झापा-काँकडभिट्टा नाकाबाट इन्धन आउन बन्द भएको बिहीबार चार दिन भएको छ । त्ययसअघि थोरै परिमाणमा भए पनि आउँदै गरेको इन्धन चार दिनयता आउनै ठप्प छ । चार दिनदेखि इन्धन आयात ठप्प भएपछि जिल्लामा इन्धन अभावको मार चुलिएको छ ।दिन बिराएर इन्धन आउँदै गरेका बेला चार दिनयता ठप्पै भएपछि सीमा क्षेत्रमै पनि इन्धन संकट चुलिएको हो ।
'हाम्रा भए जति इन्धनका गाडी सबै लोड भएका छन्', नेपाल पेट्रोलियम डिलर्स एशोसिएशनका अध्यक्ष लय भण्डारीले भने 'तर, नाकामा रोकिएका छन् । कहिले यता आउँछन् टुंगो छैन ।' सीमावर्ती भारतीय नाका पानीट्यांकीमा एक सातायता नेपालतिर आउँदै गरेका मालबाहक गाडीलाई भारतीय सुरक्षाकर्मीले रोकेर राखेका छन् । इन्धन बोकेका गाडी पनि त्यही हुलमा रोकिएका छन् ।
भारतीय सुरक्षाकर्मीले सबै साधनलाई लाइनमा बस्न र सुरक्षा जाँच पूरा गरेर मात्रै जान भनिरहेका छन् । तर, उनीहरुले एउटै गाडी जाँच्न पनि घण्टौं लगाइइरहेका छन् । जसका कारण नेपाल आउने गाडी संख्या कम भएको छ । बिहीबार दिउँसो तीन बजेसम्ममा ३५ वटा गाडी नेपाल भित्रेका छन् । तर, त्यसमा इन्धनका एउटै पनि छैनन् ।