झापा- छत्तीस वर्षदेखि काँकडभिट्टा–काठमाडौं रुटमा बस चलाउँदै आएका खड्ग कार्कीले यति लामो 'ड्राइभिङ' करिअरमा कहिल्यै दुर्घटना गराएका छैनन्। जति गाडी चलाए, सबै यात्रुलाई सकुशल गन्तव्यमा पुर्यागए। उनको त्यही कार्यकुशलताको कदर गर्दै गत वर्ष मेची बस व्यवसायी संघले उनलाई उत्कृष्ट चालकको रुपमा सम्मानित पनि गर्योा।असोज १६, २०७२। ५६ वर्षीय कार्कीका लागि यस दिन सबैभन्दा पीडादायी बन्नपुग्यो। धन्य मृत्युको मुखबाट फर्किए उनी। प्रहरी सुरक्षा घेराभित्र गाडी चलाइरहँदा उनी कसैको निसानामा परे।
मकालु यातायातको ना४ख ८४४६ नम्बरको यात्रुबसमा ३६ जना यात्रु लिएर काठमाडौं जाँदै गर्दा उनीमाथि मधेसी आन्दोलनकारीबाट सांघातिक हमला भयो।
सुनसरीको हरिपुर र भन्टाबारीबीच राति पौने १ बजेको घटना थियो त्यो। आक्रमणमा उनको दायाँ कुमको हड्डी भाँच्चियो। 'गाडी प्रहरी स्कर्टिङमा थिए, मेरो गाडी १६ औं नम्बरमा थियो', त्यस दिनको घटना सम्भि्कँदै उनले भने, 'एकैचोटि ढुंगा आयो, सिसा फोडेर मेरो कुममा बजि्रयो।'
उनले स्टेयरिङ छाडेनन् र गाडी लगातार चलाइरहे। बिहान ६ बज्दा जब उनी यात्रुसहित हेटौंडा पुगे, त्यहाँ पुग्दा उनी सम्हालिन नसक्ने भइसकेका थिए। 'दुखेर गाडी चलाउनै नसक्ने अवस्था भयो', उनले भने, 'पछि डाक्टरलाई देखाएर एक्स रे गराउँदा कुमको हड्डी भाँच्चिएको देखियो। हेल्मेट लगाएका कारण टाउकोचाहिँ जोगिएछ।'
अहिले चिकित्सकको सल्लाहअनुसार काँकडभिट्टास्थित घरैमा आराम गरिरहेका उनले जनाएअनुसार उनीभन्दा पनि गम्भीर अवस्थामा उनका अरू चार जना सहकर्मी अस्पतालमा उपचाररत छन्। ना४ख ९०२४ नम्बर बसका चालक राजेन्द्र खतिवडा चितवन मेडिकल कलेजमा उपचाररत छन्। उनको अनुहारमा आन्दोलनकारीले अन्धधुन्ध हानेको ढुंगाले चोटै चोट छ। मकालु यातायातकै अन्य दुई जना चालक सिलिगुढीमा उपचाररत छन्।
लामो समयदेखि जारी तराई तनाबले यातायात क्षेत्र असुरक्षित बनेको छ। ती साधनमा काम गर्ने अधिकांश यातायात मजदुरहरु जोखिम मोलेर कार्यक्षेत्रमा खटिन बाध्य छन्।
झापाबाट राजधानीसहित पश्चिम नेपालका लागि छुट्ने यात्रुबसमध्ये ज्यादै थोरै मात्रै सद्दे छन्। बाँकी सयौं बस तोडफोडसहितको आक्रमणको निसानामा परेका छन्। यसले यातायात मजदुर मात्रै होइन, यात्रु पनि ज्यानको जोखिम मोलेर यात्रा गर्न बाध्य छन्। 'माओवादी द्वन्द्वकालमा गाडीबाट यात्रु ओरालेर बरु गाडीमा आगो लगाउँथे', मेची बस व्यवसायी संघका सदस्य राजकुमार पाण्डे भन्छन्, 'अहिले त मान्छेसहितको गाडीमा आक्रमण भइरहेको छ। यसले ज्यादै ठूलो रिस्क बढाएको छ।'
उनका अनुसार मेची बस व्यवसायी संघमार्फत मेची अञ्चलबाट दैनिक ५० वटा बस राजधानीसहित पश्चिम नेपाल जान्छन्। जसमा ७५ प्रतिशत गाडी आन्दोलनकारीको निशानामा परेका छन्। दर्जनौं यातायातकर्मी र यात्रु घाइते भएका छन्।
आन्दोलनकारीको अन्धधुन्ध आक्रमणबाट बालबाल बचेका यात्रु फेरि गाडी चढ्ने कि नचढ्ने, दोधारमा छन्। दसैं बिदामा काठमाडौंबाट भद्रपुरस्थित घर आउँदा ढल्केबरनजिकै आफू चढेको गाडी आक्रमणमा पर्दा भद्रपुर–८ का प्रणय ओझाको छातीमा ढुंगाले लाग्यो। 'सिसा फुटेर आएर ढुंगाले लाग्यो', उनले भने, 'धन्य ज्यान जोगियो।' उनका अनुसार त्यस दिन अरू धेरै यात्रु घाइते भएका थिए।
अढाई महिनाभन्दा बढी समयदेखि तराई क्षेत्रमा रहेको अशान्तिको सबैभन्दा ठूलो क्षति यातायात क्षेत्रले बेहोरिरहेको छ। यातायातका साधन सबैभन्दा ठूलो निसानामा छन्। मध्यतराईका अधिकांश जिल्लामा रात्रि बसमाथि तोडफोड भइरहेको छ।
