काठमाडौ-अनुगमनका बेला ४६ जना नक्कली फ्याकल्टी (खडेबाबा) भेटिएको विराटनगरस्थित नोबेल मेडिकल कलेजको सिट घटाउने नेपाल मेडिकल काउन्सिलको निर्णय कार्यान्वयन नगर्न पुनरावेदन अदालत पाटनले अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश प्रमोदकुमार श्रेष्ठ वैद्यको एकल एजलासले काउन्सिलले एमबिबिएस तहमा निर्धारण गरेको विद्यार्थी भर्नासम्बन्धी निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । कात्तिक २३ को यो आदेशकै आधारमा कलेज प्रशासनले अघिल्लो वर्ष तोकिएकै सिट संख्यामा भर्ना लिन सुरु गरेको छ ।
नेपाल मेडिकल काउन्सिल ऐनअनुसार कलेजले मागेअनुसार १ सय ५० विद्यार्थीका लागि प्रयाप्त पूर्वाधार नभएको भन्दै काउन्सिलले मापदण्ड र उपलब्ध पूर्वाधारका आधारमा यो वर्ष नोबेललाई १ सय २५ वटा कोटा दिने निर्णय गरेको थियो । काउन्सिलले सो कलेजलाई बिडिएसमा २५ जना मात्रै विद्यार्थी भर्ना गर्ने अनुमति दिएको छ ।
नोबेलले तीन वर्षदेखि १ सय ५० विद्यार्थीको कोटा पाउँदै आएको थियो । यो वर्ष काउन्सिल टोलीले निरीक्षण गर्दा नोबेलमा ४६ खँडेबाबा भेटिएका थिए । काउन्सिलले ती खडेबाबाबो नाम नै सार्वजनिक गरेको थियो ।
काउन्सिलका अध्यक्ष डा. धर्मकान्त बाँस्कोटाले अनुगमनका क्रममा पर्याप्त प्राज्ञिक पूर्वाधार (प्राध्यापक) पूरा गरेको नभेटिएको जनाउँदै अदालतको आदेशलाई पुनरावेदन गर्ने बताए ।
यसवर्ष नै नोबेललगायत काठमाडौं विश्वविद्यालय (केयु) अन्तर्गतका कलेजहरूले सरकारको निर्णयविपरीत मनपर्दी शुल्क लिएर र योग्यता सूची उल्लंघन गरेर धमाधम भर्ना गरेको भन्ने विषयमा सर्वोच्च अदालतमा मुद्दा दायर भएको थियो । सो सम्बन्धमा सर्वोच्चले भने कात्तिक १३ मा केयुअन्तर्गतका कलेजमा एमबिबिएस विद्यार्थी भर्ना रोकेर थप छलफल गर्न बोलाएको थियो ।
पुनरावेदन अदालतको आदेशमा नेपाल मेडिकल काउन्सिलको गत असोज २२ को निर्णयले निवेदकलाई पर्न सक्ने क्षति एवं सुविधा सन्तुलनको दृष्टिबाट समेत कार्यान्वयन हुनुपर्ने नदेखिएको भन्दै निवेदनको अन्तिम टुंगो नलाग्दासम्म कार्यन्वयन नगर्न÷नगराउन भनिएको छ ।
नोबेलले दायर गरेको मुद्दाको आदेशमा पुनरावेदनले काउन्सिलले सन् २०१३ को एमबिबिएस कार्यक्रमसम्बन्धी मापदण्डविपरीत सिट निर्धारण गरेको र उक्त कार्य नियमावलीविपरीत भएको जनाएको छ । भदौ १७ गते काउन्सिलकै निरीक्षण टोलीले दिएको प्रतिवेदनका आधारमा कलेजले १ सय ५० सिटकै लागि पूर्वाधार पूरा गरेको आदेशमा उल्लेख छ ।
त्रिवि शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ डा. गोविन्द केसीको अनशन र चिकित्सा शिक्षासम्बन्धी माथेमा प्रतिवेदनको आधारमा सरकारले असोज १ गते मन्त्रिपरिषदबाट मेडिकल कलेजको एमबिबिएस तर्फको सिट सय काम गर्ने गरी क्रमशः घटाउने निर्णय गरेको थियो । सो आधारमा सामाजिक समितिले यो वर्ष अधिकतम १ सय ३५, दोस्रो १ सय १५ र तेस्रो वर्ष सयमा सीमित गर्नेगरी कार्यन्वयन थाल्न काउन्सिललाई पत्राचार गरेको थियो । यस आधारमा नेपाल मेडिकल काउन्सिलको पूर्ण बैठकले सरकारको निर्णय कार्यान्वयन गर्ने भन्दै सम्पूर्ण विश्वविद्यालय र कलेजलाई पत्राचार गरेको थियो ।
यसअघि पनि कलेजको सिट संख्यालाई लिएर पुनरावेदन पाटन एवं सर्वोच्चले समेत फरक कलेजका विषयमा गरेका फैसला नै छानबिन भइरहेका छन् । न्यायपरिषदले दुई सदस्यीय छानबिन समिति बनाएर मेडिकल कलेजसम्बन्धी फैसलाो अध्ययन गरिरहेको छ । सो समितिमा रामप्रसाद श्रेष्ठ र रामप्रसाद सिटौला सदस्य छन् । सिटौलाको पदावधि थप नभएकाले अर्को नियुक्ति नभएसम्म अनुसन्धान रोकिएको छ ।
नेपाल मेडिकल काउन्सिल ऐनअनुसार प्रत्येक वर्ष विश्वविद्यालय र काउन्सिलले गर्ने निरीक्षणका आधारमा विश्वविद्यालयले गरेको सिट संख्याको सिफारिसलाई आधार मानेर काउन्सिलले अन्तिम संख्या टुंगो लगाउँछ । पछिल्ला दिनमा कलेजहरूले बिनाभौतिक र प्राज्ञिक पूर्वाधार ठूलो संख्यामा विद्यार्थी भर्ना गर्ने गरेको भन्दै डा. केसीले विभिन्न अनशनका क्रममा आवाज उठाउँदै आएका थिए ।
नेपाल मेडिकल काउन्सिलले समेत सिट तोक्ने प्रयास गरे पनि कलेज संचालकहरू पटकपटक अदालत जाने र अदालतले समेत काउन्सिलको निर्णयविपरीत आदेश दिने गरेपछि पछिल्लोपटक न्यायपरिषदले विवादित फैसलाको अनुसन्धान थालेको थियो ।
यसअघि २०७० को शैक्षिक वर्षका लागि जानकी मेडिकल कलेजको पूर्वाधार नपुगेको भन्दै काउन्सिलले कुनै पनि सिट नदिने निर्णय गरेको थियो । तर, पुनरावेदन पाटनले नै फागुन २६ गते सो निर्णय कार्यान्वयनमा रोक लगाएको थियो । त्यसै गरी सोही वर्ष पिपल्स डेन्टलको सिट कटौतीको निर्णयविरुद्ध समेत पाटनले नै निर्णय कार्यान्वयनमा रोक लगाएको थियो ।
सर्वोच्चले ०७१ सालमा पनि नोबेलको एमडिएमएसको सिट कटौती गर्ने निर्णय कार्यान्वयन नगर्न र पिलल्स डेन्टलको एमडिएस सिट कटौती रोक्न आदेश दिएको थियो । ०७१ मा पुनः जानकी मेडिकल कलेज पनि सिट कटौतीविरुद्ध सर्वोच्च गए पनि अन्तरिम आदेश जारी नभएपछि सिट नदिने निर्णय सदर भएको थियो ।