दशैँमा कति खानपिन, कति व्यायाम ?
०३ कार्तिक २०७२
•
१० मिनेट पाठ
दशैँमा कति खानपिन, कति व्यायाम ?
दसैं भेटघाट, टीकाटालो र खानपिनको पर्व हो। खासगरी मासु खाने पर्वका रूपमा लिइन्छ यसलाई। मदिरासेवन उत्तिकै हुन्छ। शाकाहारी पनि मन फुकाएरै मिठाइ खाइदिन्छन्। यी सबै त्यस्ता खानेकुरा हुन्, जुन अत्यधिक खाँदा अनेक रोग निम्तिनसक्छ। अझ पहिले देखी नै उच्च रक्तचाप, मधुमेह, युरिक एसिड जस्ता दिर्घ रोगीले यस्ता खानेकुरा मनलाग्दी खाइदिए भनेत ज्यान नै तलमाथि हुनसक्छ।तर, धेरै मानिस चाडबाडको समय त होनी भन्दै खानपिनमा हेलचक्राइँ गरिदिन्छन् र अस्पतालको शैयामा पुग्छन्। त्यसैले त धेरै चिकित्सकहरु अरु समयमा भन्दा दशैँ तथा चाडबाडको समयमा थप व्यस्त हुनपुग्छन्। वीर अस्पतालका वरिष्ठ फिजिसियन डा. भुपेन्द्रकुमार बस्नेत पनि अरू बेलाभन्दा दसैंमा काम चापाचाप हुने बताउँछन्। उनका अनुसार दशैँको समयमा खानपिनमा ध्यान नदिएर बिरामी परेकाहरूले सोधपुछ गर्न तारन्तार फोन गरिरहन्छन्। अस्पतालमा पनि बिरामीको चाप बढेर बोलावट आइरहन्छ।




'जथाभावी खानपिनले रोग बल्भि्कएर आएका बिरामी एकथरि हुन्छन् भने अत्यधिक मदिरासेवनले दुर्घटना परेर आउनेहरू अर्काथरि हुन्छन्' उनले भने, 'बिरामी आएपछि हामी डाक्टरले चाडबाड भनेर चुप लाग्नु हुँदैन। साइतकै टिका छाडेर पनि उपचारका लागि आउनु पर्छ।' उनका अनुसार दशैँमा मानिसले खानपिन र व्यायाममा ध्यान नदिएकै कारण पेटजन्य रोगका बिरामीको संख्या ह्वात्तै बढ्छ।

उनले दशैँमा मुटुरोग र मधुमेहका बिरामीहरु ख्ानपिन र व्यायाममा गरिएको हेलचक्राईकै कारण अस्पताल भर्ना गर्नुपर्ने अवस्थामा पुग्ने गरेको बताए। नियमित मुख बार्नुपर्ने यस्ता बिरामीले चाडबाडको निहुँमा ठूलो मुख गर्दा अस्पतालको बास निम्त्याउने गरेका छन्। र, आफू मात्र होइन, परिवारको निम्ति पनि दुःख बिसाइदिने गरेका छन्। 'चाडबाड बेला खानपिनमा ध्यान नदिँदा स्वस्थ मान्छे बिरामी पर्ने त छँदैछ, पहिल्यै रोग लागेकाहरू झन् जटिल समस्या बोकेर अस्पताल आइपुग्छन्,' डा. बस्नेतले भने।

दशैँमा मोटो शरीर, रगतमा कोलेस्टेरोल बढी, उच्च रक्तचाप, मधुमेह, युरीक एसिड तथा मधुमेह भएका व्यक्तिले सकभर मासु नखानु नै राम्रो हुन्छ। दशैको बेला मासु धेरै खाँदा कब्जियत हुने सम्भावना बढी हुने भएकाले मासुसँगै फलफुल, सलाद र अन्य खानेकुरा खानु स्वास्थ्यका दृष्टिले राम्रो हुने चिकित्सकहरुको सुझाब छ।

वरिष्ठ फिजिसियन डा. ध्रुवप्रसाद सिंहका अनुसार अस्वस्थ र राम्ररी नपकाइएको मासुले रोग ओसार्छ। त्यसमा पनि छालासहितको र का"चो मासुबाट बनाइने परिकार त खानै हुँदैन।

पशुपन्छीका छालामा 'फोहोरका अवशेष' र का"चो मासुमा ब्याक्टेरिया संक्रमणको जोखिम धेरै हुन्छ। रातो मासु, छाला वा त्यसमा हुने बोसोले नसर्ने खालका रोग मात्र होइन, जनावरलाई लागेका रोगसमेत सर्ने सम्भावना भएको उनी बताउँछन्। उनका अनुसार बजारमा पाइने अस्वस्थकर मासुका कारण टाइफाइड, झाडापखाला, आउँ, पेट फुल्ने, मिर्गौला रोग, फुड पोइजनिङलगायत बिरामी बढ्ने गरेका छन्।

दसैंमा एकैपटक धेरै मासु काटेर लगातार चार–पाँच दिन खाइरहने चलन छ। डिपफ्रिजमा राम्ररी चिस्याइएको छैन भने बासी मासुले स्वास्थ्यमा समस्या ल्याउने डा. सिंह बताउँछन्। 'धेरै दिन सुकाएर राखेको, सुकुटी बनाएको र धेरै तेल–मसला हालेको मासु स्वास्थ्यका लागि हानिकारक हुन्छ,' उनले भने।

