काठमाडौं- एमबिबिएस तहमा मेरिट (योग्यताक्रम) का आधारमा विद्यार्थी भर्ना गर्ने सरकारी निर्णयविपरीत विश्वविद्यालयहरूकै संलग्नतामा मेडिकल कलेजहरूले मनपरी शुल्क लिएर जथाभावी विद्यार्थी भर्ना गराएका छन्।
चिकित्सा शिक्षा पढ्ने विद्यार्थी छनोटदेखि नै गुणस्तर कायम गर्न र मनपरी शुल्क हटाएर कम विपन्न समुदायका योग्य विद्यार्थीको समेत मेडिकल शिक्षामा पहुँच पुर्या उन भन्दै सरकार मेरिट भर्ना र शुल्क सीमा तोक्ने निर्णय गरेको थियो।
चिकित्सा शिक्षासम्बन्धी माथेमा कार्यदलको प्रतिवेदनअनुसार मन्त्रिपरिषदको सामाजिक समितिले असोज १ गते यस्तो निर्णय गरेको थियो। सो आधारमा शिक्षा मन्त्रालयले असोज ५ गते नै विश्वविद्यालय र प्रतिष्ठानलाई निर्णय कार्यान्वयन गर्न निर्देशनसमेत दिएको थियो।
सरकारको निर्णयविपरीत सबैभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिएको काठमाडौं विश्वविद्यालय (केयु) ले नै निर्णय कार्यान्वयन गरेको छैन। केयुले विश्वविद्यालयले लिएको प्रवेश परीक्षाको मेरिट सूचीलाई पन्छाएर भर्नाको अधिकार कलेजलाई दिएको छ। आइओएमले भने सुरुमा अटेरी गरे पनि दबाबपछि म्यारिटकै आधारमा भर्ना गर्ने जनाएको छ।
विश्वविद्यालयहरूले एमबिबिएस भर्नामा मेरिट प्रणाली लागू नगर्दा विद्यार्थी भर्नामा योग्यताभन्दा पैसा बढी दिनेलाई कलेजहरूले प्राथमिकता दिने गरेका छन्। यसले गर्दा योग्य र क्षमता भएकाभन्दा पनि पैसा भएका विद्यार्थी डाक्टर बन्ने र यसले कमजोर चिकित्सा उत्पादन हुने गरेको भन्दै चिकित्सा शिक्षासम्बन्धी माथेमा कार्यदलले भर्नामा मेरिट प्रणाली लागू गर्न र एममबिएस शुल्क बढीमा ३५ लाख तोक्न सुझाव दिएको थियो।
दुवै विश्वविद्यालयले शुल्क विश्वविद्यालयमा नलिएर कलेजमै बुझाउने भन्दै शुल्कमा चलखेलको बाटो छाडिदिएका छन्। केयुअन्तर्गतको नेपालगन्ज, नेपाल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेजले सार्वजनिक सूचनामार्फत नै एमबिबिएस अध्ययन शुल्क ४२ देखि ४८ लाखसम्म तोकेका छन्। काठमाडौ मेडिकल कलेजले केयुको निर्णयको आधारमा १३५ सिटमध्ये ७८ जनाको मात्रै मेरिटलिस्ट सार्वजनिक गरेको छ। यसले बाँकी सिटमा कम नम्बर ल्याएका विद्यार्थी बार्गेनिङ गरेरै भर्ना गर्ने केएमसीको तयारी छ।
केयुअन्तर्गत १० मेडिकल कलेजमा १ हजारभन्दा बढी एमबिबिएस कोटा र त्रिविअन्तर्गतका ७ कलेजमा करिब ६ सय कोटा छ। कलेज सञ्चालकहरूले सरकारले तोकिएको शुल्क अनुसार मात्रै रसिद दिने र आफूहरूले तोकेको शुल्क तिर्न तयार हुने भए मात्रै भर्ना गर्ने बताएका छन्। विद्यार्थीले कलेजका प्रतिनिधिहरूको अडियोसहित विश्वविद्यालय र मन्त्रालयमा समेत गुनासो गरे पनि सुनुवाइ नभएको बताएका छन्।
कलेजहरूमा भर्नाका लागि पुगेका अविभावक र विद्यार्थीसँग मेरिट र शुल्क सीमा दुपै लागू नहुने बताउँदै फकाइरहेका छन्। विद्यार्थी र अभिभावकले मौखिक रूपमा गुनासो गरे पनि लिखित रूपमा उजुरी गर्न डराएकाले कलेजहरूलाई कारबाही गर्न नसकिएको शिक्षा मन्त्रालयले जनाएको छ।
