरै बाँचिरहेका गिरीप्रसाद पुनको घरमा अहिले ग्यास छैन। 'चापागाउँ भन्दा माथिको गाउँमा गएर आठ रुपैयाँ किलोको दाउरा ल्याउने गरेका छौं,' उनले भने, 'दिनचर्या कठिन छ।' उनको श्रीमतीलाई मुटु सुनिने रोग छ। औषधि नपाए दुवैको ज्यान जाने खतरा छ। धेरै मेहनत गर्ने ताकत पनि शरीरमा छैन।
'डायलाइसिस नगरे बाँचिदैन। औषधिमै दुवैको सास अड्केको छ,' उनले मसिनो स्वरमा भने, 'यस्तै अभाव भइरह्यो भने बाँचिएला भन्ने आश छैन।'