'८० प्रतिशतभन्दा धेरै सवारीसाधनमा तोडफोड भएको छ, गाडी सद्दे छैनन्', हिमाल यातायात व्यवसायी संघका सल्लाहकार शेखर शर्मा गुरागाईं भन्छन्, 'हिमाल यातायातका ६२ वटामध्ये १२ वटा जति गाडी सद्दे छन्।'
मेची अञ्चलबाट दैनिक २ सयभन्दा धेरै यात्रुबाहक बस छुट्ने गरेका छन्। तर, इन्धन अभावका कारण दसैमा समेत झापासहित मेची अञ्चलबाट आधाभन्दा कम सवारीसाधन चलेका छन्। 'स्कर्टिङ गरेरै यातायातका साधन सञ्चालन भइरहेका छन्', झापा ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्स्पेक्टर रोशन आचार्यले भने, 'तर धेरै बसमा तोडफोड भएको छ।'
असुरक्षाको चरम समस्या झेल्दै गरेको यातायात क्षेत्रमा कार्यरत चालक र मजदुरले हेल्मेट प्रयोग गरिरहेका छन्। 'असुरक्षाको मार यातायात व्यवसायीले भोगिरहेका छन्', उज्यालो यातायात व्यवसायी संघका सहसचिव केवलराम राईले भने, 'जोखिमपूर्ण तरिकाले गाडी सञ्चालित छन्।'
राईका अनुसार उज्यालोका ८ वटामध्ये ४ वटा काठमाडौं रुटका बसका सिसा फुटेका छन्। सबै चालकलाई हेल्मेट दिइएको उनले बताएका छन्। गाडीको सिसा जोगाउन तारको जाली समेत लगाउन थालेको उनले बताए।
यातायात व्यवसायीका अनुसार पूर्वबाट काठमाडौं उपत्यकासहित पश्चिमी क्षेत्रमा जाने सवारीसाधनमध्ये धेरै जसोमा मध्यतराईमा आक्रमण भएको छ। काठमाडौं जाने सवारीसाधनलाई उच्च जोखिममा रहेको इटहरीबाट ढल्केबरसम्मको इलाकामा सुरक्षाकर्मीले निगरानी गर्दै आएका छन्। मेची बस व्यवसायी संघका ४५ सहित २ सयवटा सवारीसाधन सञ्चालनमा रहे पनि अहिले इन्धन अभावले सीमित सवारीसाधन गन्तव्यतर्फ प्रस्थान गर्ने गरेका छन्। चस्मा र हेल्मेट लगाएर गाडी हाँके पनि आन्दोलनकारीको आक्रमण कहिले भोग्नुपर्ने हो भन्ने पत्तो नहुँदा चालक त्रासदीमा छन्।
आन्दोलनकारीको आक्रमणबाट सिसा फुटेपछि त्यसको विकल्पमा प्लास्टिक प्रयोग गर्न यातायात व्यवसायी विवश छन्। 'बैंकको किस्ता तिर्न धौ–धौ छ, भगवान भरोसामै गाडी चलाइँदैछ', महासचिव राईले भने, 'यातायात सुरक्षा गर्न राज्यको उपस्थिति छैन, ८ लाख क्षति भइसक्यो, यात्रुकै सुविधाकै लागि मात्रै गाडी चलाएका हौं।' उनले चालक र कर्मचारी सुरक्षा गर्न सिसा फुटेपछि विशेष किसिमको प्लास्टिकको प्रयोग गरिएको बताएका छन्। 'यात्रुलाई सुरक्षित रुपमा गन्तव्यमा पुर्यासउनु हाम्रो दायित्व हो', राईले भने, 'समस्या समाधानको दायित्व सरकारको हातमा छ, स्थिति भयावह हुनुअघि नै समाधान खोजिनुपर्छ।'
यातायात व्यवसायी गुरागाईंका सिसा जोगाउन जाली पनि लगाइएको छ। संघसम्बद्ध सवारीसाधनमा भएको तोडफोडबाट १८ लाखभन्दा धेरैको क्षति भइसकेको उनले बताए। दसैंतिहारपछि पनि स्थिति नसुधि्रए यातायात सञ्चालन गर्न नसकिने गुरागाईंले प्रस्ट्याए। उनले भने, 'प्लास्टिक, कार्टुन र हेल्मेटको भरमा सधैं गाडी चलाउन सकिँदैन।'
यातायात व्यवसायीले दसैंतिहारको बेला पनि किस्ता तिर्न नसकिएको बताएका छन्। भूकम्पपछि अस्तव्यस्त यातायात क्षेत्र तराई–मधेसमा सुरु भएको आन्दोलनमा तारो बन्न पुग्यो। नेपालमा अशान्ति र भूकम्पको क्षतिपछि आन्तरिक र बाह्य पर्यटक नआएपछि लामो दूरीका बस खाली–खाली कुदिरहेका छन्। 'यात्रु नआएपछि किस्ता तिर्न सकिरहेका छैनौं', गुरागाईंले थपे, 'लिलाम हुने जोखिमले ऋण खोजेर किस्ता तिर्नुपरेको छ।'