डा. बाबुराम गौतमका अनुसार बजारबाट किनेर ल्याएको माछामासु फ्रिजमा राखेको खण्डमा हानिकारक जीवाणुको वृद्धि घट्छ। सम्भव भएसम्म १२ घन्टा, नभए कम्तीमा १ घन्टा फ्रिजमा राखेर पकाए धेरै रोगबाट बच्न सकिने उनको सल्लाह छ। का"चो मासुमा हुने ब्याक्टेरियाले सोझै पाचनप्रणालीमा असर पार्ने हुँदा चाडबाडमा बिरामी बढ्ने गरेको उनी स्विकार गर्छन्। 'धेरै चिल्लो हालेर पकाइएको मासु बढी खानाले मुटु र रक्तचापमा समस्या ल्याउँछ,' गौतमले भने।

दसैं बेला मासुसँगै अत्यधिक खपत हुने मदिरा हो। मासुसँग रक्सी खाने चलन छ, जसलाई डाक्टरहरू सबभन्दा हानिकारक मान्छन्। यी दुवै कोलेस्ट्रोल बढाउने कारक हुन्। मिर्गौला रोग विशेषज्ञ डा.शक्तिकुमार बस्नेतका अनुसार मधुमेहको औषधि सेवन गरिरहेका व्यक्तिहरुले रक्सी सेवन गरेमा मिर्गौला फेल हुने सम्भावना नै बढी हुन्छ। रगतमा रहेको अल्कोहलको मात्रा जति बढ्दै जान्छ यसले दिमाग र स्नायू प्रणालीलाई त्यति नै नकारात्मक प्रभाव पनि पार्दै जान्छ। रक्सीले सबैभन्दा बढी असर दिमागमा र त्यसपछि क्रमशः मुटु र कलेजोमा पार्ने डा. बस्नेत बताउँछन्।

चिकित्सकहरूका अनुसार रक्सीको अत्याधिक सेवनले कलेजो, मस्तिस्क, मुटुरोग, क्यान्सर, दुर्घटना, आत्महत्या र पागलपनसम्म पुर्यासउँछ। रक्सीले रक्तचाप बढाउने र मस्तिस्कघात (स्ट्रोक, प्यारालाइसिस), मुटु सुन्निने र राम्रोसँग पम्प गर्न नसक्ने अवस्था उत्पन्न हुन्छ। त्यसकारण मधुमेह, मुटुरोग, मिर्गौला लगायतका रोग लागेका बिरामीले मदिारालई छुन पनि नहुने चिकित्सकहरु बताउँछन्।

स्वास्थ्यको ख्याल राख्ने हो भने गाँजर, मूला, काँक्रो, काजु, बदामसँग थोरै मात्रामा मात्र रक्सी खाँदा राम्रो मानिन्छ। दिर्घरोगीले सकेसम्म मदिरा नछोएकै राम्रो तर, कसैलाई सोसल हुने नाममा पिउनै पर्ने बाध्यता रहेमा बढीमा ६० एमएलसम्म मदिरा पिउन सकिने चिकित्सक बताउँछन्। तर, यसरी मदिरा सेवन गर्नेले भोलीपल्ट विहान कम्तीमा एक घण्टा व्यायाम तथा मर्निङ वाक अनिवार्य गर्नु पर्ने हुन्छ। सामान्य दिनको तुलनामा मदिरा सेवन गरेको भोलिपल्ट थप केही समय व्यायाम गर्नुपर्ने चिकित्सकको सुझाब छ।

बढी रक्सी सेवन गर्दा पनि शरीरका अंग असन्तुलित भई गम्भीर समस्या उत्पन्न हुने गरेको चिकित्सकहरुको भनाइ छ। डा. सिंहका अनुसार अत्यधिक मदिरासेवनका कारण मुटु, मिर्गौला, कलेजो, मधुमेह, युरिक एसिड, बाथ, मस्तिष्क र आँखाका बिरामी चाडबाडमा बढी आउँछन्। 'दसैं त हो नि भनेर अरू बेलाभन्दा बढी पिइदिन्छन्,' उनले भने, 'पहिल्यै रोग लागेकाहरूमा समस्या झन् बल्झन्छ, रोगको लक्षण देखिने अवस्थामा पुगेकाहरूलाई एकैचोटि अस्पताल भर्ना गर्नुपर्ने हुन्छ।' त्यसकारण आफ्नो स्वास्थ्यको अवस्था हेरेर मात्र खान तथा पिउने गर्नुपर्छ। साथै शारिरिक व्यायामलाई समेत निरन्तरता दिनु पर्दछ।

स्पार्क हेल्थ होमका डा सुनिल पौडेलका अनुसार चाडबाडका समयमा मानिसको खानपिन बढ्ने भएकाले नियमित समयमा भन्दा बढी मात्रामा व्यायाममा जोड दिनुपर्छ। 'अरु समयमा एक घण्टा व्यायम गरिन्छ भने चाडबाडको समयमा डेढ घण्टासम्म व्यायाम गर्नुपर्छ,' उनले भने, 'औषधि सेवन गरिरहेका मानिसले त झन् योग, व्यायाम मात्रै होइन दौडने, खेल्ने, हिँडडुल गरिहने गरिरहनु पर्छ।' उनी दसैंको समयमा घरटोलमा आयोजित हुने आउटडोर खेलमा भाग लिन समेत सुझाउँछन्।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस