रोल्पामा साइकलबाट लडेर एक युवकको मृत्यु भएको छ। शुक्रबार बेलुका करिब ६ बजे तिर रोल्पा परिवर्तन गाउँपालिका–५ खेसावाङ छेरा बस्ने शेरबहादुर वलीका छोरा अन्दाजी २१ वर्षीय दिनेश वलीको मृत्यु भएको हो।
बाटोमा साइकल चलाउने क्रममा साइकल अनियन्त्रित भई बाटोबाट अन्दाजी ३ सय मिटर तल खस्दा उनी घाइते भएका थिए। घाइते उनलाई स्थानीय मेडिकलमा सामान्य उपचार पश्चात् थप उपचारको लागि जिल्ला अस्पताल रेउघा तर्फ ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले बताएको छ।