औषधि हवाई मार्गबाट ल्याइने
२१ कार्तिक २०७२
•
८ मिनेट पाठ
औषधि हवाई मार्गबाट ल्याइने
काठमाडौं–सरकारले औषधि तथा औषधिजन्य उपकरण अभाव हुन नदिन ती सामान हवाई मार्गबाट ढुवानी गर्ने भएको छ।बजारमा केही अत्यावश्यकीय औषधि अभाव हुन लागेको भन्दै त्यसको व्यवस्थापनका लागि सरकारसँग ठूला अस्पतालले आग्रह गरेपछि सरकारले हवाई मार्गबाट ढुवानी गर्ने निर्णय गरेको हो।

स्वास्थ्य मन्त्रालयले यसका लागि आपूर्तिकर्ता निकाय तथा सरकारका विभिन्न निकायका प्रनिनिधि सम्मिलित कार्यदल नै बनाएको छ । 'कार्यदलले शुक्रबार नै बृहत बैठक बोलाएर अत्यावश्यकीय औषधि र उपकरण अभाव हुन नदिन सबै खालका उपाय खोज्ने निर्णय गरेको छ,' औषधि व्यवस्था विभागका महानिर्देशक बालकृष्ण खकुरेलले भने ।

एक साताअघि ९ ठूला सरकारी अस्पतालका निर्देशकले आपूर्तिमन्त्री र स्वास्थ्य सचिवलाई भेटेर सलाइन र आपतकालीन उपचारमा चाहिने औषधिको अभाव सुरु भएको र भण्डारण गरिएका अन्य औषधिले लामो समय धान्न सक्ने अवस्था नरहेको भन्दै गम्भीर बन्न ध्यानाकर्षण गराका थिए । आफूहरूले आपूर्ति र पर्याप्त स्टक राख्नुपर्ने भन्दै ६० भन्दा बढी प्रकारका औषधिको सूचीसमेत सरकारलाई बुझाएको वीर अस्पतालका निर्देशक डा. स्वयंप्रकाश पण्डितले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयमा सचिव शान्तबहादुर श्रेष्ठको उपस्थितिमा बसेको बैठकमा नेपाल औषधि उत्पादक संघ, नेपाल औषधि व्यवसायी संघ, केमिकल तथा मेडिकल सप्लायर्स एसोसिएसन नेपाल, नेपाल औषधि बिक्री प्रबन्धक संगठन, नेपाल निजी स्वास्थ्य संस्था संघसहित गृह, उद्योग, पर्यटन तथा नागरिक उड्डयन, वाणिज्य तथा आपूर्ति, रक्षा मन्त्रालयका समेत उच्च अधिकारी सहभागी थिए ।

बैठकले स्वास्थ्यकर्मी तथा उपभोक्ताले साविककै औषधिको सिफारिस र सदुपयोग यथावत राख्न सकिने भन्दै ब्रान्ड विशेषका औषधि अभाव भए सट्टामा सोही प्रकृतिका अनुकूल हुने अन्य सिफारिस गर्न÷गराउन पहल गर्नेसमेत निर्णय गरेको विभाग महानिर्देशक खकुरेलले बताए ।

औषधि उत्पादक संघका वरिष्ठ उपाध्यक्ष दीपकप्रसाद दाहालले सरकारले कम्पनीहरूलाई इन्धन र आन्तरिक पारवहनमा सहजीकरण गरिदिए औषधि अभाव नहुने बताए । 'इन्धनमा कम्पनीहरूलाई प्राथमिकता दिनुपर्छ, अहिले नेपाल भित्रिइसकेका केमिकल उत्पादन पनि एक ठाउँबाट अर्को ठाउँमा लान समस्या परेको छ,' उनले भने, 'सरकारले त्यतातिर ध्यान दिनुपर्छ ।'

