पाल्पा-झिरुवास–७ लाकुरी भञ्याङ्गमा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। आइतबार राती करिब १२ः४५ बजे लु १ ज २६४७ नम्बरको जीप दुर्घटना भएको हो ।दुर्घटनामा परि मृत्यु हुनेहरु दुबै झिरुबास ६ धार्केसिङ्गका अन्दाजी १९ वर्षका गुणराज सिंह ठकुरी र झमबहादुर पाटा रहेकोे जिल्ला प्रहरी कार्यालय पाल्पालाइ उदृत गर्दै पत्रकार मुक्तिप्रसाद न्यौपानेले जनाएका छन्।
दुर्घटनामा परि ६ जना घाईते भएकाछन्। उनीहरुमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ। झिरुबास ६ बाट कच्ची सडक भएर बिरामी लिएर रामपुर तर्फ जाँदै गर्दा जीप सडकबाट करिब ५ सय मीटर तल खसेको थियो। घाइतेकाे रामपुर अस्पतालमा उपचार भैरहेको छ।
दुर्घटनामा चालक समेत गम्भीर घाईते भएका छन्। रातीको समयमा दुर्घटना भएकोले कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ। दुर्घटनाबारे राती २ बजेमात्र प्रहरीमा जानकारी आएपछि उद्दार भएको थियो।