केयुले ७० प्रतिशत प्रवेश परीक्षा र ३० प्रतिशत प्लस टुको प्राप्तांकको आधारमा नयाँ मेरिट लिस्ट बनाएर भर्ना गर्ने भन्दै चलखेलको बाटो खोलेको छ। यो सर्तले म्यारिट सूचीमा पढ्ने विद्यार्थी संख्या बढ्छ। त्यसबाहेक केयुले यो सूची मात्रै नभएर शुल्कसम्बन्धी निर्णयसमेत कार्यान्वयन नगरेकाले केयुअन्तर्गतका कलेजहरूले मेरिटमा अगाडि परेका स्वतः बाहिरिने र मेरिटमा पछाडि परे पनि बढी शुल्क तिर्न तयार विद्यार्थीलाई भर्ना लिइरहेका छन्। केयुअन्तर्गतका नेपालगन्ज, नोबल, भरतपुर, नेपाल मेडिकल र काठमाडौं मेडिकल कलेजले शुल्क र सिट दुवै सीमालाई अटेरी गरेर भर्ना गरिरहेका छन्।
केयुका सहायक डिन डा. राजेन्द्र कोजुले केयुअन्तर्गतका कलेजमा शुल्क सीमा लागू गर्न समस्या परेको भन्दै भर्नामा मेरिट प्रणाली लागू भएको बताए। उनले ७० र ३० को प्रणालीले प्रवेश परीक्षामा नराम्रो गरेकाहरूलाई समेत अवसर दिएको भन्दै यो पनि मेरिट प्रणालीविपरीत नभएको बताए। उनले शुल्कको हकमा भने कलेजहरूले गत वर्षभन्दा बढाएर नलिएको बताए। उनले काठमाडौं भित्रका मेडिकल कलेजले ३५ लाख नै शुल्क लिनुपर्ने भए पनि काठमाडौं बाहिरका कलेजलाई भने फ्याकल्टी बोर्डले तोक्ने भनिए पनि नसकेको बताए। 'हाम्रो फ्याकल्टी बोर्ड एकेडेमिक मात्रै हो, प्रशासनिक हैन, त्यसैले शुल्क तोक्न भने सकिएको छैन,' उनले भने। उनले शुल्क कति गर्ने भन्नेबारे शिक्षा मन्त्रालयलाई पत्राचार गरेर राय मागे पनि जवाफ नआएकाले कलेजहरूलाई कडाइ गर्न नसकिएको समेत बताए।
त्यसैगरी त्रिविअन्तर्गतको चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) ले पनि सुरुमा मेरिट लागू गर्ने भनेर गत कात्तिक १५ गते मेरिट सूचीमा परेका विद्यार्थी कलेज छनोटका लागि बोलाएको थियो। तर त्यसको अघिल्लो दिन एकाएक सूचनामार्फत यो कार्यक्रम स्थगन गरेसँगै त्रिवि शिक्षण अस्पतालका वरिष्ठ रोग विशेषज्ञ डा. गोविन्द केसीलगायत रेजिडेन्ट चिकित्सकले पदाधिकारीलाई दबाब दिएसँगै आइओएमले यही १७ गतेदेखि पुनः कलेज छनोट एवं काउन्सिलिङको मिति तय गरेको छ। यो आधारमा विद्यार्थी छान्ने अवसर पाए पनि आइओएमले भर्ना विश्वविद्यालयमै गरेर शुल्कचाहिँ कलेजमै बुझाउने भन्दै कलेजहरूलाई चलखेलको ठाउँ छाडिदिएको छ।
आइओएमका डिन डा. राकेशप्रसाद श्रीवास्तव मेरिट भर्ना प्रणाली आइओएमअन्तर्गतका कलेजमा लागू हुने बताए। 'हामी मेरिट प्रणालीबाट पछाडि हट्दैनौं। शुल्क पनि ३५ लाख नै हो, तर पैसा कलेजमै बुझाउने हो,' उनले भने। उनले तोकिएभन्दा बढी शुल्क नबुझाउन अविभावकसमेत सचेत हुनुपर्ने बताए। आइओएम स्रोतका अनुसार केयुले शुल्क र भर्नामा मनपर्दी छाडिदिएको भन्दा आइओएमका केही पदाधिकारी पनि कडाइ गर्न नहुने पक्षमा उभिएकै कारण सुरुमा परीक्षा रोकिएको हो।
शिक्षा मन्त्रालयका प्रवक्ता एवं सहसचिव हरि लम्सालले शुल्क र विद्यार्थी भर्नामा मेरिट प्रणाली लागू गर्न विशवविद्यालयलाई पत्र पठाइसके पनि कार्यान्वयन नगरेको गुनासो आएको बताए। उनले नेपाल सरकारका निर्णय कार्यान्वयन गर्नुपर्ने बताए।
मन्त्रालय स्रोतका अनुसार शिक्षामन्त्री गिरिराजमणि पोखरेलले केयुले निर्णय कार्यान्वयन नगरे कारबाही गर्न स्पष्ट निर्देशन दिएपछि मन्त्रालयले प्रक्रिया थालेको छ। सुरुमा केयुका रजिस्ट्रारसहित केही पदाधिकारीलाई बोलाएर निर्णय कार्यान्वयन नगरे कारबाही गर्ने चेतावनी दिइसकेका छन्। सो आधारमा मन्त्रालयले पुनः सूचना जारी गरेर विश्वविद्यालयलाई निर्देशन नमाने कारबाहीको चेतावनी दिएको छ भने विद्यार्थी र अविभावकलाई सचेत गराएको छ।