त्यसैगरी न्यून मौज्दात भएका औषधिको उत्पादन तथा आयातका लागि नेपाल सरकारको सहयोग लिन उत्पादन संघ, बिक्रेता संघ र सरकारी आपूर्तिकर्ता सहमत भएका छन् । उनीहरूले आयात उपलब्धता र मौज्दातको सुनिश्चित वितरणका लािग ढुवानी÷सुरक्षा, इन्धन उपलब्धता, यातायात सहजता र हवाई मार्ग प्रयोगमा प्राथमिकता दिने निर्णय गरेको खकुरेलले जानकारी दिए ।

यसअघि बिहीबारै स्वास्थ्य मन्त्रालयले आपूर्तिकर्ता उत्पादकहरूको बैठक राखेर औषधि र उपकरण सहज आपूर्ति गर्न शुक्रबार बृहत बैठक बोलाउने निर्णय गरेको थियो । भारतले गरेको नाकाबन्दीका कारण सुईजन्य तथा गम्भीर रोगका केही विशेष औषधि अभाव सिर्जना भएको छ । कतिपय औषधि प्रयोगकर्ताले अभाव हुने त्रासमा बढी स्टक राखेकाले पनि अभाव बढ्दै गएको बिक्रेताहरूको भनाइ छ ।

चिकित्सकहरू अस्पतालका अनुसार सलाइन, एन्टिबायोटिक, सोडा बायो कार्बोनेट, पोटासियम क्लोराइड, एट्रोमिन तथा सुईजन्य औषधिको स्टक कम छ । बैठकमा बिक्रेताहरूले भने सरकारले बाटो सहज गरेको खण्डमा औषधि अभाव हुन नदिने भन्दै त्यसका लागि सरकारले सहजीकरण गर्नुपर्ने बताएका थिए । अहिले दर्ता भएर भारतबाट ल्याइरहेका औषधि ल्याउन नसकेको अवस्था पनि राम्रा कम्पनीका औषधि दर्ता नभईकन पनि ल्याउन दिनुपर्ने भनाइ बिक्रेताहरूको थियो ।

उत्पादक संघका वरिष्ठ उपाध्यक्ष दाहालले नेपालमा हुने कुल औषधि खपतमा नेपाली औषधि उद्योगको हिस्सा ४५ प्रतिशत मात्रै भए पनि अत्यावश्यकीय (लाइफसेभिङ) औषधिमा ७० प्रतिशत आत्मनिर्भर रहेको जानकारी दिए ।

'हामीले उत्पादन गर्न सक्ने औषधिमा पनि प्याकिङ गर्ने सामग्री र कच्चापदार्थ भन्सारमा रोकिएका छन्,' दाहालले भने, 'तर पनि अझै दुई महिना हामी धान्न सक्छौं ।' उनले अहिलेको अवस्थामा नेपाली कम्पनीले सलाइन उत्पादन गर्न नसकेको भन्दै त्यसका लागि पनि नेपालकै एक कम्पनीले अन्तिम तयारी गरेको जानकारी दिए । 'शनिबारै मेरो कुरा भएको थियो, हिमालयन प्यारेन्टल भन्ने कम्पनीले यही बीचमा उत्पादन थाल्न सक्छ, उसको कच्चापदार्थ जलेश्वर भन्सारमा आएर रोकिएको छ,' दाहालले भने, 'त्यो आउनसाथ सक्छु भनेको छ ।'

दाहालले नेपाली कम्पनीले एन्टिबायोटिक्स, मुटु, डाइबिटिजका औषधि उत्पादन थालिसकेको भए पनि मात्रा केही कम भएको बताए । उनले सलाइनसँगै इन्जेक्टेबल ड्रग र इन्सुलिन बाहिरबाटै मगाउनुपर्ने अवस्था रहेको र त्यसका लागि बिक्रेताले हवाईमार्गबाटै ल्याउने प्रतिबद्धता गरेको बताए । 'ती औषधि पनि डेढ महिनालाई छ, एउटै ब्रान्डको नभए पनि अर्को दिएर भए पनि औषधि नपाएर कुनै नेपाली मर्ने अवस्था आउन नदिने संयुक्त रूपमा लाग्छांै,' दाहालले भने ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस